• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१ अर्ब बढी पाउने लोभ गर्दा ओमप्रसादले गुमाए ७२ लाख

64x64
नारायण अधिकारी आइतबार, जेठ ७, २०८०  १६:४०
1140x725

काठमाडौं– फेसबूक म्यासेन्जरमा आएको म्यासेजको विश्वास गर्दा एक नेपाली युवाले ७२ लाख रुपैयाँ भन्दी बढी गुमाएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान अनुसार नेपाली युवा ओमप्रसाद सुवेदीले म्यासेन्जरमा आएको म्यासेज विश्वास गर्दा ७२ लाख रुपैयाँ गुमाएका हुन्।

केही सयमअघि ओमप्रसादलाई फुसन तुमसाभास नामको फेसबूक आईडीबाट फ्रेण्ड रिक्वेस्ट आयो। ओमप्रसादले रिक्वेस्ट असेप्ट गरे। रिक्वेस्ट असेप्ट हुनेबित्तिकै फुसनले आफ्नो परिचय दिँदै भने ‘म टर्किस नागरिक हुँ। बैंकको कर्मचारी हुँ।’

उनले ओमप्रसादलाई विश्वासमा पार्न बैंकको आईडी र पासपोर्टको फोटो समेत पठाए। टर्की आईएसबी बैंकमा कार्यरत रहेको भन्ने परिचय खुल्ने कार्ड पठाएका थिए। ओमप्रसादलाई विश्वासमा पारेपछि फेसबूकमा फुसन नाम गरेका ती व्यक्तिले म्यासेज गरे, ‘एड्रियन सुवेदीको २०२० मार्च २४ मा मृत्यु भएको छ। उनले टर्की आईएसबी बैंकमा राखेको ९५ लाख फिक्स्ड डिपोजिट रकमको हकवालमा तपाईंको नाम उल्लेख गरिएको रहेछ। रकम लिन टर्की आउनुस्।’

विश्वासमा पार्नका लागि एड्रियन सुवेदीको डेर्थ सर्टिफिकेट, फिक्सड डिजोजिट राखेको देखिने प्रमाणपत्र, हकवालामा ओमप्रसादको नामलगायतका विवरणहरु पनि फुसनले ओमप्रसादलाई पठाए।

थप जानकारी लिनका लागि भन्दै एउटा ईमेल आइडीसमेत पठाए। यदी आफैं टर्की आउन नसक्ने भए कानुनी परामर्शका लागि भन्दै टर्कीको वकिललाई सम्पर्क गर्नसक्नुहुन्छ भन्दै वकिलको इमेल आईडीसमेत फुसनले पठाए।

हालको विनिमयदरअनुसार उल्लेखित ९५ लाख डलरको १ अर्ब २४ करोड ४५ लाख नेपाली रुपैयाँ हुन्छ। १ अर्ब रुपैयाँभन्दा बढी पाउने भएपछि ओमप्रसाद पनि लोभिए र फुसनको म्यासेजको विश्वासमा परे।

ओमप्रसादले फुसनले पठाएको ईमेल आइडीमा म्यासेज पठाए। त्यसपछि वकिलले प्रतिनिधिको रुपमा आफूलाई राख्नका लागि मन्जुरीनामा चाहिने भन्दै मन्जुरीनामाको नमूना ओमप्रसादलाई ईमेलमा पठाए। मन्जुरीनामा भरेर ओमप्रसादले वकिलको ईमेलमा फर्वाड गरे। 

त्यसपछि सुरु भयो ठगीको औपचारिक खेल। विभिन्न कागजात मिलाउनुपर्ने, डकुमेन्टेसन गर्नुपर्ने, राजस्व तथा कर वापतको रकम बुझाउनु पर्ने, वकिल फि लगायतका शीर्षकमा भन्दै पटक पटक ७२ लाख रुपैयाँ ओमप्रसादलाई हाल्न लगाइयो।

Ncell 2
Ncell 2

वकिल भनिएका व्यक्तिले पठाएको विभिन्न नेपाली व्यक्तिको बैंक खातामा पटक–पटक गरी ओमप्रसादले ७२ लाख रुपैयाँ हाले। तर फिक्सड डिपोजिटमा राखिएको भनिएको रकम पाउनुको साटो ७२ लाख रुपैयाँ बुझाइसकेपछि फुसन, वकिल भन्ने व्यक्तिहरु सम्पर्कविहीन भए।

त्यसपछि आफू ठगिएको आशंका गर्दै ओमप्रसाद गत चैत ५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका थिए। आफूले पैसा डिपोजिट गरेको बैंक स्लिप लिएर सीआईबी पुगेपछि प्रहरीले उक्त रकम बुझ्नेहरुमाथि अनुसन्धान अघि बढाएको थियो। सो क्रममा प्रहरीले ४ जनालाई कम्फर्ट हाउजिङ सोसाइटीबाट पक्राउ गर्‍यो।

पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका–४ का महाविर प्रसाद साह, सोही ठाउँका ३० वर्षीय नवीनकुमार चौधरी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ का २९ वर्षीय लक्ष्मण नेपाली र काठमाडौं नागार्जुन नगरपालिका–४ का ३२ वर्षीय सन्तोष तामाङ छन्।

उनीहरुबाट यो ठगी प्रकरणमा मुख्य नाइके पाकिस्तानमा बसेर काम गरेको खुलेको छ। टर्की नागरिक बताउँदै ओमप्रसादलाई म्यासेज गर्ने व्यक्ति पाकिस्तानी नागरिक आदिल भन्ने रहेको पक्राउ परेकाहरुले बयान दिएका छन्।

विगत १० वर्षदेखि राजविराजमा पुस्तक पसल सञ्चालन गर्दै आएका महावीरलाई आफू पाकिस्तानी नागरिक आदिल बताउनेले फेसबूकमा साथी बनाउँदै कुरा गर्न थालेका थिए। त्यसपछि उनीहरुको ह्वाट्एप नम्बरसमेत आदानप्रदान भएको थियो। ‘आदिलले नेपालमा काम छ बैंकको खाताहरु मलाई चाहिएको छ। खाता खोली कनेक्ट आईपीएससमेतको मोबाइल बैंकिङ सेवा सञ्चालन गरी मलाई दिए वापत रकम दिन्छु’ भनेपछि आफू काठमाडौंमा आएर काम गरेको महावीरले बयान दिएका छन्।

आदिलले हुण्डीको कारोबार गर्नका लागि बैंक खाता चाहिएको बताएका थिए। पछि महावीरले नै उपलब्ध गराएको विभिन्न व्यक्तिको बैंक खातामा ओमप्रसादलाई रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको सीआईबीले जनाएको छ।

आदिल भन्ने व्यक्तिकै योजनाअुनसार काठमाडौं आएर महावीरसहितका व्यक्तिले मासिक ७० हजारमा अपार्टमेन्टमा भाडा तिर्दै बस्दै आएको खुलेको छ। महावीरले उलपब्ध गराएको बैंक खातामा ओमप्रसादले रकम जम्मा गरेपछि हुण्डीमार्फत् उक्त रकम विदेश पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

ओमप्रसादले विभिन्न ९ जना व्यक्तिको नाममा ७२ लाख ९० हजार ४२५ रुपैयाँ डिपोजिट गरेका थिए। उनीहरुसहितका व्यक्तिलाई प्रतिवादी बनाइएको छ।

omprashad1684672333.png

माथि उल्लेख गरिएका ४ जना बाहेक धनुषाको मिचिलाविहारी नगरपालिका–३ का ३६ वर्षीय मिथुन मण्डल खत्वे, कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय दिनेश चौधरी, कञ्चनपुरको लालझाडी गाउँपालिका–१ की २६ वर्षीया रेश्मा कुमारी राना, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१ की २० वर्षीया अञ्जु थापा, कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय अशोक चौधरी, धनुषाको मिथिला नगरपालिका–४ का २७ वर्षीय हरिशचन्द्र सिंह, काभ्रेको पनौती नगरपालिका–१ का ४३ वर्षीय दीपक सापकोटा र कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय हिमाल आचार्यलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

उनीहरुविरुद्ध जेठ ५ गते मुद्दा दायर गरिएको हो। पक्राउ परेकाहरुको मोबाइलबाट क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको समेत प्रमाणहरु भेटिएकाले ठगी र राष्ट्र बैंक अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्