त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फाइल तस्बिर)
काठमाडौं– बहुमूल्य धातु सुन तथा हिरा लुकाएर अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको भन्दै प्रहरीले नेपाली मूलकी अस्ट्रेलियाली महिलालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानमार्फत् बाहिरी मुलुक जान लागेकी नेपाली मूलकी अस्ट्रेलियन नागरिक ५५ वर्षीय अभया विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाठ सुन ७७० ग्राम र हिरा (डाइमण्ड सी–प्लस) ५४.७५ ग्राम बरामद भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी विश्वकर्मा मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अस्ट्रेलिया जान लागेकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्यााण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र सुन तथा हिरा फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।