काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले भेटवार्ता गरेका छन्।
रक्षामन्त्री खड्का र राजदूत शाम्सीबीच सोमबार रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।
रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।