काठमाडौं– कैलालीमा ड्युटीमै रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेको बताइएको छ ।
प्रहरीका अनुसार उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए । घाइते दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूले सामान बोक्न प्रयोग गरेको से ४ प ११७१ र सु.प.प्र. ०१-०११ प ६४१ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।