काठमाडौं– मनाङ एयरको ९ एन–एमभी कलसाइन हेलिकोप्टरको दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि गएका दुई वटा हेलिकोप्टर अवतरण हुन सकेका छैनन्।
नेपाल नागरिक उड्यन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै मौसम खराबीका कारण उद्धारका लागि गएका दुई हेलिकोप्टर अवतरण हुन नसकेको जनाएको छ। मंगलबार सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न.५ लामजुरामा हेलिकोप्टर दुर्घटना भएको थियो।
उक्त क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसेकेपछि सुरक्षित क्षेत्रमा अवतरण गरेर उद्धार गर्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ। उद्धारका लागि स्थानीय वासिन्दासहित सुरक्षाकर्मीहरु परिचालन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।