प्रतिकात्मक तस्बिर
दिपायल– डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेका प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।