काठमाडौं- चीनको सांस्कृतिक कला थांका चित्रको दोस्रो ‘एक्जिबिशन’ भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चीनको हायनटेम्पलबाट संकलन गरिएका एक हजार वर्ष पुराना सांस्कृतिक चित्रहरुको दोस्रो एक्जिबिशन गरिएको हो।
उपलब्ध सबै चित्रहरु गौतमबुद्वको जन्मभूमिमा एक्जिबिशन गर्न पाउँदा उत्साही भएको आयोजकले बताएको छ। साथै ३ वर्षको अन्तरालमा नेपाल र चीनबीचको संस्कृति साटासाट भएको र सम्बन्ध अझ मजबुत भएको आयोजकले बताएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक जगत उपाध्यायले नेपाल र चीन प्राचिन कालदेखिका छिमेकी राष्ट्र रहेको र थुप्रै सांस्कृतिक पक्ष र धर्म उस्तै रहेको बताए।
नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्वलाई चीनमा शाक्यमुनिको रुपमा लिने गरेको उनले बताए। बौद्वधर्मावलम्बीको प्रमुख ग्रन्थ त्रिपिटक चिनियाँ भिक्षु फाइयान र बुद्धभद्रले चीनमा र विश्वभर प्रचार–प्रसार गरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।