काठमाडौं– ए डिभिजन फुटबल क्लब मछिन्द्रले एएफसी कप छनोटअन्तर्गत आज (बुधबार) इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्सँग खेल्दैछ।
एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले बुधबार मोहन बगानसँग खेल्न लागेको हो।
खेल कोलकताको साल्टलेक रंगशालामा हुँदैछ। खेल नेपाली समयानुसार राति ७:१५ बजे सुरु हुनेछ। बुधबारको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एक टिमसँग प्लेअफ खेल्ने छ।
प्लेअफ विजेता साउथ एसियन जोनबाट एएफसी कपमा छनोट हुने छ। यसअघि मनाङ मर्स्याङ्दी क्लबले एएफसी क्लब खेलेयता अन्य कुनै पनि क्लब एएफसी कपको समूह चरणमा पुग्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।