• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

क्याप्टेन सिबी गुरुङ पहिलो पटक भाग्यले बाँचे, दोस्रो पटक सोलुमै अस्ताए 

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०८०  १७:२३
1140x725

काठमाडौं– मंगलबार बिहान १०:५ मिनेटमा सोलुखुम्वुवाट काठमाडौका लागि उडेको मनाङ एअरको हेलिकोप्टर सम्पर्कविहीन भयो। लुक्ला विमानस्थलसँग १० बजेर १३ मिनेटमा अन्तिम पटक हेलिकोप्टरको सम्पर्क भएको थियो। त्यसपछि हेलिकोप्टर एकाएक हरायो। 

अन्तिम सम्पर्क हुँदा हेलिकोप्टर लामजुरा क्षेत्रमा पुगेको थियो। यो सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको सीमानामा हो। उक्त क्षेत्रबाट हेलिकोप्टरले काठमाडौं टावरसँग समन्वय र सम्पर्क गर्नुपर्ने थियो। तर काठमाडौसँग कुनै सम्पर्क नै भएन।

टावरसँग सम्पर्क टुटेपछि काठमाडौं विमानस्थल शतर्क हुँदै विमान बेपत्ता भएको जानकारी लिएर खोजी र सम्पर्कको प्रयासमा जुटेको त्रिभुवन विमानस्थल उड्ड्यन कार्यालयले जनाएको छ। खोज तथा उद्धार केन्द्रले अल्टिच्यूड एअरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतर्फ खटाउने निर्णय पनि गर्‍यो। यो सँगै सार्वजनिक सञ्चार माध्यममा हेलिकोप्टर सम्पर्कविहीन भएको सूचना सार्वजनिक भयो। लगत्तै स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीव्र बनायो।

Ncell 2
Ncell 2

बिहान हराएको हेलिकोप्टर दिउँसोसम्म आइपुग्दा दुर्घटनाग्रस्त भेटियो। भेडा चराउन पुगेका सर्वसाधरणहरुले हेलिकोप्टर दुर्घटना भएको देखेपछि गाउँपालिका र स्थानीय प्रहरीलाई खबर गरेका थिए। उद्धार सुरु हुँदासम्म हेलिकोप्टरका पाइलट र यात्रुहरुले ज्यान गुमाइसकेका थिए। 

उक्त दुर्घटनमा परी पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकले ज्यान गुमाएका छन्। उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई हेलिकोप्टरमा काठमाडौं ल्याएर पोष्टमार्टम गरिने छ।

पहिलो दुर्घटनाबाट बाँचेका थिए पाइलट गुरुङ
गुरुङ अनुभवी पाइलटमध्ये पर्दथे। ५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एअरमै आबद्ध भएर हेलिकोप्टर उडाउँदै आएका थिए। यसअघि उनले गोरखा एअर, श्री एअरसहितका कम्पनीका हेलिकोप्टर उडाएका कारण अन्य पाइलटभन्दा अनुभवी थिए। तर, सोलुखुम्बुको कुहिरोकाबीचमा उनको अनुभवले काललाई जितेर अघि बढ्न सकेन। 

उनी अन्तत: दुर्घटना हुँदै आफ्नो यात्रामा विश्राम लिन बाध्य भए। पाइलट गुरुङ यसअघि पनि दुर्घटनामा भाग्यले बाँचेका थिए। २०७६  वैशाख १ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको  दुर्घटनामा उनी घाइतेमात्र भएका थिए। लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एअरको ‘नाइन एन एएमएच’ कलसाइन जहाज धावनमार्गबाट चिप्लिएर ठूलो दुर्घटनामा परेको थियो। 

उक्त विमानका कारण रोकिएका मनाङ र श्री एअरलाइन्सका हेलिकोप्टर पनि दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा समिट एअरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको थियो। गुरुङ उक्त दुर्घटनामा परे पनि घाइतेमात्र भए। लामो अस्पताल बसाईपछि उनी पुन: काममा फर्केका थिए। तर मंगलबार उनले सोलुखुम्बु जिल्लामै ज्यान गुमाएका छन्।
 
उनी पर्यटक लिएर माउन्टेन फ्लाइटका लागि पुगेको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। उनीहरु सोमबार लुक्ला पुगेका थिए। सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव नभएपछि उनीहरुले त्यहिँ रात बिताएका थिए। मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेर उनीहरु काठमाडौं फर्केका थिए। तर गुरुङसहित पाँच मोक्सिकन नागरिकको काठमाडौं फर्कने सपना भने पूरा भएन।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्