काठमाडौं– विश्वको सबैभन्दा चर्चित पानी जहाज मानिने टाइटनिकको भग्नावशेष देखाउनका लागि अटलान्टिक महासागरमा गएको पनडुब्बी अहिले पनि सम्पर्कविहीन छ। पनडुब्बीको खोजीमा रहेका सरकारी अधिकारीहरुले अब उक्त जहाजमा ३० घन्टाभन्दा पनि कम समयका लागि अक्सिजन रहेको बताएका छन्।
आइतबार क्यानडाको न्यूफाउन्टल्याण्ड तटबाट यो पनडुब्की ५ जनालाई बोकेर पानीमा उत्रिएको थियो। तर अटलान्टिक सागरमा यो जहाज बेपत्ता भयो।
टाइटनिक जहाजको भग्नावशेष समुद्रभित्र ३ हजार ८०० मिटरको गहिराइमा छ। यो पनडुब्बीले यसअघि पनि टाइटनिक जहाजको भग्नावशेष हेर्ने पर्यटक लैजाने गरेको थियो।
यो पनडुब्बीमा पाकिस्तानका अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिंग समेत ५ जना सवार थिए। यसमा पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका सीईओ स्टकटन रश पनि थिए। यसका अलावा फ्रेञ्च एक्सप्लोरर पल-हेनरी नर्जोलेट पनि यो पनडुब्बीमा थिए।
यात्रा सुरु गरेको करिब १ घण्टा ४५ मिनेटपछि यो पनडुब्बीको रडारसँगको सम्पर्क विच्छेद भएको थियो। पनडुब्बीको खोजीमा अन्तर्राष्ट्रिय एजेन्सीहरु पनि सामिल भएका छन्। अमेरिकी कोस्ट गार्डका प्रवक्ताले उद्धार अभियान धेरै जटिल भएको बताएका छन्। कोस्ट गार्डका प्रवक्ता जोन मागरले भनेका छन्, ‘पनडुब्बीको लोकेशन पत्ता लाग्यो भने पनि बचाउका लागि हाम्रो बसमा जे हुन्छ त्यही गर्नेछौं।’
टाइटनिक जहाजको भग्नावशेष
अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको मेमोलाई लिएर रिपोर्ट गरिएको छ कि पनडुब्बी जहाँबाट गायव भएको थियो त्यहाँबाट एक ठूलो आवाजा सुनिएको थियो, जुन आवाज कयौं घण्टासम्म आइरहेको थियो।
विश्वकै सबैभन्दा चर्चित मानिने टाइटनिक जहाज १४ अप्रिल १९१२ को राति हिमशिला (हिउँको चट्टान)सँग ठोक्किएर अटलान्टिकमा डुबेको थियो। १ हजार ५१७ जना मानिसको मृत्यु भएको उक्त दुर्घटनालाई लिएर एउटा फिल्म पनि बनेको थियो।
तर टाइटनिकलाई लिएर अहिले पनि कौतुहलता छ। यही कारण हो कि मानिसहरु लाखौं रुपैयाँ खर्च गरेर यो पनडुब्बीको यात्रामा जान्थे।
टाइटनिकको भग्नावेशष पहिलोपटक १९८५ मा पत्ता लागेको थियो। उत्तरी अटलान्टिकमा करिब ३ हजार ८०० मिटरको गहिराइमा टाइटनिकका टुक्राहरु छन्। पानीको तीव्र दबाबका कारण यो हदको गहिराइमा खास पनडुब्बी मात्रै जान सक्छन्।
पर्यटकहरु यो विशेष प्रकारको पनडुब्बीमा २ घण्टाको यात्रा गरेर टाइटनिकको भग्नावशेषसम्म पुग्ने गर्थे। यो यात्राका लागि प्रतिव्यक्ति २ लाख ५० हजार अमेरिकी डलर लाग्ने बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।