• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

'रअ’ एजेन्टको गोप्य सूचना संकलनमा यसरी खुल्यो रहस्य

64x64
नेपाल लाइभ सोमबार, माघ १, २०७४  १५:३२
1140x725

काठमाडौं– एक युवक हरेक दिन बिहानै कालिमाटी पुग्थे। उक्त क्षेत्रमा दिनभर केके भयो सबै घटनाको विवरण उतारेर फाइल बनाउँथे।

कालिमाटी क्षेत्रमा कति बजेसम्म घाम लाग्यो र कति समय जाम भयो भन्नेसम्मको विवरण उतारेर उनले दैनिक फाइल बनाउनुपर्थ्यो। त्यो पनि गरे। किनकि उनलाई खटाइएको थियो, भारतीय गुप्तचर एजेन्सी ‘रअ’को एजेन्टका रुपमा। जिम्मेवारी थियो, कालिमाटी क्षेत्रको सूचना संकलन।

उनले सो क्षेत्रमा तयार पारेको फाइल ‘रअ’का हाकिमलाई बुझाइने बताइएको थियो। 

मासिक ५० हजार भारु तलब (८० हजार नेपाली रुपैयाँ) आउनेगरी ‘एजेन्ट’मा नियुक्त गरिएपछि उनले दिनभर खटेरै काम गरे। तर उनले सुरुमा जागिरबारे कसैलाई भनेनन्। किनकि एजेन्ट जस्तो जागिर भएकाले धेरैसँग गोप्य नै राखेका थिए।

जागिर लगाइदिने सप्तरीका रमानन्द नौनियासँग सुरुमा त उनको फोनमा कुरा हुन्थ्यो। जागिर खाएको एक महिनापछि उनको फोन नै अफ हुन थाल्यो। तलब माग्न खोज्दा नौनिया सम्पर्कविहीन भए। 

अन्य साथीहरुसँग समेत बुझ्दा आफूलाई रअको काठमाडौं प्रमुख बताउने नौनिया बेपत्ता भएका रहेछन्। नौनियालाई चिनाइदिने विनोद कार्कीसँग पनि ती युवाले जानकारी गराए। कार्कीले पनि आफूसँग सम्पर्क नभएको बताएपछि उनी निराश भए। 

नौनियाले भारतीय दूतावासको नाममा नियुक्तिपत्र नै दिएका थिए। पछि थाहा भयो, नियुक्तिपत्र त नक्कली पो रहेछ! 

आफूहरु ठगको फन्दामा परेको चाल पाएपछि प्रहरी कार्यालयसम्म पुग्न बाध्य भए उनीहरु। रअ एजेन्टका नाममा आफू जस्तै अरु पनि ठगिएको उजुरी प्रहरी कार्यालयमा पुगेको थाहा पाउँदा उनी छाँगाबाट खसेझैं भए।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले रअको एजेन्ट हुन खोज्दा ठगिनेहरु नै गलत भएको भन्दै अनुसन्धानमा चासो दिएनन्। पछि, उजुरीहरु बढेपछि महाशाखाले अनुसन्धान अघि बढाएको छ। ठगीका मुख्य योजनाकार नौनियासहित ६ जना पक्राउ परिसकेका छन्।

एनजिओबाट ठगी सुरु 
वैदेशिक रोजगारीका लागि कुवेत पुगेर फर्किएका व्यक्ति हुन्, नौनिया। सप्तरीको राजविराज घर भई बाफल बस्ने उनले आफ्नो नाम रमाकान्त चौहान भन्दै ढाँट्ने गरेका थिए।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि उनले आफूले उच्च तहका व्यक्तिहरु चिनेको र विदेशबाट अनुदान ल्याउन सकिने भन्दै सिबिजी नामक एनजिओ खोले। बेलायतबाट लाखौं डलर ल्याउने आश्वासन देखाई उनले विभिन्न व्यक्तिलाई संस्थामा राखेर लगानी गर्न लगाई ठग्ने प्रयास गरेका थिए।

त्यही बीचमा उनले रअमा भर्ना गरिदिने भन्दै ठगीको अर्को योजना बनाएका हुन्। 

Xtrem

Xtrem

रअको नाम नै थाहा थिएन 
भारतको खुफिया एजेन्सी रअ (रिचर्स एन्ड एनालाइसिस विङ्) को वास्तविक नाम समेत नौनियालाई थाहा थिएन। लेटरप्याड बनाउँदा आरओडब्लु लेखेका थिए। पछि समूहका व्यक्तिहरुले भनेपछि उनले आरएडब्लु लेखका थिए। 

त्यही संस्थामा आबद्ध सन्तोष कार्की, विनोद कार्की, पदमबहादुर श्रेष्ठ, चित्रबहादुर श्रेष्ठ र गीता श्रेष्ठमार्फत उनले रअमा जागिर खाने व्यक्तिहरु खोज्न लगाएका थिए। 

नेपाल सरकारसँगै मिलेर काम हुने तर भर्नाको विषय गोप्य राख्नुपर्ने भन्दै करिब ३ सय व्यक्तिलाई उनले नियुक्तिपत्र समेत दिलाए। जसमध्ये कतिपयलाई एरिया तोकेरै विभिन्न क्षेत्रमा सूचना संकलनका लागि खटाए। 

भर्ना गरिदिएपछि उनले ४ महिनाको तलब सुरुमै आफूलाई चाहिने भन्दै पैसा मागेका थिए। मासिक ८० हजार नेपाली रुपैयाँ बराबरको तलब हुने भएकाले युवाहरुले पनि सजिलै ५ लाख रुपैयाँसम्म पैसा बुझाए। 

हालसम्म थोरै मात्र उजुरी आए पनि ३ सयभन्दा धेरै व्यक्तिलाई नौनियाले ठगी गरेको एसएसपी लोहनी बताउँछन्। 

पक्राउ परेका नौनियासहित ६ जनालाई नै प्रहरीले आइतबार ठगी मुद्दामा कारबाही अघि बढाएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्