प्रतिकात्मक तस्बिर
झापा– जंगली हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकार छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कर्मकार मंगलबार बिहान हल्दिबारी गाउँपालिका–२ स्थित महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्न गएका थिए।
चिया बगानमा च्याउ टिप्ने क्रममा उनीमाथि जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।