काठमाडौं– काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन्।
सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय, यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन्।
छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल भएको थियो।
छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाईसचेत गराएका छन्।
विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई टारगेट गरेर विशेष बसहरु सञ्चालन गर्नेगरी तयारी गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।