• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

 ‘टार्गेट नम्बर ४७’ जुटाएर कोशीको सत्तामा फर्केका थापालाई सहज छैन विश्वासको मत पाउन

64x64
ईश्वर बराल मंगलबार, साउन १६, २०८०  १८:३७
1140x725

काठमाडौं- कोशी प्रदेशमा उद्धव थापा २४ दिनभित्र २ पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्। यसअघि असार २१ मा जुन हस्ताक्षर बुझाएर सो पद पाएका थिए, मंगलबार साँझ पनि उनी सोही हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनेका छन्। मात्र फरक भएको छ त्यो हस्ताक्षर भित्र रहेका एक हस्ताक्षरकर्ताको पदीय हैसियत। उनी हुन् तत्कालीन सभामुख र आजबाट माओवादी संसदीय दलका सदस्य बाबुराम गौतम। 

सभामुखको हस्ताक्षर बुझाएर मुख्यमन्त्री भएका थापाको सो प्रक्रियालाई नै सर्वोच्च अदालतले बदर गरिदियो। बदरपछि काठमाडौं आइपुगेका प्रदेशका नेताहरूलाई थापाकै नाममा बालुवाटारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले बहुमत जुटाएर पठाइदिए। आजै बिहान विराटनगर उत्रेका थापाले साँझ मुख्यमन्त्रीको नियुक्ति पाएका छन्। 

तर, जसरी बालुवाटारको ‘हुकुमप्रमांगी’बाट थापाले मुख्यमन्त्री पाएका छन्, उनलाई सो पदकौ औचित्य पुष्टि गर्न उत्ति नै चुनौती छ। मंगलबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङलाई आवश्यक ४७ सांसदको हस्ताक्षर देखाएर पद प्राप्त गरेपनि त्यसलाई पुष्टि गर्न प्रदेशसभा मा थापाले चुनौती व्योहोर्नु पर्ने ब्योहोरा उत्तिनै बाँकी छ। 

प्रदेशको अंकगणीत नै यस्तो जटिल छ, सत्ताको खेलको लागि सबै दलले आफ्ना-आफ्ना दाउ खेल्नसक्ने प्रयाप्त स्पेसहरू छन्। जसलाई बुझेरै निर्वतमान सभामुख गौतमले आफ्नो राजीनामाको पुष्टि हुने आधार नै नरहेको देख्छन्। 

‘प्रदेशको स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन। मेरो प्रष्टै कुरा छ। तर,  परिवेशले मैले राजीनामा दिने भएँ,’ काठमाडौंबाट राजीनामा दिन मंगलबार अपराह्न विराटनगर उत्रिँदै गर्दा दिग्दारी भावमा गौतमले भने। 

गौतम राजीनामा गर्न नहुने पक्षमा थिए। तर पार्टी सुप्रिमो समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर दिनै पर्ने दबाब दिएका थिए। सर्वैसर्वा सुप्रिमोको आज्ञा सिरोधार्य गर्दै गौतम विराटनगर फर्केका हुन्। 

संसद्‌मा बहुमत जुटाउनै सकस
गौतमलाई संसद्‌को अंक गणितको जटिलता राम्रै थाहा छ। जसलाई उनले व्यक्त पनि गरे। उनले संकेत गरेजस्तै थापालाई आफूमा बहुमत रहेको पुष्टि गर्न संसद्‌मै जटिलता उत्पन्न हुनसक्छ। 

सभामुख रिक्त रहेपछि उपसभामुखमा एमालेकी सिर्जना दनुवार कायमै छिन्। प्रतिपक्ष एमालेले पनि उनलाई त्यहाँ राखिराख्नु पर्ने कारण छैन। उनले राजीनामा दिइन् भने संविधानको व्यवस्था अनुसार ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ। ज्येष्ठ सदस्य छन् कांग्रेसका गयान्द मण्डल। उनी सभामुखको हैसियतमा हुन्छन्, जसले सरकार गठनका लागि निर्णायक मत दिन पाउँदैनन्। अनि विषय उही पुरानै हुन्छ। मतलब थापाले प्रदेश प्रमुखलाई बुझाएको ४७ अंक पुष्टि गर्न सक्दैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त गयान्दलाई थापाले मन्त्री बनाउन सक्छन्। त्यसो भए अर्को ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुनसक्छ। निश्चित नै छ,  सत्तापक्षीय कोही पनि ज्येष्ठ सदस्यले सभा संचालन गर्ने परिस्थिति बन्न हुँदैन ताकि ४७ अंक कम नहोस्। 

यता, प्रतिपक्ष पनि थापाको बहुमत प्रमाणित गर्ने सभा सञ्चालन गर्नेमा हुँदैन नै। जसको संकेत राप्रपाका अध्यक्ष लिङदेनले मंगलबार बिहान विराटनगर नै पुगेर गरेका छन्। 

‘सभामखुको राजीनामा गराएर जसरी पनि सत्ता लिने भन्ने कुराले के हुन्छ भने उपसभामुखले पनि फेरि राजीनामा दिनुहोला। ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ उहाँहरूले, त्यसपछि एमालेकोले खुरुक्कै अध्यक्षता गरिदिन्छ त? एमालेको अनुपस्थित भइदिन्छ। राप्रपाकोले गर्ला भन्ने होला ऊ पनि अनुपस्थित होइदेला,’ लिंदनेले यसो भन्दै गर्दा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्की सँगै थिए। 

एमालेले पनि सत्ताप्राप्तिका लागि सभामुखको पद दाउमा राखेर सत्तागठबन्धनले आपत्तिजनक काम गरेकोले त्यसर्लाइ प्रतिवाद गर्ने बताइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सत्ताप्राप्तिको लागि सभामुख जस्तो गरिमामय संस्थालाई बदनाम गराउने काम भएको छ। यसको प्रतिवाद एमाले शसक्त ढंगले गर्छ,’ एमाले सांसद तथा सचेतक रेवतीरवण भण्डारीले बताएका छन्। 

प्रदेशको राजनीतिक अंकगणीत र सम्भावित परिस्थितिबारे सत्ताको नेतृत्ववादी दल नेपाली कांग्रेस जानकार नै रहेको छ। त्यसका लागि आफूहरू अहिले विपक्षमा रहेका दलहरूसँग सघन छलफल गर्ने बताउँछन् कांग्रेसका सचेतक भूपेन्द्र राई। 

‘तपाईंले संकेत गरेजस्तै केहि जटिलताहरू छन्। त्यसका लागि हामी छलफल गर्छैँ। आखिर सबै दलहरू स्थायित्व चाहानुनै हुन्छ,’ नेपाल लाईभसँग कुरा गर्दै राई भन्छन्, ‘यत्ति हो हाम्रो ४७ सांसदको समर्थन भने सधैं कायमै रहन्छ। मुख्यमन्त्रीले सिद्ध गर्नुहुन्छ।’

शतप्रतिशत उपस्थितिमा सभामुखले समेत निर्णायक मत दिन पाउँछन्। तर,  सत्ता पक्षको रणनीति फेल गराउने काउन्टर रणनीति लिएर प्रतिपक्ष दलहरू एमाले र राप्रपा अघि बढ्दा कुनै सांसद अनुपस्थित गराउन सक्छन्। त्यस्तो अवस्थामा सभाको अध्यक्षता गरिरहेका मण्ड लले मत दिन पाउँदैनन्। सरकार ढल्ने निश्चित हुन्छ। 

चाबी राप्रपाको हातमा 
अहिलेको अवस्था हेर्दा कोशी प्रदेशको सत्ताको साँचो राप्रपाको हातमा आइपुगेको छ। उक्त पार्टीले सत्ता पक्षलाई सघाउँदा थापा सरकार  टिक्ने  देखिन्छ। तर, राप्रपाले कोशीमा सत्ता पक्षलाई साथ दिन इन्कार गरिरहेको छ। राप्रपा अध्यक्ष लिङ्देनको भनाइबाट ऊ सत्तापक्षबाट टाढै रहेको देखिन्छ।

आम निर्वाचनदेखि नै एमालेनिकट रहेको राप्रपाले सरकार निर्माणमा पनि केन्द्रदेखि प्रदेशसम्म साथ दिएको थियो। सरकारबाट बाहिरिँदै सँगै बाहिरिएको थियो। त्यसैले अहिलेकै अवस्थामा सत्तालाई साथ दिने संकेत देखिएको छैन। 

विश्वासको मत लिनुअघि मुख्यमन्त्री थापाले राप्रपासँग फेरि संवाद अघि बढाउन सक्छन्। त्यसबाट केही परिणाम निस्किए कोशी संकट तत्कालका लागि टर्ने देखिन्छ। यदि त्यस्तो अवस्था आएन भने कोशी प्रदेशमा अस्थिरता कायम रहनेछ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको थापाको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके उपधारा ३ बमोजिम सरकार गठन प्रक्रिया अघि बढ्नेछ। जहाँ प्रदेशसभा को सवैभन्दा ठूलो दल नेकपा एमालेले अल्पमतको सरकार बनाउनेछ। 

उक्त दलले समेत विश्वासको मत पाउने सम्भावना नदेखिएका कारण प्रक्रिया उपधारा ५  मा पुग्नेछ। जहाँ सभाको जुनकुनै सदस्यले विश्वासको मत पाउने ग्यारेन्टी गरेर सरकार बनाउन सक्ने अवस्था छ। यहाँ राप्रपाले आफ्नो नेतृत्वमा सरकार बनाउने कोशिस गर्न सक्छ। एमाले सकारात्मक रहेको अवस्था अन्य कुनै दलले समर्थन गर्दा प्रदेशसभा मध्यावधि निर्वाचनमा जानबाट रोकिन्छ। अन्यथा प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचन गर्ने अवस्था आइलाग्ने अवस्था बन्छ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्