• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लघुवित्तबाट लिएको ऋण सरकारले मिनाहा गरिदिन सम्भव छ? 

64x64
कल्पना घिमिरे मंगलबार, वैशाख ५, २०८०  १७:०९
1140x725
काठमाडौंमा आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितहरू।

काठमाडौं– ‘हामी सरकारको बालबच्चा हो। सरकार हाम्रो अभिभावक हो। जसरी आफ्ना बालबच्चा दु:खमा पर्दा बाउआमाले हेर्छन्। त्यसरी नै सरकारले हाम्रो समस्या समाधान गर्नुपर्छ। जति सकिन्छ सरकारले ऋण मिनाहा गर्नुपर्छ भन्ने मेरो माग हो,’ मिटरब्याज पीडितको आन्दोलनमा आएका रौतहटका महेन्द्र मुखियाको भनाइ हो यो।  

यद्यपि महेन्द्र आफूलाई लघुवित्त पीडित बताउँछन्। महेन्द्रले २०७६ सालमा ओमी लघुवित्तबाट १५ प्रतिशत ब्याजमा २ लाख २५ हजार रूपैयाँ ऋण लिएका थिए। तर लघुवित्तले २५ हजार धितो राखेर २ लाख मात्र दिइएको थियो। उक्त ऋण ३ महिनामै चुक्ता गरे। 

त्यतिबेला उनका एक साथी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारमा साथीले राम्रो कमाइ भएको सुनाए। त्यसपछि महेन्द्रले पनि साथीले काम गरेकै कम्पनीमा जाने निर्णय लिए।

‘कमाई राम्रो हुन्छ भने त किन नजाने? साथीले भिसा पठाइदिने कुरा गर्‍यो। मैले रोजगारीका लागि कतार जाने तयारी गरेँ। फेरि उनले विदेश जान भन्दै ४ लाख रूपैयाँ ऋण लिए। भिसा लाग्ने समय भएको थियो। कोभिड–१९ ले देशैभर लकडाउन भयो। त्यसपछि विदेश जान पाइएन,’ उनी सुनाउँछन्।

रोजगारीका लागि कतार जाने प्रयोजनका लागि लिएको ४ लाख रुपैयाँ ऋणमध्ये केही रकम घरायसी काममा खर्च गरे केही किस्ता बुझाए। महिनाको १० हजारका दरले किस्ता बुझाउन थाले। तेस्रो महिनामा भने किस्ता बुझाउने रकम पनि सकियो। किस्ता तिर्न सकेनन्। 

त्यसपछि उक्त लघुवित्तका कर्मचारीले घरमा ताला लगाएर जग्गा लिलामी गर्ने धम्की दिन थालेको उनी बताउँछन्। ओमी लघुवित्तका कर्मचारीको ‘धम्की’ सहन नसकेर उनले ऋण तिर्नलाई भनेर अर्को लघुवित्तबाट ऋण लिए। 

Laghubitta_tatha_mitarbyaj_pidit_21681802546.jpg
काठमाडौंमा आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितहरु

४ कठ्ठा खेत धितो राखेर स्वावलम्बन लघुवित्तबाट २ लाख ५० हजार रूपैयाँ ऋण लिए। जसमध्ये ३० हजार मात्र ओमी लघुवित्तलाई किस्ताको रुपमा बुझाए। बाँकी रकम घरयासी खर्चमा प्रयोग गरे।

‘त्यति बुझाएपछि ओमीको कर्मचारी २ महिना शान्त भए। तर झनै ऋण बढ्यो। २ ओटा सहकारी (लघुवित्त)मा ऋण भयो। कुनै पनि तिर्ने माध्यम थिएन। दुईटै लघुवित्तका कर्मचारी किस्ता माग्न आउँदा तिर्न सकिनँ। त्यसपछि स्वावलम्बनले खेत लिलामी गर्ने धम्की दियो। खेत बिक्री गरेर ऋण तिर्छु भन्दा उसले रोक्का गरिदियो,’ महेन्द्रले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

केही समय अगाडि लघुवित्तको ऋणविरुद्ध संघर्ष गर्ने भन्दै समिति बन्यो। उनकै जिल्लाका लघुवित्त पीडित संघर्ष समिति अध्यक्ष शिवशंकर महतोसँग सल्लाह गरे। महतोले सरकारबाट ऋण मिनाहा हुने भन्दै अब लघुवित्तलाई किस्ता नतिर्न सल्लाह दिए। 

महेन्द्र आफूले लिएको ऋण अब सरकारले तिरिदिनुपर्ने बताउँछन्। महेन्द्र मात्रै होइन, देशभर नै विभिन्न सहकारी तथा लघुवित्तबाट ऋण लिएकाहरु सरकारकै मुख ताकेर बसिरहेका छन्। उनीहरुले अहिले किस्ता बुझाउन बन्द गरेका छन्, बरु सरकारबाट आफ्ना मागहरु पुरा गराउने भन्दै आन्दोलन गरिरहेका छन्। 

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा पछिल्लो समय बढेको अराजकताको कारण सर्वसाधारण ऋणीले पनि आफूले लिएको ऋणको किस्ता नतिर्ने प्रचलन बढेको बताउँछन्। यस्तो अराजकताको नेतृत्व मेडिकल व्यवसायी दूर्गा प्रसाईंले नेतृत्व गरेको ‘अभियान’बाट सिर्जना भएको शर्माको बुझाइ छ। 

सरकारले ऋण मिनाहा गर्न सम्भव छ? 
नेपाल राष्ट्र बैंकका अनुसार देशभरका लघुवित्त संस्थाहरुको निस्कृय कर्जाको अनुपात गत पुस महिनासम्म ४.६८ प्रतिशत थियो। केन्द्रीय बैंकको प्रारम्भिक तथ्यांकअनुसार खुद्रा कारोबार गर्ने लघुवित्त कम्पनीहरूको निस्कृय कर्जा अनुपात चैत अन्तिमसम्ममा ६ प्रतिशत छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खुद्रा कारोबार गर्ने लघुवित्त कम्पनीहरूले करिब ३ खर्ब ९१ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। पुस अन्तिमसम्ममा यसमध्ये १८ अर्ब ३३ करोड रूपैयाँ कर्जा खराब भएको थियो। चैतसम्म खराब कर्जा बढेर २३ अर्ब ४८ करोड पुगेको केन्द्रीय बैंकको प्रारम्भिक  तथ्यांक छ। 

लघुवित्त बैंकर्स संघका अध्यक्ष शर्मा सरकारले ऋण मिनाहा गर्ने कुरा सम्भव नभएको बताउँछन्। बरु समयमा ऋण नतिर्दा ऋणीलाई हर्जनाको भार भने बढ्दै जाने शर्माको भनाइ छ।  

‘अब यो ऋण मिनाहा गर्ने कुरा सम्भव छैन। ऋण समयमा नतिर्‍यो भने त संस्थाको नियमअनुसार हर्जना ब्याज लाग्छ। समयमा ऋण नतिर्ने ऋणीको विवरण हाम्रो कर्जा सूचना केन्द्रमा जान्छ र संस्थागत नियमअनुसार हर्जना लाग्ने हुन्छ। यदि कुनै जेन्युन कारण भए हर्जना नलाग्ने पनि हुन्छ। तर कर्जा भुक्तानी तालिकाअनुसार लिएको कर्जा समयमा तिरेन भने त हर्जना ब्याज लाग्छ,’ शर्मा भन्छन्। 

अध्यक्ष शर्मा समयमा कर्जा नतिर्दैमा चक्रवर्ती ब्याज भने नलाग्ने बताउँछन्। तर, ऋणीको सबै विवरण कर्जा सूचना केन्द्रमा हुने भएकाले समयमै ऋण नतिर्ने ऋणीहरु वित्तीय कारोबार गर्न नपाउने गरी कालोसूचीमा पर्नसक्ने शर्माको भनाइ छ।  

लघुवित्त सुपरीवेक्षण विभागले ऋण नतिर्ने ऋणीहरुबारे अध्ययन गरेर जानकारी गराउन लघुवित्त कम्पनीहरुलाई निर्देशन दिइसकेको छ। कस्ता ऋणीहरुले ऋण नतिरेका हुन् र उनीहरुले ऋण नतिर्नुको कारण तथा समस्या पहिचान गरी विवरण पठाउन विभागले निर्देशन दिएको छ। 

ऋणीलाई परेको समस्या लगायत विषयमा अध्ययन गर्न राष्ट्र बैंकले अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले अध्ययन सुरु गरिसकेको छ।

लघुवित्त कम्पनीमा निस्कृय कर्जा बढ्ने तथा ऋणी समस्यामा पर्ने घटना बढेसँगै राष्ट्र बैंकले एउटा परिपत्र पनि जारी गरेको छ। एउटा ऋणीलाई एउटा लघुवित्तले मात्र ऋण दिनसक्ने व्यवस्था उक्त परिपत्रमार्फत् गरिएको छ। यसको कार्यान्वयन गर्न ऋणीले चाहेको संस्थामा ऋण सार्न सक्ने सुविधा समेत दिन लागिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्