काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले डेङ्गुको लार्भाको खोजी र नष्ट गर्ने अभियानमा सहभागी हुन धरानवासीलाई अपिल गरेका छन्। डेङ्गुले धेरै प्रभावित भएको शहरमध्ये धरान प्रमुख रहेको छ।
सोही विषयमा मंगलबार बिहान बसेको कार्यपालिकाको बैठकले सबैको सहयोगको याचना गरेको हो।
‘भोली बिहान ७ बजेदेखि हामी जुन–जुन टोलमा बस्छौँ सबै जनाले एकैसाथ डेङ्गुको लार्भा खोज्ने र नष्ट (सर्च एण्ड डिस्ट्रोय) गर्ने कार्यक्रम गर्नेछौँ। यहाँहरू सम्पूर्णलाई यसमा सहभागी बन्नका लागि अनुरोध गर्दछु,’ कार्यपालिकाको बैठकपछि फेसबुकको लाइभमार्फत् मेयर साम्पाङले आग्रह गरेका छन्।
यस्तै, आजको बैठकले धरानका सम्पूर्ण विद्यालयहरू भोली एक दिन बिदा गर्ने पनि निर्णय गरेको छ।
‘आजको आकस्मिक बैठकबाट विद्यालय पनि भोली एक दिन बिदा गर्ने निर्णय गरेका छौँ,’ उनले थप्दै भने, ‘प्रत्येक ३–४ दिनमा दोहोर्याएर यही काम पनि गर्नेछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।