काठमाडौं– स्पेनिस च्याम्पियन एसी मिलान १६ वर्षपछि युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिरी ए प्रतिद्वन्दी नापोलीलाई समग्रमा २–१ ले हराउँदै एसी मिलानले युरोपेली च्याम्पियन्स लिगको अन्तिम चरणको यात्रा तय गरेको हो।
एसी मिलानले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा नापोलीलाई १–० ले हराएको थियो। मंगलबार राति भएको दोस्रो लेगमा मिलानले नापोलीसँग १–१ को बराबरी खेल्यो।
दोस्रो लेगअन्तर्गत मंगलबार राति भएको खेलमा मिलानका लागि ओलिभिया जिरुड तथा नापोलीका लागि भिक्टर ओसिमहान १–१ गोल गरे।
खेलको सुरुवातमा नै मिलानले पेनाल्टीको मौका पाए पनि जिरुडले गोल गर्न सकेनन्। तर, ४३औं मिनेटमा जिरुडले नै गरेको गोलबाट मिलानले अग्रता लियो।
मिलानका फिकायो तोमोरीले बक्स ह्याण्डबल गर्न पुगेपछि नापोलीले पेनाल्टीको मौका पाएको थियो। तर माइक मेगनानले गरेको प्रहारलाई मिलानका खिचा क्वारसले बचाए।
इन्जुरी समयमा नापोलीका लागि भिक्टर ओसिमहानले गोल गरे। भिक्टरले हेडरमार्फत् गरेको उत्कृष्ट गोल जितका लागि भने पर्याप्त भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।