पाकिस्तानी अर्बपति पिता-पुत्र शहज्यादा र सुलेमान दाउद
अमेरिका– एटलान्टिक सागरमा रहेको टाइटाइनिकको भग्नावशेष हेर्न ओशनगेटको ‘टाइटन’ पनडुब्बीमा गएका पाकिस्तानी अर्बपतिका बाउछोरासहित पाँचै जनाको मृत्यु भएको बताइएको छ।
पाकिस्तानी अर्बपति पिता-पुत्र शहज्यादा र सुलेमान दाउद उक्त पनडुब्बीमा सवार रहेका थिए। उनीहरुबाहेक अन्य ३ जना पनि पनडुब्बीमा थिए।
यसमा पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका सीईओ स्टकटन रश पनि थिए। यसका अलावा फ्रेञ्च एक्सप्लोरर पल-हेनरी नर्जोलेट पनि यो पनडुब्बीमा थिए।
केही दिनदेखि हराएको उक्त पनडुब्बी विष्फोट भएको आशंका गरिएको छ। पनडुब्बीका केही भागहरु फेला परेका छन्।
अमेरिकी कोस्ट गार्डका अनुसार उक्त पनडुब्बीका पाँच टुक्रा टाइटानिक जहाजको भग्नावशेष भन्दा १६ सय फिट गहिराइमा भेटिएका छन्।
पनडुब्बी टाइटनबाट सम्पर्क छुटेपछि ठूलो आवाज सुनिएको थियो। जुन विष्फोटको हुनसक्ने बताइएको छ। पनडुब्बी गएको शनिबार हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।