काठमाडौं- धादिङको थाक्रेबाट प्रहरीले झण्डै दुई किलो लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७, बसेरी बस्ने ३१ वर्षीया शर्मिला मगर छिन्।
मकवानपुरबाट धादिङको महादेवबेसीतर्फ आउँदै गरेको बा५ख ६५९० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले बस चेकजाँच गर्ने क्रममा शर्मिलाले बोकेको हरियो रङको बुट्टा भएको झोला भित्र टेपले बेरेको २ वटा पोकामा १९५० ग्राम खैरो रङको धुलो लागुऔषध गाँजा (पोल्याण्ड) जस्तो पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।