काठमाडौं– माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले गायक प्रकाश सपुतमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद बरालीले उक्त माग गरेका हुन्।
सपुतलाई गत हप्ता रोमानियामा भएको संस्कृतिक कार्यक्रममा गीत गाउने क्रममा रंगमञ्चमै बोतल प्रहार भएको थियो।
‘यस्ता गतिविधिमा संग्लन अपराधीलाई सम्बन्धित देशसँग कुटनीतिक सम्बन्ध राखेर तुरुन्त हदैसम्म कारबाही गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सांसद बरालीले भनेका छन्।
साथै बरालीले गायक सपुतको सहानुभुतिको लागि नेपाल सरकार बोल्नुपर्ने पनि माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।