• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पढ्नुपर्छ भन्ने संस्कृति कांग्रेसमा खासै छैन : मिनेन्द्र रिजाल [अन्तर्वार्ता]

64x64
किशोर दहाल शुक्रबार, असार १, २०८०  २०:१९
1140x725

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले केही दिनअघि सामाजिक सञ्जालमा आफूले १९ वर्षपछि नियमित पढाउन थालेको सुनाए। जसलाई धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। नेताहरुले एउटा चरणको राजनीतिक सफलता र उमेरपछि आफूलाई सामाजिक र बौद्धिक कर्ममा जोड्नुपर्छ भन्ने धेरैले अपेक्षा राखेको पाइन्छ। रिजाललाई त्यसैले पनि धेरैले सकारात्मक प्रतिक्रिया दिएको बुझ्न सकिन्छ। तर उनले आफू राजनीतिबाट भने नअलग्गिएको प्रष्ट पारेका छन्।

राजनीतिक व्यक्तिले पढाउनुको अर्थ के हुन्छ? राजनीतिक नेतृत्वमा पढ्ने संस्कृति कस्तो छ? पछिल्लो अध्यापन शृंखलालाई केन्द्रमा राखेर नेपाल लाइभका लागि किशोर दहालले रिजालसँग कुराकानी गरेका छन्।

तपाईंले केही दिनअघि सामाजिक सञ्जालमा लेख्नुभयो- ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रुपमा पढाउन थालें।’ १९ वर्षअघिचाहिँ के हुन्थ्यो?
१९ वर्षअगाडि शेरबहादुर देउवा नेतृत्वमा सरकार थियो। त्यो सरकारले माओवादीसँग वार्ताका लागि एउटा टोली बनाएको थियो। सञ्चारमन्त्री डा मोहम्मद मोहसिन नेतृत्वको सो टोलीमा हाम्रो पार्टीबाट विमलेन्द्र निधि, म र डा प्रकाशरण महत थियौँ। एमाले र सद्भावनाबाट पनि सदस्यहरु हुनुहुन्थ्यो। वार्ता टोलीको सदस्यको रुपमा काम गरिरहेको बेलामा पनि म नियमित रुपमा पढाउँथे। राजनीतिमा मेरो संलग्नता छँदैथियो। त्यतिबेलासम्म एउटा वा दुइटा कोर्स पढाउन कठिनाइ थिएन। त्यतिबेला एमबीएका विद्यार्थीलाई म्याक्रोइकोनोमिक्स पढाइरहेका थिए। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नै हातमा शासन लिएर प्रत्यक्ष शासन सुरु गर्नुभयो। तत्कालीन प्रधानमन्त्रीलाई थुन्नुभयो। शाही आयोग खडा गरेर मुद्दा चलाउनुभयो। हामीहरुलाई  पनि थुन्नुभयो।

एउटा सेमेस्टरमा ३२ वटा कक्षा हुन्थ्यो। त्यसका २२ वटा कक्षा सकिएका थिए, १० वटा बाँकी थिए। त्यति नै बेला म थुनामा परेँ। म निस्किँदा विद्यार्थीको जाँचका लागि दुई हप्ता बाँकी थियो। मैले एउटा हप्तामा पाँच दिन र अर्को हप्तामा पाँच दिन गरेर पढाए। बिजनेस स्कुलका विद्यार्थीलाई म्याक्रोइकोनोमिक्सको कक्षा अलि कठिन हुन्छ। त्यसैले उनीहरुलाई असाध्यै दुःख भएको थियो। त्यही दुःख देखेपछि मैले अब आफू नियमित कक्षा पढाउन सक्दिनँ, पढाएँ भने विद्यार्थीमाथि अन्याय हुन्छ भन्ने लाग्यो।

म पार्टीको केन्द्रीय समिति सदस्य, सांसद र मन्त्री भएँ। त्यस क्रममा नियमित पढाउन सक्ने अवस्था रहेन। त्यसैले यो १९ वर्षको यात्रामा पढाउने काम गरिनँ। तर ओरियन्टेसन क्लास लिने, ग्राजुएसन क्लास लिने, भिजिटिङ लेक्चररको भूमिका निभाउने, कलेजमा गएर बोल्ने जस्ता काम भने भइरहेकै थियो। तर राजनीतिमा चुर्लुम्म डुबेर काम गरिरहेको बेलामा अध्यापनसँग जोडिएको मेरो परिचय मेरा विद्यार्थीबाहेक अरुले देखेका थिएनन्। जबकि, २३ वर्षअघि एपेक्स कलेज स्थापना गरेदेखि अविच्छिन्न रुपमा त्यसको चेयरपर्सन छु। तर मेरो पढाउने रुपचाहिँ मान्छेले खासै नदेखेको हुनाले अचम्मित भएका हुन्। त्यसैले उनीहरुले शिक्षण पेशामा फर्किए भनिरहेका छन्। तर म फर्किएको होइन। मैले नयाँ पेशा अँगालेको होइन। म राजनीतिमै मज्जाले छु। तर हप्ताको एक दिन आइतबार ८ बजेदेखि १० बजेसम्म नियमित रुपमा पढाउँछु।

तपाईंका बारेमा जानकारी राख्नेहरुलाई थाहा छ कि, तपाईंले देशभित्र मात्रै होइन, देशबाहिर पनि अध्यापन गर्नुभएको थियो। बीचमा निरन्तरता दिनुभएन। अब हप्तामा एक पटक भए पनि नियमित पढाउने भन्नुभएको छ। के अब जेल जानुपर्दैन भन्ने महसुस भएर हो? वा, अध्यापनको पुरानै तिर्सना बल्झिएर हो?
मलाई चिन्नेहरु वा मेरो फरक ढंगको इन्टरभ्युका हेर्नेहरुलाई थाहा छ, यी दुवै (राजनीति र अध्यापन) प्रति मेरो उत्तिकै लगाव छ। जीवनको उत्तरार्द्धमा त म मज्जैले पढाउने काममा लाग्छु। तर अहिले त्यो काममा बढी समय दिन सम्भव भएको छैन। जहिले बढी फुर्सद होला र बढी मज्जाले पढाउने काममा लागौँला भन्ने नै थियो। त्यसैले मैले यो काम गर्नुचाहिँ खासै अचम्म नमाने हुन्छ जस्तो लाग्छ। अर्को विषय पनि प्रष्ट छ। २०५९ असोज १८ मा तत्कालीन राजाले प्रधानमन्त्रीलाई हटाएर आफूले छानेका प्रधानमन्त्रीबाट शासन गर्न थाल्नुभयो। त्यतिबेला म योजना आयोगको सदस्य थिएँ। राजाको कदमको विरोध गर्दै हामीले सामूहिक राजीनामा दियौँ।

त्यतिबेला राजीनामा दिएदेखि २०७८ पुस १ मा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिँदासम्म १९ वर्ष बितेछन्। तर थाहै नपाइ बितेछन्। दौडेको दौड्यै भएछु। कहिले फुर्सद भएनछ। बिहानदेखि बेलुकासम्म पार्टीका हरेक विषयमा यता मिलाउने र उता मिलाउनेमा बितेछन्। अर्को पार्टीसँगको सम्बन्ध, संविधान निर्माण, लडाकु व्यवस्थापन, शान्ति प्रक्रिया, निर्वाचन प्रणाली जस्ता काममा बिताएछु। पछिल्लो चरणमा त पार्टीको हरेक विषयमा मेरो संलग्नता हुन्थ्यो।

आज म पार्टीको खासै महत्त्वपूर्ण भूमिकामा छैन। किनारामा छु। पार्टी महाधिवेशन भएको १८ महिनापछि भर्खरै केन्द्रीय सदस्यमा मनोनित भएको छु। २०६३ को अन्तरिम संसद्‌पछि अहिले आएर म संसद्‌मा सदस्य पनि छैन। त्यसैले अहिले मसँग पुग्ने समय छ नि त। त्यसैले हप्तामा दुई दिन पढाउनका लागि मैले समय निकाल्न सक्छु भन्ने आत्मविश्वास भएर मैले यो काम सुरु गरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंको आम परिचय त कांग्रेस नेताकै रुपमा छ। कक्षाकोठामा चाहिँ तपाईंले आफूलाई कति कांग्रेस नेताको रुपमा र कति शिक्षकको रुपमा प्रस्तुत गर्नुहुन्छ?
अहिले मैले पढाउने कोर्स म आफैंले डिजाइन गरेको हुँ। त्यसको एउटा टपिक पपुलिज्मसँग सम्बन्धित छ। त्यसलाई मैले सुरु गरेको छु। पछि दुई लेक्चरमा सकाउने भन्ने छ। त्यसबारे बताउँदा मैले हेनरी किसिन्जरको 'एज अफ एआई' लाई कोट गर्छु। एआईमा आएको त्यो कुरा पपुलिज्ममा पनि सान्दर्भिक छ। आजको दिनमा मान्छेलाई तुरुन्त चाहिएको छ। आ-आफ्नो इकोच्याम्बर बनेको छ। अर्को विचार नै छैन जस्तो गरिएको छ। मैले उदाहरण पनि दिन्छु, केपी शर्मा ओलीको इकोच्याम्बरमा भएका अरिंगालको गोलोको बीचमा अरु कोही पस्यो भने हालत के होला? त्यस्तै पुष्पकमल दाहाल प्रचण्डको इकोच्याम्बरमा भएका अरिंगालको बीचमा अरु कोही पर्‍यो भने के हालत होला? रवि लामिछानेको पनि त्यस्तै छ। सबैभन्दा चर्को अरिंगाल उहाँको छ। त्यहाँ पर्‍यो भने कसो होला? यतिञ्जेल मैले मेरो मुख्य कुरा भनिसकेको हुन्छु। अनि मेरै पार्टीका पनि साथीहरुको अरिंगालको बीचमा पर्‍यो भने अर्को विचार राख्नलाई कति कठिनाइ होला त? भनेर हाँस्छु। पढाउने कुरामा त्योभन्दा राजनीति कहीँ पनि आउँदैन। त्यसैले कक्षामा जाँदाखेर म आधारभूत रुपमा शिक्षक हो। कक्षामा म नेता, कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री वा पूर्वसांसद केही पनि हुन्नँ। शिक्षक मात्रै हुन्छु।

तपाईं जसरी अध्यापन गरिरहनुभएको छ। तर धेरैले अपेक्षा राख्छन्, एउटा उमेर र उचाइपछि नेताहरु राजनीतिबाट अलग्गियुन् र सामाजिक र बौद्धिक काममा लागुन्। विशेषतः यस्तै गरी अध्यापनतिरै लागुन् र आफूले जीवनभर हासिल गरेको अनुभव नयाँ पुस्तासँग बाँडुन्। तपाईंलाई के लाग्छ, त्यतातिर जानुपर्छ?
मान्छेहरुले बाराक ओबामाको उदाहरण दिन्छन्। अन्य नेताको उदाहरण दिन्छन्। तर म ओबामा होइन। मैले अहिले राजनीतिबाट अवकाश लिएको पनि छैन। म अझै चुनाव लड्ने हो। मैले पहिले पनि भनेको छु, देशको चुनाव अझै एउटा लड्छु, पार्टीको चुनाव पनि एउटा लड्छु। पार्टीको चुनाव लडेँ, हारे। देशको चुनाव लड्नै पाइनँ। अन्यायपूर्ण ढंगले चुनाव लड्न दिइएन। त्यो लड्ने मेरो इच्छा छ। इच्छाशक्ति र दृढता छ। यो अवकाश भयो भनेको त बसिरहने भयो भने कसैलाई निराशा पनि होला तर म अवकाश भएको छैन। त्यस्तो मान्छेहरुलाई 'सरी' भन्न चाहन्छु। तर पढाउने कुरामा मेरो संलग्नता हुन्छ।

विद्यार्थी र समाजलाई केही कुरा भन्नु छ भनेर यदि कसैलाई महसुस भएको छ भने, ती विषय आफूभित्र छन् भने त्यसलाई भन्न थाल्नुपर्छ भन्ने लाग्छ। शिक्षणको पेशाबाट राजनीतिमा आएको अथवा राजनीतिमा रहेकाहरुलाई अब पढाउने र अरुलाई ज्ञान दिने, किताब लेख्ने हो भन्ने महसुस भएका, दुवैथरीले पढाउने कोसिस गर्नुपर्ला, पढाउनुपर्ला भन्ने लाग्छ। तर सबैभन्दा महत्त्वपूर्णचाहिँ भन्नका लागि केही विषय हुनुपर्छ। त्यसैले तपाईंको प्रश्नको एक लाइनको उत्तर भनेको 'हो, गर्नुपर्छ' भन्ने नै हो।

मैले किन पढाइरहेको छु त? मैले पढाउने टपिक्स तय गरेको छु। मलाई लाग्छ, ती निकै महत्त्वपूर्ण छन्। विद्यार्थीका निम्ति उपयोगी छन्। त्यसैले म पढाउन गएँ। अघिको कुरामा जोड्दा, पढाउन जानेसँग विद्यार्थीलाई सुनाउनका लागि केही नयाँ कुरा हुनुपर्‍यो। विषयमा 'भ्यालु एड' गर्न सक्नुपर्‍यो। आफ्नो कुरा भन्ने मात्रै होइन, विद्यार्थीसँग त्यसलाई सान्दर्भिक बनाउँदै साझा रुचिको विषय बनाउन सक्नुपर्‍यो। त्यो पक्ष बढी महत्त्वपूर्ण छ।

तपाईं नेपालमा पढ्नुभयो, पढाउनुभयो। विदेशमा पनि पढ्नुभयो, पढाउनुभयो। पढ्ने-पढाउने सवालमा नेपाल र विदेशमा के फरक हुँदोरहेछ?
म २०५३ सालमा अमेरिकाबाट नेपाल फर्किएको बेलामा भन्दा अहिलेको नेपाल धेरै अगाडि छ। त्यतिबेलाको नेपालको अध्ययन अध्यापनको पद्धति र स्तरभन्दा नेपाल निकै माथि गइसकेको छ। कोभिडले अरु धेरै नराम्रो गर्‍यो होला तर नयाँ प्रविधिमा सबैलाई अभ्यस्त बनाउँदै लगेको छ। त्यसैले यो पक्षमा धेरै 'ल्याग' छैन। अध्ययन अध्यापनमा पनि 'ल्याग' छैन होला। तर हाम्रो जीवनको अरु थुप्रै पक्षमा 'ल्याग' छन्। अहिले हामी दुई फरक विश्वमा छौँ। एउटा विश्वमा मेरो गाउँको, दुःखको, कहरको छ। घरपरिवार कसरी धान्ने भनेर विदेशमा जागिर खोज्न दौडिएका छन्। उसले पैसा पठाएपछि घरको जोहो गरौँला भन्ने छन्। अर्कोतिर, प्रविधिले उच्च तहमा पुग्ने, चकाचौंध हुने पनि बनाएको छ। त्यसैले विरोधाभाष छ। त्यो पक्ष छँदैछ। त्यसैले राज्यको चुनौती छ, प्रविधिमा रहेको ग्याप र 'रियल लाइफ' को ग्याप र विरोधाभाषलाई कसरी सही दिशातिर लैजाने?

तपाईंले २०५३ सालको कुरा गर्नुभयो। त्यसयता धेरै सुधार भएको पनि भन्नुभयो। तर उच्च वर्गका, नीति निर्माण तहका मान्छेहरुका सन्तानहरु पढ्नकै लागि भनेर बाहिर गइरहेको हुन्छन्। पहुँचहीनका सन्तान मात्रै यहाँ बस्ने र पढ्ने जस्तो भइरहेको छ। दुई थरी वर्ग देखिएको छ। यसलाई सम्बोधन गर्न नेतृत्व तहले इच्छाशक्ति नै नराखेको देखिन्छ। यसले त तपाईंहरुलाई चिमोट्नुपर्ने होला नि?
तपाईंले भनेको जस्तो समस्या छँदैछ। तर पहिले गज्जब थियो, सबैले जे पनि गर्न सक्थे नभन्नुस्। म अमेरिका गएँ। युनिभर्सिटी टप गरेँ। पढाएँ। किताब प्रकाशित गरेँ। नेपाल फर्केर आएँ। मनमा सन्तुष्टि लिने काम यो बाहेक अरु पनि हुनसक्थ्यो भन्ने त मलाई छँदैथियो। तर मैले पढ्न सुरु गरेको त एक नम्बर पाठशालाबाट हो। त्यतिबेला त सबै जना त्यहीँ जान्थे। तर सबैको सुरुवात एउटै हुन्थ्यो भन्दा पनि गलत नै हुन्छ। किनकि, म कक्षामा फस्ट ब्वाइ थिएँ। मैले अक्षर सिक्ने बेलादेखि ट्युसन पढ्न पाएकाले त्यो सम्भव भएको थियो। मलाई घरमा वातावरण थियो। मैले त्यो सुविधा नपाएको भए अन्य विद्यार्थी जस्तै हुन्थेँ होला नि त। त्यसैले हिजोको नेपालमा पनि असमानता थियो। मज्जाले थियो। तर हिजोको असमानता भूमिमा आधारित थियो होला। असमानताको आकार पनि धेरै गुणाको फरक हुँदैनथ्यो होला, हाम्रो अर्थतन्त्रको आकारको कारणले। आज अर्थतन्त्रको आकार नै ठूलो भएकाले असमानता पनि बढेको छ। भ्रष्टाचारको स्केल पनि कसैले कल्पना नगरेको ठाउँमा पुगेको छ।

हिजो दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति भए। आप्रवासीको सन्तान पनि यहाँ पुगेँ भन्छन्। त्यो समाज पनि नवउदारवादी अर्थतन्त्रको अर्डरपछि थुप्रै अविकसित र अल्पविकसित मुलुकको गरिबी घट्यो होला। तर असाध्यै ठूलो मध्यमवर्गीय समाज भएको देशमा पनि असमानता भने चुलिएर गएको छ। 

नेपालमै पनि आजको दिनमा सबैभन्दा धनी र सबैभन्दा गरिब र हिजोको सबैभन्दा धनी र सबैभन्दा गरिबको फासला निकै ठूलो भएको छ। यो फासला बाँसको चिरा जस्तै पर्दै गयो भने चाहिँ यसले अरु पनि कठिनाइ ल्याउन सक्छ। यसमा राजनीति गर्ने, नीति बनाउनेहरु र राजनीतिक पार्टीको ध्यान पुग्नुपर्छ। त्यहीमाथि निराशा चुलिएको बेलामा त झन् बढी ध्यान दिनुपर्छ। त्यसैले तपाईंको अवलोकनसँग म पूर्ण सहमत छु।

तपाईंले यतिञ्जेल जे भन्नुभयो, त्यसले तपाईंको अध्ययनको दायरा नै देखाउँछ। जुनसुकै पार्टीको भए पनि राजनीतिक नेतृत्व तहका साथीभाइबीच पुस्तक अध्ययनको विषयमाचाहिँ कत्तिको छलफल हुन्छ? नेताहरुबीच 'तैंले के पढिस्?' भन्ने हुन्छ कि हुँदैन?
खासै हुँदैन। मैले साथीहरुलाई जिस्काउने पनि गरेको छु। मलाई भेट्न साथीहरु आउनुहुन्छ। म केही व्यस्त साथीहरुको नाम लिएर, तपाईंले अनुहार मात्रै देखाएर र फलानो नेताले मेरो अनुहार देख्यो, कहीँ मलाई सहयोग गर्ला भन्ने हो भने फलानो नेताकहाँ जानुस् भन्छु। होइन, फुर्सद छ भने, एक छिन कुरा सुनौँ भन्ने लाग्छ भने मकहाँ आउनुस्। तपाईंलाई म 'दाइ जय नेपाल' भनेर जान दिन्नँ। १०/१५ मिनेट कुरा सुनाउँछु भनेर भन्छु। आधा गम्भीरता र आधा मजाकमा म यस्तो भन्छु।

तर हामीकहाँ त्यो (पढ्ने, विषयको छलफल गर्ने) संस्कृति छैन। सोच कस्तो छ भने, नेपाली कांग्रेस भनिसकेपछि त संस्कृतिकै हिसाबले पनि सबै जानिसकेको हुन्छ। नेपाली कांग्रेस भइसकेको मान्छेले जान्न के बाँकी छ र, अरुले पनि सिक्न बाँकी होला भन्ने सोच छ। पढ्नुपर्छ भन्ने संस्कृति मेरो पार्टीमा खासै छैन। यो यस्तो पार्टी हो, जसका नेताहरु सुन्दरीजल जेलमा आठ वर्ष बस्दाखेर एउटा पाठशाला बनेको थियो। हरेक दिन अध्ययन गर्ने पाठशाला थियो। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले लेखेको कुरामा कहीँ न कहीँ त्यो प्रतिबिम्ब देखिन्छ। कत्रो ठूलो पाठशालामा उहाँहरु बस्नुभएको थियो भन्ने देखिन्छ। किसुनजीले जेलमा बस्ने अन्य नेतालाई पढाउनुहुन्थ्यो। ज्ञानेन्द्रबहादुर कार्कीलाई नै किसुनजीले पढाउनुभएको थियो। उहाँलाई सोध्न सकिन्छ। जेलमा बसेका नेताहरुलाई जाँच दिन लगाउनुहुन्थ्यो। त्यसैले त धेरैले जेलबाटै बीए, एमए पास गरेका थिए। त्यो संस्कृति भएको कांग्रेस आज कहीँ पनि लेखपढको कुरै गर्दैन। मेरो पार्टीमा पढ्ने जरुरत पर्दैन, कांग्रेस भएपछि के पढ्नुपर्छ र? भन्ने संस्कृति विकास भएको छ।

अहिले नेता बन्न पढ्नु पर्दैन भन्ने सोच विकास हुन थालेको हो कि? केही दिनअघि मात्रै विद्यार्थीले शिक्षकलाई कालोमोसो दलेको समाचार आयो। उनीहरु नै भोलि नेता हुन्छन् भन्ने धेरैलाई लाग्छ। अहिलेका कतिपय नेताहरुलाई ढुंगा हानेका नेताहरु भनेर बिम्ब नै बनाइएको छ। नेता बन्ने भए किताब किन समात्नुपर्‍यो, ढुंगा समाते भइहाल्छ भन्ने धारणा विकास भइरहेको हो?
कालोमोसोवाला प्रसंग गलत नै हो, त्यसो गर्न पाइँदैन। म कांग्रेसकै नेता हुँ। अहिले प्रभाव घटेको भए पनि अलि अघिसम्म मेरो राम्रै प्रभाव थियो। मेरो कलेज (एपेक्स), जहाँ म चेयरपर्सन छु, त्यहाँ पनि भत्काउने, कालो दलिदिने, मेरो कोठामा ढुंगा हानिदिने काम नेविसंघकै मान्छेले गरेका छन्। त्यो गलत नै हो।

तर ढुंगा उठाउने व्यक्तिहरु नेता भएका छन् भनेर तपाईंले भनेको अर्को कुराचाहिँ मिल्दैन। किनभने, ढुंगा उठाएका कारणले नेता भएका होइनन्। ढुंगा उठाएर हिजो सुरुवात भयो होला, तर आज गहिरो र राम्रो अध्ययन गरेर समाजमा योगदान गरेर नेता बनेका छन्। यदि कसैले त्यो सेन्स लिन्छ भने त्यो सर्वथा गलत हुन्छ। हिजो विद्यार्थी राजनीतिका सुरुवातका दिनमा एउटा विद्रोहको भावको तस्बिर जुन बाहिर देखिन्छ, त्यो तस्बिरले नै आजको, मज्जाको, घच्चीको, नेपालको, नेपाली कांग्रेसको नेता बनेको हो भन्ने कसैलाई भ्रम छ भने त्यो गलत बिम्ब हुन्छ। त्यस्तो भएको होइन। राम्रोसँग तयारी गरेर, धेरै मान्छेको सहयोग र साथ लिएर, आफ्नो पनि क्षमतालाई उपयोग गरेर त्यो ठाउँमा पुगेका नेता हुन्। हिजो ढुंगा समातेर नेता बनेका होइनन्। यात्रा सुरु गर्दाखेर म देश र जनताका लागि जेसुकै पनि सहन तयार छु, दुःख सहन तयार छु भन्ने प्रतिबद्धताचाहिँ हातमा लिएको ढुंगाले देखाउँछ। आज बनेको नेताचाहिँ काम गर्न सक्ने 'डिटरमिनेसन' ले नै पुर्‍याएको हो। भ्रम नहोस्, यात्रा कहाँबाट सुरु भएको हो तर यहाँ आइपुग्दा चाहिँ सफलताका अन्य फ्याक्टरहरु धेरै छन्।

विस्तृत अन्तर्वार्ता भिडिओमा हेर्नुहोस्-

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्