• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी प्रदूषण

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, जेठ २८, २०८०  २१:००
1140x725

काठमाडौं– काठमाडौंमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी वायु प्रदूषण रहेको तथ्य सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले गत वैशाख ३ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको थियो।

वायु प्रदूषणका कारण विश्वमा वर्षेनी ७० लाखको मृत्यु 
विश्व स्वास्थ्य संगठनले संसारको सबैभन्दा ठूलो वातावरणीय समस्याको रुपमा वायु प्रदूषण रहेको जनाएको छ। वातावरण विज्ञ भुषण तुलाधरले विश्वमा ९९ प्रतिशत मानिसहरु वातावरण प्रदूषण भएको ठाउँमा बस्ने गरेको बताए।

उनले भने, ‘विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदूषित वायु भएको ठाउँमा बस्छन्। वायु प्रदूषणकै कारण वर्षेनी ७० लाख व्यक्तिको मृत्यु हुने गरेको छ। जसमध्ये ९० प्रतिशत कम र मध्येआएका भएका देशका नागरिक रहेका छन्। नेपालमा पनि वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार एक सय मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५ हजार बढी व्यक्तिको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ।’ 

वातावरण विज्ञ तुलाधरका अनुसार काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० प्रतिशत बढी छ। काठमाडौं उपत्यकाको वायुको गुणस्तर नेपाल सरकारले तोकेको वायुको गुणस्तरीयसम्बन्धी राष्ट्रिय मापदण्ड विपरीत रहेको छ। 

नेपालमा मृत्युको प्रमुख कारण वायु प्रदूषण 
नेपालमा मृत्युको प्रमुख कारणमध्ये वायु प्रूषण पनि एक हो। वायु प्रदूषणका  कारण ६६ प्रतिशमा दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशतमा मुटुको रोग, ३७ प्रतिशतमा मस्तिष्कघात, ४७ प्रतिशतमा तल्लो श्वास प्रणालीको संक्रमण, २२ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ। 

प्रमुख स्रोत घरभित्रको धुवाँ र वाह्य प्रदूषण
वायु प्रदूषणको मुख्य स्रोतमध्ये घरभित्र प्रयोग गर्ने परम्परागत दाउराको चुल्होबाट आउने धुँवा हो। यस प्रदूषणबाट महिला तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन्। सफा इन्धन, ग्यास वा विद्युतको चुल्होको प्रयोगबाट ८०–१०० प्रतिशतसम्म प्रदूषण कम हुने जनाइएको छ। त्यसैगरी चिम्नीको प्रयोगबाट ३०–९० प्रतिशत प्रदूषण कम गर्न सकिने, भेन्टिलेसनको प्रयोगबाट ३० प्रतिशत घटाउन सकिने उल्लेख प्रतिवेदनमा गरिएको छ। 

त्यसैगरी यातायात, उद्योगधन्दा, कलकारखाना, डढेलो, प्लास्टिकका झोलाको प्रयोगले पनि वायु प्रदूषण हुने गरेको छ।

वायु प्रदूषण राज्यको मुख्य सवालका रुपमा हुनुपर्छः आयोग
राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी कार्यबाहक सचिव मुरारीप्रसाद खरेलले वायु प्रदूषण र जलवायु परिवर्तन राज्यको मुख्य सवालको रुपमा हुनुपर्ने बताए।

Ncell 2
Ncell 2

उनले भने, ‘जलवायु परिवर्तन र वायु प्रदूषण राज्यको मुख्य सवाल बन्न सकेको छैन। यो समग्र मानव अधिकारसँग जोडिएको विषय हो। सामूहिक अधिकार अन्तर्गत महिला, दलित लगायतका वर्ग समुदायको मात्रै सवाल होइन। यसले समग्र मानव जातिलाई नै असर पार्ने भएकाले यसमा राज्यको मुख्य सवाल बनाउनुपर्छ।’

उनले राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनमा विभिन्न ठाउँका ३५५ जना ट्राफिकको स्वास्थ्य जाँच गर्दा ३५० जनामा फोक्सो सम्बन्धी समस्या देखा परेको बताए। २० वर्ष पूराना गाडीहरु विस्तावित गर्ने राज्यको नीति कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ।

विद्युतीय सवारीमा कर बढाएको भन्दै विरोध 
सरकारले विद्युतीय सवारी साधनमा कर थपेको भन्दै वायु प्रदूषण समाधान विषयक कार्यक्रमका सहभागीहरुले विरोध जनाएका छन्। उनीहरुले सरकारद्वारा विनियोजित नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा सन् २०४५ भित्र सरकारले खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज ऊर्जालाई स्वच्छ, एवं नवीकरणीय ऊर्जालाई विस्तावित गर्ने लक्ष्यको कुरा गरेको भए पनि विद्युुतीय सवारी साधनमा ९ प्रतिशत कर बढाएको भन्दै विरोध जनाए।  

सरकारले पेट्रोलियम सवारी साधनलाई न्यून कर लिएको र विद्युुतीय सवारीमा कर बढाउँदा राज्यको लक्ष्य र नीतिले एक रुपता नभएको सहभागीको गुनासो रहेको छ। 

आर्थिक वर्ष २०८०/०८१ को १०७ देखि ११५ सम्म जलवायु परिवर्तन असर र प्रभावलाई सामना गर्नेदेखि कानुन तर्जुमा गरी कार्बन व्यापारमा जोड दिने, प्लास्टिकका झोलालाई प्रतिस्थापन गरी स्वदेशी कागजको झोला उत्पदान र प्रयोगमा जोड दिने कुरा उल्लेख छ। 

नीतिगत तहमा भूमिका खेल्ने सांसदहरुको प्रतिवद्धता 
वायु प्रदूषण न्यूनीकरण गर्नका निम्ति नीतिगत तहमा भूमिका खेल्नेमा प्रतिनिधि सभाका महिला सांसदहरुले प्रतिवद्धता जनाएका छन्। युथ एड्भोकेसी नेपालको  आयोजना र एक्सन एड, मानव अधिकार आयोगको सहकार्यकमा काठमाडौंमा साताव्यापी विश्व वातावरण दिवस मनाउने क्रममा वायु प्रदूषणको समाधान सम्बन्धी नीतिस्तरीय संवादको बोल्दै नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवाल, नेकपा एमालेकी सांसद सरस्वती सुब्बा र माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वायु प्रदूषणसम्बन्धी चुनौतीहरू र सम्भावित समाधानबारे नीतिगत रुपमा पहलकदमी गर्ने वाचा व्यक्त गरेका छन्। 

सांसद माझीले भनिन्, ‘जलवायु परिवर्तन र वातावरण प्रदूषणको समस्या हामी सबैको साझा सवाल हो। वायु प्रदूषणका कारण राज्य तहबाटै सार्वजनिक बिदा गर्नु परेको अवस्था पनि छ। यसलाई न्यूनीकरण गर्नका निम्ति कानुनमा समेट्न नसिकिएका कुराहरुलाई राज्यको ध्यानाकर्षण गराउनेमा म प्रतिवद्ध छु।’

त्यसैगरी नेकपा एमालेका सांसद सरस्वती सुब्बाले वायु प्रदूषणको मारमा गरिब, विपन्न लगायतका व्यक्तिहरु परेका छन्। उनले भनिन्, ‘वायु प्रदूषणको प्रत्यक्ष मारमा गरिब, विपन्न, महिला लगायतका वर्गहरु रहेका छन्। यस विषयमा  विभिन्न पार्टीका भ्रातृ संगठनमा पनि छलफल हुनुपर्छ। यसमा नागरिक समाज र अगुवाहरु कमजोर भएका छन्। दलगत संलग्नतामा नागरिक अगुवाहरुको राजनीतिक प्रतिवद्धता आवश्यकता छ।’ उनले सदनमा शून्य, विशेष लगायतका समयमा यस विषयमा सरकारको ध्यानाकर्षण गराउने बताइन्।

त्यस्तै नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले नागरिकमा नैतिक शिक्षाको आवश्यकता औंल्याइन्। उनले भनिन्, ‘नागरिक शिक्षाको आवश्यकता छ। वायु प्रदूषण तथा वातावरणीय शिक्षाको क्षेत्रमा पाठ्यभार वृद्धि गर्न आवश्यक छ।’ उनले ऐन कार्यान्वयन गर्नका लागि नागरिक स्तरबाट दबाब आउनुपर्नेमा जोड दिइन्।

युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले नागरिकका समस्याहरु राज्यतहसम्म पुर्‍याउनका लागि नीतिगत क्षेत्रमा रहेका व्यक्तित्व, विभिन्न सरोकारवाला निकाय र युवाहरुसँग छलफल, परामर्श आवश्यक रहेको बताए।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव... आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै दायर... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्