राजविराज– आर्थिक वर्ष २०७४/०७५ मा सप्तरीको ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ बजेट फ्रिज भएको छ।
सप्तरीमा चालुतर्फ ९ अर्ब ४५ करोड ८६ लाख ८ हजार ९८६ तथा पुँजीगत २ अर्ब ३८ करोड ६२ लाख २ हजार गरी कुल ११ अर्ब ८४ करोड ४८ लाख १० हजार ९८६ रुपैयाँ विनियोजन भएको थियो।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटमध्ये ११ अर्ब २३ करोड ८१ लाख ५६ हजार ३७० रुपैयाँ निकासा भएकोमा १० अर्ब ६३ करोड १५ लाख १ हजार ७५५ रुपैयाँ खर्च भई बाँकी ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ बजेट फ्रिज भएको हो।
चालुतर्फ ४४ करोड २६ लाख ६५ हजार ४०९ र पुँजीगततर्फ १६ करोड ३९ लाख ८९ हजार २०६ रुपैयाँ फ्रिज भएको कार्यालय प्रमुख पूर्णराज कार्कीले बताए।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ८७ करोड, ५३ लाख ५१ हजार ४१४ रुपैयाँ ९७ पैसा फ्रिज भएको थियो। जसमा जिल्लाको विकासका लागि विनियोजित (पुँजीगत खर्च) नै १ अर्ब ३१ करोड २१ लाख २४ हजार ७२५ रुपैयाँ थियो। पुँजीगततर्फ विनियोजित २ अर्ब, ८९ करोड, २० लाख ३४ हजारमध्ये १ अर्ब ५७ करोड, ९९ लाख ९ हजार ४७४ रुपैयाँ मात्र खर्च भई बाँकी रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यसैगरी चालुतर्फ विनियोजित ६ अर्ब ६६ करोड, ८ लाख ७७ हजार ९४९ रुपैयाँ मध्ये ५६ करोड ३२ लाख २६ हजार ६८९ रुपैयाँ फ्रिज भएको छ। समग्रमा चालुतर्फ ९१ दशमलव ५४ प्रतिशत र पुँजीगततर्फ ५४ दशमलव ६३ प्रतिशत बजेट खर्च भएको थियो।
यसैगरी, आव ०७२र०७३ मा कुल चालुतर्फ ३५ करोड ८७ लाख ९४ हजार २६६ र पुँजीगततर्फ १९ करोड ७८ लाख ५२ हजार २८५ गरी कुल ५५ करोड ६६ लाख ४६ हजार ५५१ रुपैयाँ बजेट फ्रिज भएको थियो।
आर्थिक वर्षको अन्तिम समयमा आएर विकास गतिविधि सुरु गर्ने तथा सुरु भएका काम पनि समयमा सम्पन्न गर्नेतर्फ विशेष ध्यान नदिँदा सप्तरीमा ठूलो परिमाणमा विकासीय बजेट फ्रिज हुने गरेको छ।
राजस्व संकलन पनि घट्यो
सप्तरीमा अघिल्लो आवको तुलनामा राजस्व संकलन पनि घटेको छ। आव ०७४/०७५ कुल ५७ करोड १८ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ। आव ०७३/७४ को तुलनामा यो रकम ९९ लाख ७८ हजार ७५२ ले कमी हो। आव ०७३/७४ मा कुल ५७ करोड ९९ लाख ९७ हजार १२३ रुपैयाँ राजस्व संकलन भएको थियो।
यस्तै आव ०७२/७३ मा मा कुल ३८ करोड ३४ लाख १७ हजार ८२६ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।