काठमाडौं– नेप्सेमा एकैदिन १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचीकृत भएको छ।
आइतबार सिटिजन्स बैंक इन्टरनेशनलको एफपिओ सहित ५ कम्पनीको सेयर सूचीकृत भएको हो।सिटिजन्स बैंकको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ नेप्सेमा सूचीकृत भएको छ।
त्यस्तै कुमारी बैंकको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।आइतबार नै सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको थियो।
त्यस्तै, यूनाइटेड फाइनान्सको १२ लाख ७८ हजार १ सय ३९ दशमलव ७० कित्ता बोनस सेयर र मन्जुश्री फाइनान्सको ४ लाख ३४ हजार ६ सय २७ दशमलव १० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।