बैतडी– बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका- ६ सनकट्यामा ट्र्याक्टर दुर्घटना हुँदा चालक सुरेन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा ट्र्याक्टर चालक सुरेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चालकको घर कैलाली भएको जानकारीमा आएको र पूरा ठेगाना नखुलेको प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए।
सोमबार अपराह्न दशरथचन्द नगरपालिका- २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर ६ तर्फ जाँदै गरेको सुप,प्र- ०१००-२ त ६३८९ नम्बरको ट्र्याक्टर साढे ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।