काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समवेदन दिएका छन्।
शनिबार बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन्। विप्लवसँगै प्रकाण्डसहितका नेता बालुवाटार पुगेका थिए।
भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए।
प्रधानमन्त्री पत्नी सीता दाहालको गत बुधबार निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।