काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निरीक्षणका लागि पुगेका छन्। १०० बढी किलो सुन भन्सार बाहिर पक्राउ परेपछि गृहमन्त्री श्रेष्ठले आकस्मिक रुपमा भन्सारको निरिक्षण गरेका हुन्।
गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि विमानस्थल पुगेका छन्। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले भन्सार र विमानस्थलको अवस्था बारे व्रिफिङ गरेका छन्।
श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले वताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १०० किलो बढी सुन सुन मंगलबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थ भन्सार कार्यालयको गेट बाहिर बरामद गरेको थियो।
उक्त प्रकरणमा हालसम्म १ जना चिनियाँ तथा १ जना भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान चलिरहेको छ। उच्च अदालत पाटनले उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद पनि दिएको छ।
असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ का नाममा मगाएको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ। क्याथे प्यासेफिकको उडान मार्फत् आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ को रुपमा नेपाल भित्रिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।