काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५९, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ५० जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा १००, हर्न निषेधमा १३, लेन क्रसमा ०, अवस्था ठिक नभएको ३६, एकतर्फीमा ६ र अन्यमा ५२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।