काठमाडौं- फ्रान्सेली स्टार केलियन एम्बाप्पेको दुई गोलको मद्दतले लिग वान अन्तर्गत शुक्रबार रातिको खेलमा पिएसजीले एन्गर्सलाई २-१ गोलले पराजित गरेको छ।
एम्बाप्पेले खेलको नवौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। त्यसपछि २६औं मिनेटमा थप एक गोल गर्दै उनले पहिलो हाफअघि नै अग्रता दोब्बर बनाए।
दोस्रो हाफको अन्त्यतिर अंक तालिकाको पुछारमा रहेको एन्गर्सले सान्त्वना गोल फर्काएको थियो। एन्गर्सका लागि ८७औं मिनेटमा सादा थिओबले गोल गरेका हुन्।
जितसँगै पिएसजीले ३२ खेलबाट ७५ अंक बनाएको छ। पिएसजी अंक तालिकाको शीर्ष स्थानमा छ। ३१ खेल खेलको मर्सेली ६४ अंकसहित दोस्रो स्थानमा कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।