• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सशस्त्रमा सईदेखि एसएसपीसम्म नयाँ दरबन्दी थप, करिब ७ हजार सशस्त्र प्रहरी एकसाथ बढुवा हुँदै 

64x64
नारायण अधिकारी सोमबार, साउन १, २०८०  १५:१४
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावलाई पारित गर्दै मन्त्रिपरिषद् बैठकले नयाँ दरबन्दी सिर्जना गरेको छ। 

मन्त्रिपरिषद् बैठकले नयाँ दरबन्दी सिर्जना गरेसँगै आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन हिजो (आइतबार) सशस्त्रले एकै पटक एसएसपीदेखि सहायक हवल्दारसम्मका लागि बढुवा भन्दै सूचना समेत प्रकाशित गरेको छ। 

यदि आइतबार दरबन्दी थप नभएको भए आज साउन १ गतेबाट कार्यसम्पादन मूल्यांकन (कासमू) फारम भर्नु पर्ने भएकाले कात्तिक, मंसिरसम्म बढुवाका लागि सूचना निकाल्ने अवस्था रहँदैनथ्यो। जसकारण मन्त्रपरिषद्ले नयाँ दरबन्दी स्वीकृत गरेर बढुवा खुलाउन भन्दै निर्देशन दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवाको सूचना निकालेको हो। 

गृह मन्त्रालय उच्च स्रोतका अनुसार सशस्त्र प्रहरीमा साधारण समूहतर्फ १७५ नयाँ दरबन्दी थप भएको छ। ‘यीमध्ये ७७ दरबन्दी प्राविधिकतर्फका खाली पदहरु र समायोजनबाट साधारणतर्फ मिलान गरिएको हो भने ९८ नयाँ दरबन्दी थप भएको हो,’ गृह मन्त्रालय स्रोतले नेपाल लाइभसँग भन्यो। योसँगै ३७ हजार ५५ दरबन्दी रहेको सशस्त्रको संख्या अब ३७ हजार १ सय ५३ हुने भएको छ।

तल्लो तहका केही पदहरु समायोजन गरेर केही कटौती गरी उनीहरुको सेवा सुविधा तथा तलवभत्ता बराबरको आर्थिक व्यवभारबाट माथिल्लो पदमा नयाँ दरबन्दी मिलान गरिएको छ। यसरी समायोजन र खाली हुने प्राविधिकतर्फको दरबन्दीबाट ७७ पद सिर्जना गरिएको हो भने बाँकी ९८ पद नयाँ थप भएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

जसअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ११ वटा नयाँ दरबन्दी थप गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा ४३, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ३१, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ४२ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) मा ४८ दरबन्दी थप गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

नयाँ दरबन्दी स्वीकृत भएसँगै ठूलो संख्यामा सशस्त्र प्रहरी कर्मचारीहरु बढुवा हुने भएका छन्। थपिएका ११ एसएसपी पद र यसअघि नै रिक्त ४ गरी १५ जना एसपीहरु अब एसएसपीमा बढुवा हुने भएका छन्। उनीहरु २० वर्षपछि एसएसपी बन्न लागेका हुन्। 

त्यसैगरी थप गरिएको ४३ दरबन्दीसहित ६३ जना डीएसपीहरु २० वर्षपछि एसपी बन्नेछन्। २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली अहिलेसम्म डीएसपीमै रहेका छन्। अब उनीहरु एसपीमा बढुवा हुने बाटो खुलेको छ।

Xtrem
Xtrem

त्यसैगरी थप गरिएको नयाँ दरबन्दी ३१ सहित १०३ जना इन्स्पेक्टरहरु १५ वर्षपछि डीएसपीमा बढुवा हुने भएका छन्। २०६४ सालमा भर्ना भएका सि.सं. ७ का इन्स्पेक्टरहरु अघिल्लो बढुवामा छुटेका थिए। अब नयाँ दरबन्दी थप भएसँगै उनीहरुको पनि बढुवा हुने बाटो खुलेको छ। 

नयाँ दरबन्दीसहित ५१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा हुनेछन् भने ४९ जना सई वरिष्ठ सईमा बढुवा हुनेछन्। ६७ जना असई सईमा, २१० जना वरिष्ठ हवल्दार असईमा बढुवा हुने गृह स्रोतले जानकारी दियो। 

२२४ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा, २ हजार १ सय २८ जना सहायक हवल्दारलाई हवल्दारमा र ४ हजार ४० जवानलाई सहायक हवल्दारमा बढुवा गरिने भएको छ। 

यसरी समग्रमा ६ हजार ९ सय ६० सशस्त्र प्रहरी कर्मचारीको एकै पटक बढुवा हुन लागेको हो। यसले सशस्त्र प्रहरी कर्मचारीमा निकै हर्षोल्लाहस छाएको छ। ठूलो संख्यामा एकै पटक बढुवा खुलेसँगै एउटै पदमा लामो समयसम्म बस्नुपर्दा आउने नैराश्यता, त्यसले पार्ने कार्यसम्पादनमा असर, बीचमै राजीनामा जस्ता विषयहरुको केही हदसम्म भए पनि रोकिने र नयाँ ऊर्जाका साथ कार्यसम्पादन हुने सशस्त्र हेडक्वाटरको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्ष... शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्