बेइजिङ– चीनको उत्तर-पश्चिमी क्षेत्रको निङ्जिया शहरमा बुधवार राति ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजको हवाला दिँदै यो विस्फोटबारे चिनियाँ राष्ट्रपति सी चिनफिङको तर्फबाट पनि प्रतिक्रिया आएको जनाएको छ।
यो विस्फोट निङ्जिया शहरमा रहेको एक रेस्टुरेन्टमा भएको हो। एलपीजी ग्यास बोकेको ट्याङ्करमा चुहावट हुँदा विस्फोट भएको बताइएको छ। विस्फोटमा परेर ७ जना घाइते भएका बताइएको छ, जसको अहिले उपचार भइरहेको छ।
मुस्लिम निङ्जिया हुई स्वायत्त क्षेत्रको परम्परागत राजधानी यिनचुआनको व्यस्त सडकमा बुधबार ड्र्यागन बोट फेस्टिभल बिदाको पूर्वसन्ध्यामा मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको हो।
चिनियाँ स्टेट टेलिभिजनका अनुसार राष्ट्रपति सीले दुर्घटनामा घाइते भएका व्यक्तिलाई हरसम्भव मद्दत गर्न भनेका छन्। राष्ट्रपति सीले उद्योग तथा सेक्टर्सहरुमा सुरक्षासँग जोडिएका तयारीलाई पोख्न गर्न पनि भनेका छन्।
चीनमा यसअघि पनि ग्यास तथा केमिकल विस्फोटका घटनाहरु भएका छन्। सन् २०१५ मा भएको सिलसिलाबद्ध धमाकामा १७३ मानिसको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।