काठमाडौं–नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्।
निर्वाचन समितिले मतगणना सकिएको जानकारी गराए पनि औपचारिक परिणाम घोषणा गर्न भने बाँकी छ।
कांग्रेसको वेबसाइटमा उल्लेखित विवरणअनुसार पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदका लागि कुल ६ हजार ७२९ मत खसेको थियो। त्यसमध्ये ३३ मत बदर भएको थियो।
शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत प्राप्त गरेका छन्। त्यस्तै, सहमहामन्त्रीका उम्मेदवार राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाएका छन्।
१४औँ महाधिवेशनमा पनि शाही तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। तर, त्यसबेला उनी डा। शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।
गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएका शाही पछिल्लो समय असोजमा देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।