• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ज्येष्ठ सदस्यलाई राज्यमन्त्री उपहार:

कोशीको सत्ता संकट टार्न मुख्यमन्त्री थापाको ‘चलाखीपूर्ण मूभ’

64x64
ईश्वर बराल बुधबार, साउन ३१, २०८०  १५:५७
1140x725

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफ्नो सरकारलाई आइपर्ने सम्भावित संकटबाट जोगिन चलाखीपूर्ण मूभ गरेका छन्। थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग राज्यमन्त्री बनाउँदै सम्भावित सत्ता संकटलाई टार्न खोजेका छन्। ८० वर्षीय मण्डल कांग्रेसको तर्फबाट मोरङ ५ (१) बाट निर्वाचित सांसद हुन्। 

उपसभामुखले सभा सञ्चालन नगर्ने संकेत बुझेपछि थापा एक कदम अघि
गठबन्धनका सबै (४७) सांसदको हस्ताक्षरले सरकारको नेतृत्व पाएका थापा सो संख्यालाई कुनै पनि बहानामा कम गर्न नहुने दबाबमा छन्। अर्कोतर्फ उनले बजेट पारित गर्नेदेखि आफूलाई विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ। यस्तो अवस्थामा उनलाई संसद् आफ्नो पक्षमा हुनुपर्ने हुन्छ। 

सभामुखले राजीनामा बुझाएर रिक्त रहेपछि सदनको नेतृत्व उपसभामुखले गर्नुपर्ने हुन्छ। तर विपक्षी दल एमालेबाट उपसभामुख भएकी सिर्जना दनुवारले सभाको आसन्न बैठक बहिस्कार गर्ने वा राजीनामा बुझाउने संकेत पाएका थापाले मण्डललाई मन्त्री बनाएका हुन्। सभामुख-उपसभामुख नभएको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सो संवैधानिक व्यवस्थालाई चिर्न थापाले मण्डललाई बुधबार मन्त्री नियुक्त गरेका हुन्। 

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ। त्यो बैठकमा उपसभामुख अनुपस्थित भए वा त्यसअघि नै राजीनामा दिए बैठकको अध्यक्षता मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्थ्यो। यस्तो अवस्थामा सत्ताको बुहमत गुम्थ्यो। दुवैतर्फ समान ४६ सांसद हुन जान्थे। अब मण्डल नै मन्त्री भएपछि पनि उपसभामुख नभएमा सभाको सञ्चालन अर्को ज्येष्ठ सदस्यले गर्नुपर्ने हुन्छ। 

थापा भने मन्त्रिपरिषद्लाई समावेशी बनाउन र सबैको प्रतिनिधित्व होस् भनेर मण्डललाई मन्त्री बनाएको दाबी गर्छन्। 

‘हाम्रो मन्त्रिपरिषद् समावेशी बनाउन चाहान्थ्यौँ। हाम्रो भूगोल हिमालदेखि मधेससम्म छ। सबैतिरबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने कुराहरु आयो,’ थापा भन्छन्,‘मन्त्री बन्नु भएका माननीय हाम्रो अभिभावक उमेरको पनि हुनुहुन्छ। त्यसै कारण मन्त्री बनाएको हो।’

थापा यसलाई व्यवस्थापिकासँग जोडेर नहेर्ने बताउँछन्। थापाले जे भने पनि संसद्को सम्भावित परिदृश्यलाई छल्न मण्डललाई मन्त्री बनाएको भन्ने छिपेको छैन। स्वयं सत्ता-गठबन्धनकै नेताहरु उक्त कुरालाई स्वीकार्छन्। 

‘एमालेले उपसभामुखलाई राजीनामा दिन लगाउने बुझेपछि नै मण्डललाई मन्त्री बनाइएको हो,’ गठबन्धनकै नेताहरु भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मण्डलपछिका ज्येष्ठ सदस्य एमाले र राप्रपाबाट
कार्यकारी पदमा गएपछि मण्डलले अब व्यवस्थापिकाको नेतृत्व गर्न नहुने संवैधानिक कानुनका ज्ञाताहरु जनाउँछन्। यस्तो अवस्थामा उपसभामुख नभएमा ज्येष्ठ सदस्यको हैसियतमा एमालेकै रोहितबहादुर कार्कीले सभाको अध्यक्षता गर्नुपर्ने हुन्छ। ७१ वर्षीय कार्की मण्डलपछिका ज्येष्ठ सदस्य हुन्। 

यदि कार्की पनि अनुपस्थित भएमा सभाको अध्यक्षता अर्का ज्येष्ठ सदस्य प्रतिपक्षी दल राप्रपाका अम्बरबहादुर विष्टले गर्नुपर्नेछ। त्यसपछिका अरु ७ ज्येष्ठ सांसद पनि एमाले र राप्रपाबाट छन्। ती सबै ज्येष्ठ सांसद अनुपस्थित भएमा फेरि सभाको अध्यक्षता कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ। 

उपसभामुखले सभाको अध्यक्षता गर्नुहुन्छः एमाले
एमाले संसदीय दलका नेता हिक्मत कार्की भने सभाको अध्यक्षता उपसभामुखले नै गर्ने बताउँछन्। ‘यो नितान्त उहाँको निर्णयमा भरपर्ने कुरा हो। एमालेले उहाँलाई राजीनामा दिन लगाउँदैन। १ गतेको सभाको बैठकको अध्यक्षता उपसभामुखले नै गर्नुहुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै कार्कीले भने। 

एमाले जसरी भए पनि थापा नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने प्रयत्नमा छ। यसका लागि उसले सम्पूर्ण शक्ति संसद्‌मा देखाउनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘थापा नेतृत्वको सरकार नै असंवैधानिक बाटोबाट बनेको छ। यसलाई जतिसक्दो छिटो बिदा गर्नैपर्छ। त्यसका लागि हामी अन्य दलहरुसँग पनि संवाद गर्दैछौँ,’ एमालेका एक प्रदेश सांसद भन्छन्। 

मण्डललाई मन्त्री बनाएर थापाले सत्ता टिकाइराख्न जे पनि गर्ने गरेको भन्ने थप उदाहरण देखिएको एमाले सांसद तिलकुमार मेन्याङ्बो बताउँछन्। 

‘मन्त्री बनाउने/नबनाउने उहाँको कुरा हो। तर सत्ताका लागि कहिले सभामुखलाई राजीनामा गराउने, कहिले प्रदेशको नामकै विषयमा सम्झौता गर्ने,’ मेन्याङ्बो भन्छन्,‘घटनाहरुलाई हेर्ने हो भने उहाँ चलाखी गर्दै हुनुहुन्छ तर त्यो कोशीका जनतालाई मान्य छैन।’ 

थापाले गत हप्ता मात्र एक मात्र सांसद रहेको जसपालाई सरकारमा ल्याउन प्रदेशको नाममा पुनर्विचार गर्ने र त्यसका लागि पहल गर्ने सम्झौता गरेका थिए। कोशी नामकरणमा जसपाले असन्तुष्टि जनाउँदै नाम परिवर्तन नभएमा थापालाई समर्थन नगर्ने माग राखेको थियो। उसलाई मनाउन थापाले अरु दलहरुसँग संवाद गर्ने र विश्वासमा लिएर नाम परिवर्तन गर्ने जनाएका थिए। 

जसपा र एकीकृत समाजवादीले प्रदेशको नाम पहिचानको नाममा रहनुपर्ने भन्दै आएका छन्। कोशीको नामकरणका विषयमा कांग्रेस-एमाले-माओवादी केन्द्र र राप्रपा एक मत थिए।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा

‘टार्गेट नम्बर ४७’ जुटाएर कोशीको सत्तामा फर्केका थापालाई सहज छैन विश्वासको मत पाउन

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्