काठमाडौं- रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले छात्रवृत्ति प्रदान गर्दै अाएकाे छ। चालु आर्थिक वर्षका लागि देशभरबाट आएका आवदेनबाट १२ सय ५५ जना छनोटमा परेको बोर्डले जनाएको छ।
सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका र अंगभंग भएका कामदारका छाेराछाेरीलाई १२ कक्षासम्म छात्रवृत्ति दिने व्यवस्था गरेको छ।
कक्षा एकदेखि आठसम्मका विद्यार्थीलार्ई वार्षिक आठहजार र कक्षाा अाठदेखि १२ सम्म पढ्ने विद्यार्थीलाई १२ हजार रुपैयाँ छात्रवृत्ति दिने गरिएको बोर्डले जानकारी दिएकाे छ।
गत १० वर्षकाे अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका करीव ९ हजारले जनाको ज्यान गएको छ तथ्यांक छ। भने ७ सय ८७ जना कामदार अंगभंग र विभिन्न रोग लागेर स्वदेश फर्किएका छन्। यस्ता परिवारका सदस्यलाई शैक्षिक सहयोग स्वरुप बोर्डले छात्रवृत्ति दिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।