काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–५ चो गाउँमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु भएको हो।
शनिबार राति आएको पहिरोले चो गाउँका गणेश तामाङको घर पुरिएको हो। पहिरोले घर पुरिँदा ४१ वर्षीय तामाङ र उनकी १५ वर्षीया छोरा आसमा तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पहिरोमा परी गणेशकी श्रीमती सञ्जु तामाङ घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको र अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।