प्रतिकात्मक तस्बिर
काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिकामा आएको पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघु जलविद्युत् र १५ किलोवाट क्षमताको रिपगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसमा क्षति पुगेको छ। पहिरोका कारण पावर हाउसमा क्षति पुगेपछि ६१५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको सर्केगाठ गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए।
शुक्रबार रातिको भीषण वर्षासँगै आएको बाढीपहिरोबाट लघु जलविद्युत् आयोजनामा पूर्णरुपमा क्षति पुगेपछि २ वडामा धेरै क्षति पुगेको उनले बताए। गाउँपालिका अध्यक्ष रोकायाका अनुसार पहिरोले रिप र उनापानी धेरै प्रभावित भएको छ।
सर्केगाड गाउँपालिका–२ रिप र उनापानीका विद्युत् गृहबाट उत्पादन हुने बिजुली बन्द भएपछि उनापानीका ३ हजार ५ सय र रिपका ३ हजार स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भएका छन्।
पहिरोले पावर हाउससँगै विद्युत् गृह भित्रकव टर्वाइन, पाइप, नहर र भवन सबै बगाएको छ।
पहिरोले भौतिक क्षति पुगेको र मानवीय क्षतिको बारे कुनै जानकारी नआएको अध्यक्ष रोकायाको भनाइ छ। पहिरो गएको ठाउँमा बस्ती खाली गरेर प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।