पञ्चेश्वर– बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन्। उनी ५ दिनदेखि सम्पर्कमा छैनन्।
सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन्। उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ।
भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।