• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
एक क्विन्टल सुन तस्करी प्रकरण

सीआईबीले केलाउन थाल्यो ‘टेक्निकल’ पाटो, त्रिदेशीय अपराधमा इन्टरपोलको सहयोग

64x64
नारायण अधिकारी आइतबार, साउन २१, २०८०  १४:३४
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) केन्द्रीत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको (प्रचण्ड)को निर्देशनपछि अनुसन्धानको जिम्मा पाएको सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर अनुसन्धानलाई तिव्रता दिएको छ। 

राजश्व अनुसन्धान विभागले अहिलेसम्म गरेको अनुसन्धानको प्रगति विवरणलाई आधार मानेर थप अनुसन्धानमा केन्द्रित भएको सीआईबीका निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बताइन्।

सीआईबीले अहिले विशेषगरी टेक्निकल पाटोलाई केन्द्रमा राखेर अनुसन्धान गरेको छ। प्राविधिक पाटोमा विशेष दख्खल भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा दाहालको कमान्डमा सीआईबीले प्राविधिक पाटोको विश्लेषण सुरु गरेको छ। प्रधानमन्त्रीको निर्देशन आएसँगै शुक्रबारबाटै सीआईबीले डीएसपी दाहाललाई प्राविधिक पाटोको विश्लेषणका लागि अनुसन्धान केन्द्रित गर्न निर्देशन दिएको थियो। सोही अनुसार अहिले अनुसन्धान सुरु गरिएको छ। 

पक्राउ परेकाहरूको मोबाइल तथा सीमकार्ड, त्यसमा आएको फोनकल तथा म्यासेजको विवरणहरू, टेक्निकल एनालाइसिस र फर्म्याट तथा डिलेट भएका विवरणहरूको रिकभर गरेर अनुसन्धान गर्ने काम सीआईबीले सुरु गरेको छ। प्रतिवादीवादीहरूबाट बरामद भएका फोनहरू पनि जाँचका लागि फरेन्सिक ल्याबमा पठाउने र उनीहरूको कनेक्सन को–कोसँग देखिन्छ त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ। 

योसँगै यसअघि पक्राउ परेका सुन तस्करहरूसँगको सम्बन्ध भए/नभएको, विभिन्न छानबिन समितिले औंल्याएका तथा अनुसन्धान हुनुपर्ने भनेर सुझाएका पाटा तथा व्यक्तिहरूमा केन्द्रित रहेर पनि अनुसन्धानलाई अघि बढाइएको सीआईबीले जनाएको छ। 

त्रिदेशीय अपराधमा इन्टरपोलको सहयोग
यो सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ परेकाहरूको विवरण अनुसार तीन देशका नागगरिक प्रत्यक्ष रुपमा जोडिएका छन्। सुन बरामद भएको विषय सार्वजनिक भएको भोलिपल्ट चीन भाग्न लागेको बेला चिनियाँ नागरिक लिन चुवान पक्राउ परेक थिए।

यसअघि सुन बरामद भएकै बेला भारतीय नागरिक पनि पक्राउ परेका थिए। तिब्बतीन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षी थाप्तेन छिरिङ पक्राउ परेका थिए। 

यो पछि तिब्बतीन मुलकै बेल्जियम र नेपाली दुवै नागरिकता भएका दावा छिरिङ पनि पक्राउ परे। उनीहरूसँगै नेपाली नागरिक पनि पक्राउ परेकाले यो सुन तस्करी प्रकरणमा त्रिदेशीय अपराध जोडिन्छ। अर्कोतर्फ सुन हङकङबाट नेपाल आउने र यहाँबाट स्थलमार्ग हुँदै भारत सप्लाई हुने अहिलेसम्मको अनुसन्धानले देखाएकाले पनि अपराधमा त्रिदेशीय कनेक्सन देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्रिदेशीय नेक्सस देखिएको यो अपराधमा प्रहरीले इन्टरपोलको पनि सहयोग लिएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अधिकारीका अनुसार यो सुन तस्करी प्रकरणमा अन्तरदेशीय सम्बन्ध देखिएकाले इन्टरपोलको सहयोगमा अनुसन्धान गर्नुपर्ने देखिएकाले सो अनुसार छलफल समेत भएको छ। 

‘सरकारले सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएको छ। अबको अनुन्धानमा सीआईबीले आफ्नो पाटो अनुसन्धान गरेर अन्तरदेशीय सहयोगको आवश्यकताका लागि इन्टरपोल शाखालाई पत्राचार गर्ने बाटो खुला भएको छ। आवश्यकता अनुसारमा हामीले यो प्रोसेस पनि अघि बढाउँछौं’ सीआईबीका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने। 

यसअघि सरकारले सुन तस्करीको जरैसम्म पुग्ने बताए पनि अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको थिएन। जसकारण इन्टरपोल शाखाका एक अधिकृतले नेपाल लाइभसँगको अनौपचारिक कुराकानीमा भनेका थिए, ‘अन्तरदेशीय अपराध जोडिएकाले इन्टरपोलको समेत सहयोग नलिदा भ्रष्टाचारको जरैसम्म सरकारको भनाइमा विश्वास गर्ने ठाउँ देखिँदैन।’

अब यो यो जिम्मा प्रहरीले पाएसँगै तस्करको थप नेक्सस पत्ता लाग्न सक्ने ती अधिकारीको बुझाइ छ। 

Xtrem

Xtrem

असोज २ भित्र अदालतमा मुद्दा टेकाउनुपर्ने 
साउन २ गते विशेष अपरेसन गरेर राजश्व अनुसन्धान विभागको टोलीले करिब एक क्वीन्टल सुन बरामद गरेको थियो। सो क्रममा राजश्वले १८ जनालाई समेत पक्राउ गर्‍यो। 

राजश्वले उनीहरूमाथि राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १० को कसुरमा अनुसन्धान गरेको थियो। दफा १० ले राजश्व चुहाटवको कसुरमा अनुसन्धान गर्ने जिम्मा राजश्व अनुसन्धानलाई दिएको छ। 

दफा १० कै उपदफा ३ ले ‘अनुसन्धानको तहकिकात गर्दै जाँदा अन्य कानून बमोजिमको पनि कसुर देखिएमा सम्बन्धित निकाय वा अख्तियार प्राप्त अधिकारी समक्ष लेखी पठाउने’ उल्लेख गरेकाले सोही अनुसार अहिले यो सुन प्रकरणमा संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान सुरु गरेको छ। 

संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ। जसअनुसार अहिले पक्राउ परेकाहरूको ६० दिन असोज २ गते पूरा हुने भएकाले असोज २ गतेभित्र अदालतमा यो मुद्दा टेकाइसक्नुपर्ने हुन्छ। 

सीआईबीले अहिले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराध ऐन, २०७० अन्तर्गत कसुरमा अनुसन्धान सुरु गरेको छ। संगठित अपराधको एक स्वतन्त्र कसुर नभइ अन्य अपराधसँग जोडिएको कसुर भएकाले यसका विभिन्न लेअरहरू हुन्छन् भने अनुसन्धान पनि जटिल हुनेगर्छ। अबको ४० दिनभित्र यो अनुसन्धान सीआईबीले टुंग्याएर मुद्दा अदालतमा पेश गर्नुपर्ने हुन्छ।

१८ जना पक्राउ पर्दा १ जना रिहा
यो सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् हिरासतमा जम्मा १७ जना मात्रै छन्। पक्राउ परेका मध्ये भन्सार एजेन्ट रुक्मिना सुब्बालाई रिहा गरिएको हो। क्यान्सरबाट पीडित रहेको र किमो थेरापी गरिरहेकाले बोलाएको बेला उपस्थित हुने शर्तमा उनलाई रिहा गरिएको हो।

बाँकी १७ जना भने अहिले हिरासतमै छन्। सुन बरामद भएकै रात साउन २ गते राजश्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। 

rukmini-subba-pic1691312638.jpg
रिहा भएकी भन्सार एजेन्ट रुक्मिना सुब्बा

सुन बरामद भएकै रात ६ जना पक्राउ परेका थिए। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।  

उनीसँगै एक क्विन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय दिलिप भुजेल पनि पक्राउ परेका थिए। भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको थियो। 

त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका थिए।

सुन बरामदको घटना सार्वजनिक भएपछि चीन भाग्न लाग्दा साउन ४ गते विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परेका थिए। साउन ४ गते राति नै राजश्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकलाई पक्राउ गरेको थियो। त्यतिबेला कोटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पक्राउ परेका थिए। 

साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका थिए। विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ गरे।

साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परे। साउन १४ गते भने राजश्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो। 

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले साउन २ गते विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो। 
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्‌हरू अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो। 

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो। बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ। अहिलेसम्म सुन जाँच भएको छैन।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्