• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१ अर्ब बढी पाउने लोभ गर्दा ओमप्रसादले गुमाए ७२ लाख

64x64
नारायण अधिकारी आइतबार, जेठ ७, २०८०  १६:४०
1140x725

काठमाडौं– फेसबूक म्यासेन्जरमा आएको म्यासेजको विश्वास गर्दा एक नेपाली युवाले ७२ लाख रुपैयाँ भन्दी बढी गुमाएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान अनुसार नेपाली युवा ओमप्रसाद सुवेदीले म्यासेन्जरमा आएको म्यासेज विश्वास गर्दा ७२ लाख रुपैयाँ गुमाएका हुन्।

केही सयमअघि ओमप्रसादलाई फुसन तुमसाभास नामको फेसबूक आईडीबाट फ्रेण्ड रिक्वेस्ट आयो। ओमप्रसादले रिक्वेस्ट असेप्ट गरे। रिक्वेस्ट असेप्ट हुनेबित्तिकै फुसनले आफ्नो परिचय दिँदै भने ‘म टर्किस नागरिक हुँ। बैंकको कर्मचारी हुँ।’

उनले ओमप्रसादलाई विश्वासमा पार्न बैंकको आईडी र पासपोर्टको फोटो समेत पठाए। टर्की आईएसबी बैंकमा कार्यरत रहेको भन्ने परिचय खुल्ने कार्ड पठाएका थिए। ओमप्रसादलाई विश्वासमा पारेपछि फेसबूकमा फुसन नाम गरेका ती व्यक्तिले म्यासेज गरे, ‘एड्रियन सुवेदीको २०२० मार्च २४ मा मृत्यु भएको छ। उनले टर्की आईएसबी बैंकमा राखेको ९५ लाख फिक्स्ड डिपोजिट रकमको हकवालमा तपाईंको नाम उल्लेख गरिएको रहेछ। रकम लिन टर्की आउनुस्।’

विश्वासमा पार्नका लागि एड्रियन सुवेदीको डेर्थ सर्टिफिकेट, फिक्सड डिजोजिट राखेको देखिने प्रमाणपत्र, हकवालामा ओमप्रसादको नामलगायतका विवरणहरु पनि फुसनले ओमप्रसादलाई पठाए।

थप जानकारी लिनका लागि भन्दै एउटा ईमेल आइडीसमेत पठाए। यदी आफैं टर्की आउन नसक्ने भए कानुनी परामर्शका लागि भन्दै टर्कीको वकिललाई सम्पर्क गर्नसक्नुहुन्छ भन्दै वकिलको इमेल आईडीसमेत फुसनले पठाए।

हालको विनिमयदरअनुसार उल्लेखित ९५ लाख डलरको १ अर्ब २४ करोड ४५ लाख नेपाली रुपैयाँ हुन्छ। १ अर्ब रुपैयाँभन्दा बढी पाउने भएपछि ओमप्रसाद पनि लोभिए र फुसनको म्यासेजको विश्वासमा परे।

ओमप्रसादले फुसनले पठाएको ईमेल आइडीमा म्यासेज पठाए। त्यसपछि वकिलले प्रतिनिधिको रुपमा आफूलाई राख्नका लागि मन्जुरीनामा चाहिने भन्दै मन्जुरीनामाको नमूना ओमप्रसादलाई ईमेलमा पठाए। मन्जुरीनामा भरेर ओमप्रसादले वकिलको ईमेलमा फर्वाड गरे। 

त्यसपछि सुरु भयो ठगीको औपचारिक खेल। विभिन्न कागजात मिलाउनुपर्ने, डकुमेन्टेसन गर्नुपर्ने, राजस्व तथा कर वापतको रकम बुझाउनु पर्ने, वकिल फि लगायतका शीर्षकमा भन्दै पटक पटक ७२ लाख रुपैयाँ ओमप्रसादलाई हाल्न लगाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

वकिल भनिएका व्यक्तिले पठाएको विभिन्न नेपाली व्यक्तिको बैंक खातामा पटक–पटक गरी ओमप्रसादले ७२ लाख रुपैयाँ हाले। तर फिक्सड डिपोजिटमा राखिएको भनिएको रकम पाउनुको साटो ७२ लाख रुपैयाँ बुझाइसकेपछि फुसन, वकिल भन्ने व्यक्तिहरु सम्पर्कविहीन भए।

त्यसपछि आफू ठगिएको आशंका गर्दै ओमप्रसाद गत चैत ५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका थिए। आफूले पैसा डिपोजिट गरेको बैंक स्लिप लिएर सीआईबी पुगेपछि प्रहरीले उक्त रकम बुझ्नेहरुमाथि अनुसन्धान अघि बढाएको थियो। सो क्रममा प्रहरीले ४ जनालाई कम्फर्ट हाउजिङ सोसाइटीबाट पक्राउ गर्‍यो।

पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका–४ का महाविर प्रसाद साह, सोही ठाउँका ३० वर्षीय नवीनकुमार चौधरी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ का २९ वर्षीय लक्ष्मण नेपाली र काठमाडौं नागार्जुन नगरपालिका–४ का ३२ वर्षीय सन्तोष तामाङ छन्।

उनीहरुबाट यो ठगी प्रकरणमा मुख्य नाइके पाकिस्तानमा बसेर काम गरेको खुलेको छ। टर्की नागरिक बताउँदै ओमप्रसादलाई म्यासेज गर्ने व्यक्ति पाकिस्तानी नागरिक आदिल भन्ने रहेको पक्राउ परेकाहरुले बयान दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विगत १० वर्षदेखि राजविराजमा पुस्तक पसल सञ्चालन गर्दै आएका महावीरलाई आफू पाकिस्तानी नागरिक आदिल बताउनेले फेसबूकमा साथी बनाउँदै कुरा गर्न थालेका थिए। त्यसपछि उनीहरुको ह्वाट्एप नम्बरसमेत आदानप्रदान भएको थियो। ‘आदिलले नेपालमा काम छ बैंकको खाताहरु मलाई चाहिएको छ। खाता खोली कनेक्ट आईपीएससमेतको मोबाइल बैंकिङ सेवा सञ्चालन गरी मलाई दिए वापत रकम दिन्छु’ भनेपछि आफू काठमाडौंमा आएर काम गरेको महावीरले बयान दिएका छन्।

आदिलले हुण्डीको कारोबार गर्नका लागि बैंक खाता चाहिएको बताएका थिए। पछि महावीरले नै उपलब्ध गराएको विभिन्न व्यक्तिको बैंक खातामा ओमप्रसादलाई रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको सीआईबीले जनाएको छ।

आदिल भन्ने व्यक्तिकै योजनाअुनसार काठमाडौं आएर महावीरसहितका व्यक्तिले मासिक ७० हजारमा अपार्टमेन्टमा भाडा तिर्दै बस्दै आएको खुलेको छ। महावीरले उलपब्ध गराएको बैंक खातामा ओमप्रसादले रकम जम्मा गरेपछि हुण्डीमार्फत् उक्त रकम विदेश पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

ओमप्रसादले विभिन्न ९ जना व्यक्तिको नाममा ७२ लाख ९० हजार ४२५ रुपैयाँ डिपोजिट गरेका थिए। उनीहरुसहितका व्यक्तिलाई प्रतिवादी बनाइएको छ।

omprashad1684672333.png

माथि उल्लेख गरिएका ४ जना बाहेक धनुषाको मिचिलाविहारी नगरपालिका–३ का ३६ वर्षीय मिथुन मण्डल खत्वे, कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय दिनेश चौधरी, कञ्चनपुरको लालझाडी गाउँपालिका–१ की २६ वर्षीया रेश्मा कुमारी राना, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१ की २० वर्षीया अञ्जु थापा, कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय अशोक चौधरी, धनुषाको मिथिला नगरपालिका–४ का २७ वर्षीय हरिशचन्द्र सिंह, काभ्रेको पनौती नगरपालिका–१ का ४३ वर्षीय दीपक सापकोटा र कैलालीको गौरीगंगा नगरपालिका–१ का २३ वर्षीय हिमाल आचार्यलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

उनीहरुविरुद्ध जेठ ५ गते मुद्दा दायर गरिएको हो। पक्राउ परेकाहरुको मोबाइलबाट क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको समेत प्रमाणहरु भेटिएकाले ठगी र राष्ट्र बैंक अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्