काठमाडौं– महाधिवेशन चलिरहेको समयमा कांग्रेसका सचेतकसमेत रहेका केन्द्रीय समिति सदस्यका उम्मेदवार निश्कल राईले एपेन्डिसाइटिसको शल्यक्रिया गराएका छन्।
बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गराएका छन्।
‘अचानक एपेन्डिसाइटिसको समस्या देखिएपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था आई हिजो राति शल्यक्रिया सम्पन्न भई हाल उपचाररत छु। अप्रेशन सफल बनाउनु हुने डाक्टर तथा अस्पताल परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु’, राईले जानकारी गराएका छन्।
उनलेस्वास्थ्यमा अचानक समस्या आएर अस्पतालमा उपचाररत रहे पनि महाधिवेशन प्रतिनिधिहरू र पार्टी साथीहरूले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र साथले आफूलाई ठूलो हौसला मिलेको पनि बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।