• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

किन सजिलै ठगिन्छन् नेपाली?

64x64
कल्पना घिमिरे आइतबार, जेठ १४, २०८०  ०९:५७
1140x725
नेपालीहरू विभिन्न ठगीमा सजिलै पर्नु मुख्यतया बेरोजगारी भएको समाजशास्त्री डा नारायण सत्याल बताउँछन्।

काठमाडौं– यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ। आफ्नै देशका नागरिकलाई शरणार्थी करार दिँदै अर्को देश पठाउने भन्दै ठगी भएको घटनामा राज्य संयन्त्रमा बसेका जिम्मेवार व्यक्तिहरु नै संलग्न भएको घटना घटना भएको छ। 

यो प्रकरणमा सामान्य कर्मचारीदेखि ठूला नेतासम्म संलग्न देखिएका छन्। सरकारी वकिलको कार्यालयले बुधबार मात्रै यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाउँदै पाँचवटा अभियोगमा मुद्दा दायर गरेको छ। यो घटनामा दोषीहरुले अदालतबाट सजाय पाउलान् कि शीर्ष तहका नेताहरुको दबाबमा त्यतिकै सामसुम होला त्यसका लागि केही समय कुर्नैपर्ने छ।

करोडौं रुपैयाँ ठगी र एउटा देशका नागरिकलाई शरणार्थी बनाउँदै अर्को देश पठाएर ठगी गर्न रचिएको यो प्रकरणमा सबैको ध्यान छ। ठूलो घटना भएका कारण पनि सबैको चासो हुनु स्वाभाविकै हो।

विदेश जाने सिलसिलामा नेपालीहरु ठगिएको यो प्रकरण पहिलो होइन। केही ठूला घटना र ठूलै गिरोहको संलग्नता भएका कारण यो विषयले अतिरिक्त चर्चा पाउनु स्वाभाविक थियो। तर, व्यक्तिगत रुपमा वा स-सानो समूहमा यस्ता घटना दैनिक जसो घटिरहेका हुन्छन्। उजुरी पनि परिरहेका हुन्छन्।

आफ्नै देशमा केही गर्नका लागि वातावरण नभएकै कारण २० वर्ष उमेर पुगिसकेपछि वैदेशिक रोजगारी हरेक नेपाली युवाको नियति नै बनेको छ। टन्न खर्च गर्न सक्नेहरु युरोप अमेरिका ताक्छन् भने नहुनेहरु खाडी ताक्छन्। यही अवस्थाको फाइदा विचौलियाहरुले उठाउँदै आएका छन्। पछिल्ला केही वर्षयताका घटनाक्रमहरुलाई हेर्ने हो भने नेपालीहरु सबैभन्दा धेरै र सहजै ठगीमा परेको क्षेत्र नै वैदेशिक रोजगारी हो। 

यही जेठको पहिलो सातामा राजवंशी कोटामा जापान पठाउने भन्दै ठगी गर्ने मोरङका अजय राजवंशी पक्राउ परे। उनीसहित ६ जनाको गिरोहविरुद्ध ४० जनाले प्रहरीमा उजुरी दिएका थिए। उनीहरुले राजवंशी कोटामा जापान लैजाने भन्दै साढे दुई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

यतिमात्र होइन, गत पुसमा ४ जना नेपालीलाई कोरिया लगिदिन्छु भन्दै विराटनगर विमानस्थल पुर्‍याइएको घटना पनि ताजै छ। उक्त घटनामा प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको थियो।

जेठ ८ गते मात्रै स्वीट्जरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने  काभ्रेपलाञ्चोककी ४६ वर्षीया पार्वती थापा गोंगबुबाट पक्राउ परिन्। उनी तुलाराम ताराम मगरसँग स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्। 

Ncell 2
Ncell 2

यी वैदेशिक रोजगारीमा जाने क्रममा ठगीएका नेपालीका केही उदाहरण मात्र हुन्। नेपालमा ठगी जस्तो जघन्य अपराध सामान्य जस्तै हुन थालेको छ। दिनहुँ ठगीका फरक–फरक घट्ना भइरहन्छन्। कतिपय ठगीका घटना त अनौठा पनि हुने गर्छन्। जस्तै, २०७४ मा नासालाई बत्ती बल्ने ढुंगा बेच्ने भन्दै साढे दुई करोड ठगी गरिएको घटना सार्वजनिक भएको थियो। सोही वर्ष ‘रअ’ को एजेन्ट बनाउने भन्दै ठगी गरिएको घटना पनि सार्वजनिक भएको थियो।

सम्बन्धित समाचारहरुः
नासालाई बत्ती बल्ने ढुंगा बेच्ने भन्दै साढे दुई करोड ठगी
‘रअ’को एजेन्ट बनाउने भन्दै काठमाडौंमा तीन सय युवालाई ठगी
‘रअ’को एजेन्ट बनाउने भन्दै युवालाई ठगी गर्ने ६ जना पक्राउ
'रअ’ एजेन्टको गोप्य सूचना संकलनमा यसरी खुल्यो रहस्य 

ठगीका कतिपय घटनामा सामान्य व्यक्तिदेखि उच्चतहका नेता तथा कर्मचारीसमेत संलग्न रहेको पाइन्छ। यस्ता घटनामा संलग्न सामान्य व्यक्ति कानुनको दायरामा सजिलै आउँछन्। तर उच्चस्तरीय नेता तथा कर्मचारीले ठगी गरेको भए पनि गुपचुप पार्ने गरिएका कैयौँ घटना छन्। 

किन सजिलै ठगिन्छन्?
नेपालीहरू विभिन्न ठगीमा सजिलै पर्नुकाे कारण मुख्यतया बेरोजगारी भएको समाजशास्त्री डा नारायण सत्याल बताउँछन्। बेरोजगारीका कारण नेपालीहरू सजिलै प्रलोभनमा पर्ने र ठगिने प्रवृत्ति बढेको उनको भनाइ छ।

‘बेरोजगारीका कारण मान्छेमा अपेक्षा बढ्छ। कसरी आर्थिक आर्जन गर्ने भनेर बाटो खोजिरहेको हुन्छ। त्यसमध्ये जुन सजिलो बाटो हो भन्ने लाग्छ मान्छे त्यही बाटो पछ्याउन थाल्छ। यसरी मान्छे सजिलै ठगीमा पर्छन्,’ सत्यालले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मान्छेमा चाहना असाध्यै ठूलो रहेको र चाहना अनुसार देशभित्र अवसर नपाएको कारणले ठगीएको सत्यालले बताए।

यो पनि पढ्नुहोस

१ अर्ब बढी पाउने लोभ गर्दा ओमप्रसादले गुमाए ७२ लाख

‘अहिले नक्कली शरणार्थीको नाममा भए पनि अमेरिका जान पाउने लोभमा अमेरिका गयो भने त ‘लाइफ सेटल’ हुन्छ भन्ने धारणाले मोटो रकम तिरेर ठगिएको अवस्था छ,’ समाजशास्त्री सत्यालले भने, ‘नेपालमा केही गर्न सकिँदैन, बाहिर गयो भने मलाई राम्रो हुन्छ भन्ने लोभमा परेर विदेश जाने सोच सिर्जना हुन्छ र सबैभन्दा राम्रो देशमा जान पाए राम्रो कमाई गर्न सकिने, 'पीआर' पाएर उतै 'सेटल' हुने जस्ता सोचले अहिले विभिन्न प्रकारका ठगीमा पर्ने गरेको देखिन्छ।’

अहिले लाखौं युवाहरू रोजगारी नपाएर विदेशिन बाध्य छन्। राज्य संयन्त्रमा बस्ने मान्छेहरूमा युवा बाहिर गए देशलाई रेमिट्यान्स आउँछ भन्ने सोच देखिन्छ। यस्तो साँघुरो सोचका कारण युवाहरू ठगीमा परेको सत्यालको विश्लेषण छ। 

‘नेपालको शिक्षा प्रणाली कमजोर छ। एउटा तह पूरा गर्न ३ वर्ष लाग्छ भने विश्वविविद्यालयले समयमा परीक्षा नगरीदिने र ३–४ वर्ष लगाइदिने जस्तो अवस्थाले युवाहरूमा निराशा छाएको छ। उनीहरुको अन्त्यमा विकल्प उच्च तहको अध्ययनसँगै रोजगारी पाइने भएकाले विदेश नै गन्तव्य बताउँछन्। यसरी विदेश जान जतिसक्दो छिटो कसरी पुगिन्छ भन्ने विकल्प खोजिरहेका हुन्छन्। त्यहिबेला ठगिने सम्भावना बढी हुन्छ,’ सत्यालले भने।

अहिलेको अवस्थामा नेपालमा युवाहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास नभएको र भविष्य खोज्न बाहिर जानैपर्ने बाध्यतामा परेकाले पनि नेपालीहरु सजिलै ठगीमा पर्ने गरेको पूर्व डीआइजी हेमन्त मल्ल बताउँछन्। ‘अहिलेको अवस्थामा हेर्ने हो भने युवाहरूमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास हटेर गएको छ। राजनीतिमा होस् वा अन्य कुनै व्यापार व्यवसायमा। कृषिक्षेत्रमा पनि मान्छे सन्तुष्ट छैनन्। सरकारले कुनै क्षेत्रमा सहयोग गर्दैन भन्ने गुनासा आइरहेका छन्। सरकारका नीतिहरू एकैछिनमा बदलिने जस्ता कुराले भविष्य कस्तो होला भन्ने जनतालाई चिन्ता छ। तर सरकार यस विषयमा गम्भीर छैन। त्यसले गर्दा युवाहरु विदेशिन बाध्य छन् र विदेशिने क्रममा कता भविष्य राम्रो हुन्छ त्यतै जाने चाहना बढ्छ। आफ्ना चाहना पूरा गर्न मान्छे जेसुकै गर्न तयार हुन्छन्। त्यसैको फाइदा विचौलियाहरुले उठाउँछन्।’

कसरी गर्न सकिन्छ समाधान?
यस्ता ठगीको समस्या समाधान गर्नका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने समाजशास्त्री सत्यालको भनाइ छ। यस्तै नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्ने उनी बताउँछन्। 

‘सरकारले रेमिट्यान्स भित्र्याउने कामभन्दा पनि युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ। देशभित्रै रोजगारीका अवसरहरू भएदेखि र शिक्षा प्रणालीमा सुधार हुने हो भने नेपाल अथाह स्रोत भएको देश हो,’ सत्यालले भने, ‘यहाँ स्वदेशमै केही गर्छु भन्ने युवाको लागि अवसर छैन। कसैले केही गर्न लाग्यो भने उसको सुरक्षा छैन। सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्रमोट गर्नुभन्दा पनि युवाहरूलाई विदेश पठाए रेमिट्यान्स आउँछ भन्ने धारणा राखेर अगाडि बढ्ने हो भने यस्तो समस्या हट्नै सक्दैन।’

कहाँ, कुन कामका लागि जाने हो र कुन एजेन्सीमार्फत् जाँदा ठगिँदैन भन्ने बुझ्न सकेमात्रै यस्ता समस्यामा कमी आउने पूर्व डीआइजी मल्ल बताउँछन्। ‘विदेशमा जाँदा नक्कली एजेन्सी र नक्कली मान्छेहरुबाट जानुभएन। प्रपर एजेन्सीबाट जानुपर्‍यो। र विदेश जाँदा आफूले पनि कुन देश, कुन कामका लागि जाने र त्यो देश जान कसरी जाने, कति खर्च लाग्छ? यी कुरा बुझेर जानुपर्‍यो। र यस्ता विदेश पठाउने भन्दै ठगी गर्ने एजेन्सीलाई सरकारले अनुगमन गरी कारबाही गर्नुपर्‍यो। यसरी ठगीबाट बच्न सकिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्