• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’

फिल्म निर्देशनकै लागि भिडियो सम्पादन र संगीत सिकेँ
64x64
नेपाल लाइभ मंगलबार, चैत १९, २०८१  ०९:१३
1140x725

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो रिम विश्वकर्मा । उनका चलचित्रहरुको छाप नेपाली समाजमा स्थापित नै छ । तर उनी चलचित्र उद्योगमा चित परिचित छन् त्यति परिचित मनोञ्जनका लागि सिनेमाघरसम्म जाने दर्शकमाझ कमै छन् । किनकी कथाको मुख्य पात्र नायकको छाप आम दर्शकमाझ परेको हुन्छ । सायद नेपालमा निर्देशक र कथावस्तु हेरेर फिल्म हेर्न हलसम्म जान थालेको धेरै भएको छैन । 

अधिकांश दर्शक सिनेमामा को मुख्य भूमिकामा छ र त्यो भूमिका कित दमदार छ भन्ने नै मुख्य ध्यानमा राख्छन् । तर त्यो नायकलाई ‘नायक’का रुपमा प्रस्तुत गर्ने र कथालाई जीवन्त बनाउने काम निर्देशककै हुन्छ । 

भलै आम दर्शकलाई फिल्म कसले बनायो भन्ने त्यतिधेरै चासो हुँदैन । तर फिल्म उद्योगमा कसले निर्देशन गरेको चलचित्र प्रभावकारी रह्यो भन्ने महत्व भने अवश्य हुन्छ ।

यस्तै फिल्ममार्फत् समाजलाई कथा देखाउने निर्देशक हुन् रिम विश्वकर्मा । पहिलोपटक एक निर्देशकका रुपमा भेट्दा र भेटिसकेपछि उनले बनाएका नाम सुन्दा म पनि आश्चर्यमा परेँ । गाउँमा भिसिडिमा सीडी ल्याएर उतिबेला पालो कुर्दै हेरिएका फिल्मध्ये उनको पनि फिल्म थियो ‘नेपाली वीर’ । उतिबेला फिल्ममा जो मुख्य पात्र हुन्थ्यो उही नै हर्ताकर्ता हो भन्ने लाग्थ्यो । तर बुझ्दै जाँदा त्यो मुख्य पात्रलाई जीवन्त बनाउने काम त निर्देशकको पो हुँदो रहेछ भन्ने पत्तो पाएँ ।

‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभाई माथिल्लो कक्षामा गए । तर आफू उही कक्षामा बस्नुपर्दा उनमा नैराश्यता आयो । उही कक्षा दोहोरिँदा उनलाई पढ्न मन लागेन । त्यसको साटो उनले साहित्यिक पुस्तकहरुमा ध्यान लगाए । पढ्दै जाँदा सृजना गर्ने रहर त्यतिबेलाबाट जाग्यो । 

उनले किताब अध्ययन मात्र होइन, प्रयास गरे अन्य विधामा पनि सक्नेरहेछु भन्ने पहिल्याए । त्यसपछि विद्यालयमा निबन्ध, कविता, गीत तथा गजल लेख्दै कैयौं प्रतियोगितामा भागसमेत लिए । अध्ययन र मनन मात्र होइन, कैयौं कथाका पात्रहरुमा उनले आफैंलाई उभ्याएर अनुभव गरे । 

जसकारण उनमा साहित्य, संगीत र सिनेमामा लगाव बढ्दै गयो । पहिलोपटक मुनामदन अध्ययन गरेपछि उनले त्यसलाई बुझे र यस्तो त आफू पनि लेख्न सकिने रहेछ भन्ने महसुस गरे । जसको फलस्वरुप उनले एउटा खण्डकाव्य नै लेखे । तर त्यो हालसम्म उनको कापीमै छ । प्रकाशनको तयारी नगरेका पनि होइनन् । भारतमा रहेका दाजुलाई प्रकाशनका लागि पठाए । तर त्यहाँ नछापिएपछि उनले आफ्नो पहिलो रचनालाई अझै संगालेर राखेका छन् ।

स्याङ्जाको चापाकोट खिलुङ दउराली–९ बलमाटामा जन्मिएका रिम विश्वकर्माले त्यहिँकै कालिका निमावि सम्म अध्ययन गरे । अहिले फिल्म निर्देशकका रुपमा परिचय बनाएका उनले पहिलोपल्ट हेरेको फिल्म हो ‘द ग्याम्बलर’ हो । उक्त फिल्मको कथा याद नभए पनि त्यसबेलाको बुझाइमा उनले समाजको ऐना चलचित्रमा देखे । र त्यहिँबाट कता कता फिल्म क्षेत्रप्रति उनको चाहना पलायो । 

nimb
nimb
Ncell 2
Ncell 2

२०५० मा एसएलसी दिएका उनी बीचको समय बिताउन दाजु भएको ठाउँमा इन्डिया गए । गाउँमै हुँदा गीत गाउन र अलिअलि बाजा बजाउन सिकेका उनले भारतमा हुँदा पियानो किनेर सिके । ‘पढाइ पनि राम्रै थियो । घरबाट सरकारी जागिरे भइदियोस भन्ने चाहना थियो । तर मेरो लगाव भने संगीतिर बढ्दै गयो’, फिल्म क्षेत्रमा जोडिनुअघिको चाहना राखे । 

IMG_6003-1743477964.jpg
त्यहाँ हुने स्थानीय शोहरुमा उनले सक्रियताका साथ सहभागिता जनाए । र आफू पनि सिक्दै गए । साउनमा रिजल्ट आयो । प्रथम श्रेणीमा पास भएका उनी फर्किए । पोखरा गएर उनले विन्ध्याबासिनी मन्दिरमा संगीत पाठशालामा भर्ना भए । त्यहाँ पृथ्वी नारायण क्याम्पसबाट प्रवीणतापत्र तह पास गरे । 

त्यहाँ अध्ययनसँगै संगीत सिकेका उनी स्नातक अध्ययनका लागि काठमाडौं आए । काठमाडौं आएपछि पनि उनले संगीत छोडेनन् । गुरुदेव कामतको छत्रछाउयाँमा उनले आफूलाई संगीतमा अव्यस्त बनाए । 

उनले भारतमा हुँदै कम्प्यूटर सिकिसकेका थिए । यहाँ आएपछि उनलाई सामान्य कामकाजका लागि सहज बन्यो । साथै उनले भिडियो सम्पादनमा पनि आफूलाई संलग्न गराए । काठमाडौं आएपछि संगीत मात्र नभइ चलचित्र क्षेत्रसँग पनि उनी जोडिइसकेका थिए । सोही कारण उनी बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीमा आवद्ध भए । 

त्यहाँ उनले भिडियो सम्पादन कसरी हुँदो रहेछ भन्ने थाहा पाए र आफूले सिके पनि । केही खर्च पनि आउँथ्यो । उनले त्यहिँ हो फिल्मका बारेमा धेरै कुरा सिकेको । फिल्मका भिडियो सम्पादन मात्र होइन, उनी छायांकन हुने ठाउँमा पनि जान्थे । यो उनको रहर थिएन, भविष्यमा उनलाई फिल्म निर्देशन गर्नुथियो । 

फिल्म निर्देशनको यात्रा
यति सहज छैन फिल्म निर्देशन । झन फिल्म क्षेत्रभन्दा बाहिरका लागि त फलामको चिउरा चपाएजति नै हो । त्यसमा पनि भर्खर भर्खर अध्ययन गर्दै गरेका रिमका लागि सहज हुने कुरै भएन । 

उनले आफ्नो पहिलो निर्देशनको यात्रा सुरु गरे ‘नेपाली वीर’ बाट । रमित ढुंगाना र उषा पौडेल मुख्य भूमिकामा रहेको यो फिल्म ठिकै चल्यो । तर सोचेजति आम्दानी र चर्चा भएन । ‘अहिलेको जस्तो सामाजिक सञ्जाल र फिल्मबारे चर्चा हुने भए सायद राम्रै छाप छाड्थ्यो होला । तर त्यसबेला हलसम्म जति पुग्थे उनीहरु मात्रले थाहा पाए’ उनी भन्छन् । २०६५ सालमा रिलिज भएको नेपाली वीरमा ४५ लाख रुपैयाँ खर्च भयो । तर प्रदर्शनमा लगानीभन्दा अलिक कम नै संकलन भयो । 

पहिलो फिल्ममै घाटा लाग्दा पनि उनले आफ्नो कामलाई विश्राम दिएनन् । बरु अझ राम्रो गर्ने अठोटका साथ लगाव बढाइरहे । त्यसपछि उनले ‘एक पलको जीवन’, बन्धन यो मायाको फिल्म बनाए । उनी केवल निर्देशक मात्र होइनन् । उनी आफैं पनि स्टन्टका लागि कराँते, मार्सलआर्ट, छायांकन र सम्पादनका साथै संगीतमा पनि पारंगत छन् । 

उनले निर्देशन गरेका फिल्मका स्क्रिप्ट पनि आफैं लेखेका छन् । साथै लगानी पनि आफैं जुटाउँदै आएका छन् । बीचका केही समय उनले फिल्ममा हात हालेनन् । ‘आफ्नो रुचि त्यसैमाथि त्यसैका लागि यतिका दु:ख मिहेनत गरेको कुराबाट टाढा जान नसकिने रहेछ । फेरि म निर्देशनमै लागेँ’ उनी बताउँछन् ।

२०६८ मा उनले राष्ट्रियताभन्दा फरक मायाँ प्रेमको कथामा आधारित फिल्म ‘सम्झिराख है’ फिल्म निर्देशन गरे । लेखन पनि रिमकै थियो । सुमन सिंह र अस्मिता कँडेल फिचर्स थिए । उत्साहजनक व्यापार नगरे पनि यसले सन्तोष भने दियो र उनलाई ऊर्जासमेत दियो ।

२०७३ मा फेरि ‘रेलीमाई’ फिल्म बनाए । यसमा पनि आर्थिक रुपमा सन्तोष दिनेगरी उनी सफल भने भएनन् । तर कथाले राम्रै छाप छाड्यो । उनले नेपाली फिल्म मात्र निर्देशन गरेनन् । उनको निर्देशनको यात्रा भोजपुरी सिनेमासम्म पनि छ । ‘स्वर्ग जैसन घर हमार’ र याक्सन जनराको ‘छोरा अगती छोरी भगवती’ फिल्म निर्देशन गरे । 

उनका केही प्रोजेक्ट तयार भए पनि रलिज भएका छनन् । आर्ट बेसमा बनेको ‘द लेडी विथ द ल्याम्प’ फिल्मको ट्रेलर, गीत रिलिज भए पनि फिल्म भने रिलिज हुन सकेको छैन । 

अहिले उनी नयाँ फिल्ममार्फत् निर्देशनमा सक्रिय छन् । हेल्लो काँशीराम मार्फत् फिल्म क्षेत्रमा उनले आफ्ना पाइला मजबुद बनाउँदैछन् । ‘विगतमा गरेका कामहरुको सीप यो फिल्ममा देख्नुहुनेछ । मैले अहिलेसम्म निर्देशनमा जति ज्ञान, सीप र दक्षता हासिल गरेँ । त्यो यस फिल्ममा लगाएको छु । रिलिजपछि कस्तो प्रतिक्रिया आउँछ सोही अनुसार अघि बढ्छु । तर परिस्थिति जस्तो सुकै भए पनि यो यात्रा भने रोकिने छैन ।’

हेल्लो काँशीराममा निर्देशन मात्र होइन, लेखन पनि उनकै छ । फिल्म तयार भएर पनि जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला यस फिल्मको सेन्सरसमेत पास भएको छ । अब यस फिल्मलाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन् ।

IMG_6002-1743477844.jpeg
शनिबार गरिएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक विश्वकर्माले जानकारी दिए । ‘कमेडी शैलीमा निर्माण भएको फिल्म भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन्, निर्देशक विश्वकर्माले भने, –‘तर, सेन्सर वोर्डका सदस्यहरुले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो । निकै खुसी बनाएको छ ।’

फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकहरुमा छुट्टै किसिमको कौतुहलता सिर्जना गरेको छ । विशेष गरेर दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ ।

रेडलाइन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । रिम निकै पुराना निर्देशक हुन् । यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ ।

IMG_6001-1743477844.jpeg
यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाइ छ ।

फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।

चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ ।  नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाइ छ ।

निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् । फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट आइतबार, वैशाख २७, २०८३
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, वैशाख २७, २०८३
यस्तो रहनेछ देशभरको मौसम आइतबार, वैशाख २७, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्