• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आर्थिक संकटका बेला प्रहरीभित्र हतियार किन्ने खेल, बजेटमै हतियारको रकम समावेश गराउने तयारी!

गृहको बजेट सिलिङ समेत ९ अर्ब बढाइयो
64x64
नारायण अधिकारी मंगलबार, वैशाख ५, २०८०  ०८:३७
1140x725

काठमाडौं– देश आर्थिक संकटबाट गुज्रिरहेका बेला नेपाल प्रहरीले भने फेरि हतियार किन्ने मोह राखेको छ। हतियार किन्नका लागि भन्दै प्रहरीले तालुकदार मन्त्रालयसँग समेत लबिइङ गरिरहेको पाइएको छ। 

प्रहरीलाई हतियार अतिआवश्यक रहेको बताउँदै जसरी पनि हतियार खरिद गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले गृहकार्य सुरु गरिरहेको छ। दैनिक प्रयोग तथा सुरक्षामा, भीआईपी सुरक्षा तथा चुनावलक्षित सुरक्षामा हतियार अपुग रहेको भन्दै यसपटक जसरी पनि हतियार खरिद गर्नुपर्ने लबिइङ हेडक्वार्टरले गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

बन्दुक, ९ एमएम पेस्तोल, फोल्डिङ सर्ट गन, गोली, प्लाष्टिकको गोली, अश्रु ग्यास लगायतका विस्फोटक पदार्थ र हतियार आवश्यक रहेकोले तत्कालै खरिद प्रक्रिया अघि बढाउनुपर्ने भन्दै प्रहरीले लबिइङ गरिरहेको छ। यसअघि पनि आवश्यक रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइए पनि बिचमै रोकिएका कारण खरिद हुन नसकेकाले यो पटक जसरी पनि हतियार खरिद गर्नुपर्ने प्रहरी हेडक्वार्टरको भनाइ छ। 

अतिआवश्यक रहेको भन्दै प्रहरीले हतियार किन्न खोजिरहेका बेला देशको आर्थिक अवस्था भने सन्तोषजनक छैन। अर्थविद्हरूले आर्थिक संकट कायमै रहेको बताइरहेका छन्। अझ अर्थ मन्त्रालयका सचिव तोयम रायले त सामाजिक सुरक्षा भत्ता समेत खुवाउन नसक्ने अवस्था आएको बताएका छन्। 

गत चैत २६ गते आर्थिक पत्रकारहरूसँग छलफल गर्दै सचिव रायले भनेका थिए, ‘अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्ने अवस्था छैन। वर्षेनी साधारण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगिसकेका छौं।’

वृद्धवृद्धा, एकल महिला, अपांगता भएकाहरूलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत दिन सक्ने अवस्था नरहेको बताइरहेका बेला प्रहरीले हतियारको मोहलाई कायमै राखेको छ। 

तर, हतियार खरिद प्रक्रियाका बारेमा आफूलाई थाहै नभएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी दीपेन्द्र जिसी बताउँछन्। ‘तपाईंले भनेको हतियार खरिदको विषय मेरो जानकारीमा भएन’, प्रवक्ता जिसीले नेपाल लाइभसँग भने। 

प्रहरीले आठ वर्षदेखि हतियार लगायतका गोली गठ्ठाहरू खरिद नगरेकाले अतिआवश्यक रहेकाले खरिद गर्नुपरेको बताउँदै आएको छ। स्थानीय तथा संघ, प्रदेशको चुनावमा समेत नेपाली सेनासँग हतियार मागेर काम चलाउनुपर्ने अवस्था आएकाले हतियार खरिद अतिआवश्यक रहेको प्रहरीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

यता नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी पनि प्रहरीलाई हतियार चाहिने भन्नेमा सहमत छन्। तर, खरिद प्रक्रियामा देखिने नियतका कारण विवाद हुने गरेको उनले बताए। ‘घातक हतियार, ग्यास प्रहरीलाई चाहिने होइन। डब्लूएचओले नै प्रतिबन्ध लगाएका हानिकारक ग्यास, हतियार त्यो पनि महंगो कम्पनीसँग खरिद गर्ने प्रवृत्ति गलत हो। भ्रष्टाचार गर्नेहरूले एक पटक रोकिए पनि अनेक दाउ हेरर बसेका हुन्छन्। अनकुल समय आएपछि फेरि सलबलाउँछन्। अब खरिद प्रक्रिया कसरी गरिन्छ, त्यो हेर्नुपर्छ’, पूर्वएआईजी सिंहले नेपाल लाइभसँग भने। 

बजेटमै रकम समावेश गराउने तयारी, गृहको बजेट सिलिङ समेत ९ अर्ब बढाइयो
यसअघि गत वर्ष हतियारका लागि भनेर छुट्टै रकम निकासा गरेर प्रहरीले खरिद प्रक्रिया अघि बढाएको थियो। कमिसनको चक्करमा र देशमा आर्थिक संकट रहेको बेला रकम निकासा गरेर हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। 

त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हतियार किन्ने प्रक्रियाबाट पछि हटेको थियो। छुट्टै रकम निकासा गरेर हतियार खरिद गर्न लाग्दा चौतर्फी विरोध भएपछि भने यो पटक भने बजेटमै हतियार खरिदको रकम समावेश गराउन लगाउने तयारी भएको प्रहरी हेडक्वार्टर उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

गत फागुन ११ गते राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षको बजेट सिलिङ गरेर पठाउन भनेको थियो। त्यसपछि मन्त्रालयहरूले बजेट सिलिङ गरेर समेत पठाइसकेका छन्। बजेट सिलिङ सूची अनुसार गृह मन्त्रालयको चालु आर्थिक वर्षको बजेटमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५‍.३० प्रतिशतले बढाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालु आर्थिक वर्षको गृह मन्त्रालयको बजेट १ खर्ब ८५ अर्ब ३ करोड ४५ लाख छ। आगामी आर्थिक वर्षको बजेट सिलिङमा ९ अर्ब बढाउँदै पेस गरिएको छ। सिलिङ सूची अनुसार गृहको बजेट १ खर्ब ९४ अर्ब ८४ करोड ३४ लाख छ। यस हिसाबले आगामी आर्थिक वर्षको गृहको बजेटमा ९ अर्बसम्म बढ्ने देखिन्छ। 

उक्त बजेट बढाउनुको पछाडी प्रहरीको हतियार तथा गोलीगठ्ठा खरिदका विषयहरू जोडिएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘हतियारका लागि भनेर छुट्टै रकम निकासा गर्दा चौतर्फी विरोध भयो। त्यसकारण यो पटक बजेटमै हतियार खरिदको रकम समावेश गर्न लगाएर हतियार खरिद गर्ने तयारी छ’, प्रहरी हेडक्वार्टर उच्च स्रोतले भन्यो। 

बजेट सिलिङमा चालु आर्थिक वर्षको बजेटमा ९ अर्ब रुपैयाँ बढी बजेट सिलिङ गरेर पठाउनुले पनि हतियार खरिद प्रक्रिया जोडिएको विषयलाई थप पुष्टि गरेको देखिन्छ। 

आर्थिक संकट भन्दै यसअघि पनि रोकिएको थियो हतियार खरिद प्रक्रिया
यसअघि गत असारमा प्रहरीलाई हतियार खरिद गर्न भन्दै देउवा नेतृत्वको सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो। हतियारका लागि भन्दै १ अर्ब ३५ करोड रुपैयाँ माग गरिएकोमा पहिलो चरणका लागि भन्दै सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो। 

रकम निकासा भएसँगै प्रहरीले हतियार खरिदको प्रक्रिया समेत अघि बढाएको थियो। त्यसपछि हेडक्वार्टरले १२ बोरका १२ सय थान बन्दुकसहित १ हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० थान फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली र २५ हजार अश्रुग्याँस खरिद गर्न लागेको थियो। 

त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय भन्दै देउवा सरकारले हतियार किन्ने प्रक्रिया अघि बढाए पनि चौतर्फी विरोध भएको थियो। देश आर्थिक संकटमा रहेका बेला ठूलो कमिसनको चक्करमा हतियार खरिद गर्न लागिएको भन्दै चौतर्फी विरोध भएको थियो। 

त्यसपछि प्रहरी हेडक्वार्टरले विज्ञप्ति नै निकालेर हतियार अतिआवश्यक रहेकाले किन्न लागिएको बताएको थियो। तत्कालीन प्रहरी प्रवक्ता (हाल एआईजी) टेकप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘प्रचलित खरिद ऐन, नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढंगले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी सदैव सचेत, सजग एंव संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछौं,’ भन्ने व्यहोरा उल्लेख गरिएको थियो। 

कमिसनमा हतियार खरिद प्रक्रिया अघि बढाउन लागिएको भन्दै त्यतिबेला संसद्को अर्थ समितिले छानबिन समेत गरेको थियो। चौतर्फी विरोधपछि हतियार खरिद प्रक्रिया रोकिएको थियो। 

यसअघि उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएका बेला पनि हतियार किन्दा कमिसनको खेल भएको चर्चा बाहिरिएको थियो। उक्त विषय बाहिरिएपछि तत्कालीन आईजी अर्यालले हतियार खरिदको प्रक्रिया अगाडि नै नबढाइ रोकेका थिए। त्यसपछि हतियार खरिदका लागि भनेर विनियोजन गरिएको रकम फ्रिज भएको थियो।

सम्बन्धित समाचार :

नेपाल प्रहरीले भन्यो–हातहतियार खरिद अत्यावश्यक भइसक्यो

आर्थिक संकटका बेला प्रहरीका लागि ‘फेजआउट’ हतियार किन्दै सरकार, कमिसनको आशंका

हतियार खरिदमा ‘बिचौलिया’ दीपक भट्टको भिडियो बाहिरियो, मोदीदेखि कांग्रेस, एमाले सबै मिलाउने दाबी

अहिले प्रहरीलाई हतियार किन्नु राष्ट्रघात हो : नवराज सिलवाल

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्