• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

किन सजिलै ठगिन्छन् नेपाली?

64x64
कल्पना घिमिरे आइतबार, जेठ १४, २०८०  ०९:५७
1140x725
नेपालीहरू विभिन्न ठगीमा सजिलै पर्नु मुख्यतया बेरोजगारी भएको समाजशास्त्री डा नारायण सत्याल बताउँछन्।

काठमाडौं– यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ। आफ्नै देशका नागरिकलाई शरणार्थी करार दिँदै अर्को देश पठाउने भन्दै ठगी भएको घटनामा राज्य संयन्त्रमा बसेका जिम्मेवार व्यक्तिहरु नै संलग्न भएको घटना घटना भएको छ। 

यो प्रकरणमा सामान्य कर्मचारीदेखि ठूला नेतासम्म संलग्न देखिएका छन्। सरकारी वकिलको कार्यालयले बुधबार मात्रै यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाउँदै पाँचवटा अभियोगमा मुद्दा दायर गरेको छ। यो घटनामा दोषीहरुले अदालतबाट सजाय पाउलान् कि शीर्ष तहका नेताहरुको दबाबमा त्यतिकै सामसुम होला त्यसका लागि केही समय कुर्नैपर्ने छ।

करोडौं रुपैयाँ ठगी र एउटा देशका नागरिकलाई शरणार्थी बनाउँदै अर्को देश पठाएर ठगी गर्न रचिएको यो प्रकरणमा सबैको ध्यान छ। ठूलो घटना भएका कारण पनि सबैको चासो हुनु स्वाभाविकै हो।

विदेश जाने सिलसिलामा नेपालीहरु ठगिएको यो प्रकरण पहिलो होइन। केही ठूला घटना र ठूलै गिरोहको संलग्नता भएका कारण यो विषयले अतिरिक्त चर्चा पाउनु स्वाभाविक थियो। तर, व्यक्तिगत रुपमा वा स-सानो समूहमा यस्ता घटना दैनिक जसो घटिरहेका हुन्छन्। उजुरी पनि परिरहेका हुन्छन्।

आफ्नै देशमा केही गर्नका लागि वातावरण नभएकै कारण २० वर्ष उमेर पुगिसकेपछि वैदेशिक रोजगारी हरेक नेपाली युवाको नियति नै बनेको छ। टन्न खर्च गर्न सक्नेहरु युरोप अमेरिका ताक्छन् भने नहुनेहरु खाडी ताक्छन्। यही अवस्थाको फाइदा विचौलियाहरुले उठाउँदै आएका छन्। पछिल्ला केही वर्षयताका घटनाक्रमहरुलाई हेर्ने हो भने नेपालीहरु सबैभन्दा धेरै र सहजै ठगीमा परेको क्षेत्र नै वैदेशिक रोजगारी हो। 

यही जेठको पहिलो सातामा राजवंशी कोटामा जापान पठाउने भन्दै ठगी गर्ने मोरङका अजय राजवंशी पक्राउ परे। उनीसहित ६ जनाको गिरोहविरुद्ध ४० जनाले प्रहरीमा उजुरी दिएका थिए। उनीहरुले राजवंशी कोटामा जापान लैजाने भन्दै साढे दुई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

यतिमात्र होइन, गत पुसमा ४ जना नेपालीलाई कोरिया लगिदिन्छु भन्दै विराटनगर विमानस्थल पुर्‍याइएको घटना पनि ताजै छ। उक्त घटनामा प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको थियो।

जेठ ८ गते मात्रै स्वीट्जरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने  काभ्रेपलाञ्चोककी ४६ वर्षीया पार्वती थापा गोंगबुबाट पक्राउ परिन्। उनी तुलाराम ताराम मगरसँग स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यी वैदेशिक रोजगारीमा जाने क्रममा ठगीएका नेपालीका केही उदाहरण मात्र हुन्। नेपालमा ठगी जस्तो जघन्य अपराध सामान्य जस्तै हुन थालेको छ। दिनहुँ ठगीका फरक–फरक घट्ना भइरहन्छन्। कतिपय ठगीका घटना त अनौठा पनि हुने गर्छन्। जस्तै, २०७४ मा नासालाई बत्ती बल्ने ढुंगा बेच्ने भन्दै साढे दुई करोड ठगी गरिएको घटना सार्वजनिक भएको थियो। सोही वर्ष ‘रअ’ को एजेन्ट बनाउने भन्दै ठगी गरिएको घटना पनि सार्वजनिक भएको थियो।

सम्बन्धित समाचारहरुः
नासालाई बत्ती बल्ने ढुंगा बेच्ने भन्दै साढे दुई करोड ठगी
‘रअ’को एजेन्ट बनाउने भन्दै काठमाडौंमा तीन सय युवालाई ठगी
‘रअ’को एजेन्ट बनाउने भन्दै युवालाई ठगी गर्ने ६ जना पक्राउ
'रअ’ एजेन्टको गोप्य सूचना संकलनमा यसरी खुल्यो रहस्य 

ठगीका कतिपय घटनामा सामान्य व्यक्तिदेखि उच्चतहका नेता तथा कर्मचारीसमेत संलग्न रहेको पाइन्छ। यस्ता घटनामा संलग्न सामान्य व्यक्ति कानुनको दायरामा सजिलै आउँछन्। तर उच्चस्तरीय नेता तथा कर्मचारीले ठगी गरेको भए पनि गुपचुप पार्ने गरिएका कैयौँ घटना छन्। 

किन सजिलै ठगिन्छन्?
नेपालीहरू विभिन्न ठगीमा सजिलै पर्नुकाे कारण मुख्यतया बेरोजगारी भएको समाजशास्त्री डा नारायण सत्याल बताउँछन्। बेरोजगारीका कारण नेपालीहरू सजिलै प्रलोभनमा पर्ने र ठगिने प्रवृत्ति बढेको उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बेरोजगारीका कारण मान्छेमा अपेक्षा बढ्छ। कसरी आर्थिक आर्जन गर्ने भनेर बाटो खोजिरहेको हुन्छ। त्यसमध्ये जुन सजिलो बाटो हो भन्ने लाग्छ मान्छे त्यही बाटो पछ्याउन थाल्छ। यसरी मान्छे सजिलै ठगीमा पर्छन्,’ सत्यालले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मान्छेमा चाहना असाध्यै ठूलो रहेको र चाहना अनुसार देशभित्र अवसर नपाएको कारणले ठगीएको सत्यालले बताए।

यो पनि पढ्नुहोस

१ अर्ब बढी पाउने लोभ गर्दा ओमप्रसादले गुमाए ७२ लाख

‘अहिले नक्कली शरणार्थीको नाममा भए पनि अमेरिका जान पाउने लोभमा अमेरिका गयो भने त ‘लाइफ सेटल’ हुन्छ भन्ने धारणाले मोटो रकम तिरेर ठगिएको अवस्था छ,’ समाजशास्त्री सत्यालले भने, ‘नेपालमा केही गर्न सकिँदैन, बाहिर गयो भने मलाई राम्रो हुन्छ भन्ने लोभमा परेर विदेश जाने सोच सिर्जना हुन्छ र सबैभन्दा राम्रो देशमा जान पाए राम्रो कमाई गर्न सकिने, 'पीआर' पाएर उतै 'सेटल' हुने जस्ता सोचले अहिले विभिन्न प्रकारका ठगीमा पर्ने गरेको देखिन्छ।’

अहिले लाखौं युवाहरू रोजगारी नपाएर विदेशिन बाध्य छन्। राज्य संयन्त्रमा बस्ने मान्छेहरूमा युवा बाहिर गए देशलाई रेमिट्यान्स आउँछ भन्ने सोच देखिन्छ। यस्तो साँघुरो सोचका कारण युवाहरू ठगीमा परेको सत्यालको विश्लेषण छ। 

‘नेपालको शिक्षा प्रणाली कमजोर छ। एउटा तह पूरा गर्न ३ वर्ष लाग्छ भने विश्वविविद्यालयले समयमा परीक्षा नगरीदिने र ३–४ वर्ष लगाइदिने जस्तो अवस्थाले युवाहरूमा निराशा छाएको छ। उनीहरुको अन्त्यमा विकल्प उच्च तहको अध्ययनसँगै रोजगारी पाइने भएकाले विदेश नै गन्तव्य बताउँछन्। यसरी विदेश जान जतिसक्दो छिटो कसरी पुगिन्छ भन्ने विकल्प खोजिरहेका हुन्छन्। त्यहिबेला ठगिने सम्भावना बढी हुन्छ,’ सत्यालले भने।

अहिलेको अवस्थामा नेपालमा युवाहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास नभएको र भविष्य खोज्न बाहिर जानैपर्ने बाध्यतामा परेकाले पनि नेपालीहरु सजिलै ठगीमा पर्ने गरेको पूर्व डीआइजी हेमन्त मल्ल बताउँछन्। ‘अहिलेको अवस्थामा हेर्ने हो भने युवाहरूमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास हटेर गएको छ। राजनीतिमा होस् वा अन्य कुनै व्यापार व्यवसायमा। कृषिक्षेत्रमा पनि मान्छे सन्तुष्ट छैनन्। सरकारले कुनै क्षेत्रमा सहयोग गर्दैन भन्ने गुनासा आइरहेका छन्। सरकारका नीतिहरू एकैछिनमा बदलिने जस्ता कुराले भविष्य कस्तो होला भन्ने जनतालाई चिन्ता छ। तर सरकार यस विषयमा गम्भीर छैन। त्यसले गर्दा युवाहरु विदेशिन बाध्य छन् र विदेशिने क्रममा कता भविष्य राम्रो हुन्छ त्यतै जाने चाहना बढ्छ। आफ्ना चाहना पूरा गर्न मान्छे जेसुकै गर्न तयार हुन्छन्। त्यसैको फाइदा विचौलियाहरुले उठाउँछन्।’

कसरी गर्न सकिन्छ समाधान?
यस्ता ठगीको समस्या समाधान गर्नका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने समाजशास्त्री सत्यालको भनाइ छ। यस्तै नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्ने उनी बताउँछन्। 

‘सरकारले रेमिट्यान्स भित्र्याउने कामभन्दा पनि युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ। देशभित्रै रोजगारीका अवसरहरू भएदेखि र शिक्षा प्रणालीमा सुधार हुने हो भने नेपाल अथाह स्रोत भएको देश हो,’ सत्यालले भने, ‘यहाँ स्वदेशमै केही गर्छु भन्ने युवाको लागि अवसर छैन। कसैले केही गर्न लाग्यो भने उसको सुरक्षा छैन। सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्रमोट गर्नुभन्दा पनि युवाहरूलाई विदेश पठाए रेमिट्यान्स आउँछ भन्ने धारणा राखेर अगाडि बढ्ने हो भने यस्तो समस्या हट्नै सक्दैन।’

कहाँ, कुन कामका लागि जाने हो र कुन एजेन्सीमार्फत् जाँदा ठगिँदैन भन्ने बुझ्न सकेमात्रै यस्ता समस्यामा कमी आउने पूर्व डीआइजी मल्ल बताउँछन्। ‘विदेशमा जाँदा नक्कली एजेन्सी र नक्कली मान्छेहरुबाट जानुभएन। प्रपर एजेन्सीबाट जानुपर्‍यो। र विदेश जाँदा आफूले पनि कुन देश, कुन कामका लागि जाने र त्यो देश जान कसरी जाने, कति खर्च लाग्छ? यी कुरा बुझेर जानुपर्‍यो। र यस्ता विदेश पठाउने भन्दै ठगी गर्ने एजेन्सीलाई सरकारले अनुगमन गरी कारबाही गर्नुपर्‍यो। यसरी ठगीबाट बच्न सकिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्