ढोरपाटन– बागलुङमा चट्याङ लागेर २ जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ पाखापानीमा चट्याङ लागेर २ जना बालबालिकाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।
शनिबार राति वर्षासँगै परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका– ५ पाखापानीका चित्र बहादुर विकका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीय छोरी सुनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिएका छन्।
चट्याङबाट बच्चाहरूको आमा यमकुमारी विक घाइते भएकी छन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ। चट्याङले घर नजिकै बाँधेको भैँसी पनि मरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।