काठमाडौं– संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
संवैधानिक परिषदको बैठकले दोस्रो बैठकले सर्वोच्चको नेतृत्वका लागि मिश्रको नाम सिफारिस गरेको थियो। यसअघि सिफारिस भएका वरिष्ठत न्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत भएपछि मिश्रको नाम सिफारिस गरेको हो।
समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उनको व्यक्तिगत र शैक्षिक विवरण लगायत अन्य विषयमा उजुरी दिन आग्रह गरेको छ।
भदौ ७ गते बसेको संवैधानिक परिषदको बैठकले मिश्रको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्दै पठाएको थियो। संविधानका संसदीय सुनुवाइबाट पारित भएपछि मात्र राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्ने व्यवस्था छ।
सुनुवाइ समितिको दुई तिहाइले अस्वीकार पनि गर्न सक्ने भएकाले उजुरीहरुको अध्ययन र उजुरीकर्ताहरुसँग छलफल हुने गरेको छ। अघिल्लो पटक जोशी सुनुवाइ समितिमा दर्ता भएका उजुरी र समितिले गरेको अध्ययनपछि विवाददित देखिएको भन्दै अस्वीकृत भएका थिए।
यो पनि पढ्नुहोस्ः
प्रधानन्यायाधीशमा सिफारिस मिश्रका यस्ता छन् विवादास्पद आदेश
प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।