• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आर्थिक संकटका बेला प्रहरीका लागि ‘फेजआउट’ हतियार किन्दै सरकार, कमिसनको आशंका 

64x64
नारायण अधिकारी मंगलबार, असार २८, २०७९  १७:२३
1140x725

काठमाडौं–  चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को अवधिमा वैदेशिक मुद्राको सञ्चिति १५.९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ। यस्तै, शोधनान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर) २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ। तर सरकार भने अर्थतन्त्रको बिग्रिँदो अवस्थाप्रति 'अनविज्ञ' झैं रहेर यही बेला प्रहरीका लागि हतियार किन्ने सुरमा छ। 

नेपाल प्रहरीका लागि हतियार खरिद गर्न भन्दै सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्रहरीले हतियार खरिदका लागि १ अर्ब ३५ करोड रुपैयाँ माग गरेकोमा पहिलो चरण्मा ८४ करोड रुपैयाँ निकासा भएको हो। उक्त रकम निकासा भएसँगै प्रहरीले हतियार खरिद प्रक्रिया अघि बढाउन सुरु गरेको छ।

प्रहरीका लागि १२ बोरका १२ सय थान बन्दुकसहित १ हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० थान फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली र २५ हजार अश्रुग्याँस खरिद प्रक्रिया अघि बढाइएको छ। यसका लागि केही दिनमै बोलपत्र निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ। 

फेजआउट हतियार किन्न हतार किन?
प्रहरीले खरिद गर्न लागेको १२ बोरको बन्दुक सहरी क्षेत्रमा प्रतिबन्ध लगाइएको हतियार हो। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार उक्त बन्दुकबाट हानिएको गोली छरिएर जाने भएकाले एकै पटकमा धेरै मान्छे घाइते हुने सम्भावना बढी रहेको भन्दै १० वर्ष पहिले नै शहरी क्षेत्रमा प्रयोग नगर्ने भन्दै निर्णय गरिएको थियो। तर, प्रहरीले अहिले फेरि सोही हतियार खरिदको प्रक्रिया अघि बढाएपछि त्यसमा कमिसनको आशंका उत्पन्न भएको छ। 

प्रहरीका लागि ती हतियार इटालियन कम्पनीसँग खरिद गर्न लागिएको छ। त्यसका लागि इटालीको बर्रेटा कम्पनीसँग ‘डिल’ समेत गरिसकिएको स्रोतको दाबी छ। 

प्रहरी स्रोतका अनुसार अहिले खरिद गर्न लागिएका हतियार सन् २०१७ मा बनेका हुन्। अहिलेको अवस्थामा पुराना भइसकेका ती हतियार ३ गुणाभन्दा बढी रकममा खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार प्रहरीका केही उच्च अधिकारीले नै यो खरिद प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

स्रोतले नेपाल लाइभसँग भन्यो, ‘अहिले हतियार खरिदको टेन्डर हात पार्न लागेका पात्र यसअघि पनि प्रहरीको हतियार खरिद गरेर विवादमा आएका पात्र हुन्।’

Ncell 2
Ncell 2
nimb
nimb

१२ बोरको बन्दुकको मूल्य प्रतिथान ८ सय यूरो पर्ने भनिएको छ। तर, ३ गुणाभन्दा बढी मूल्यमा खरिद गर्न लागिएको स्रोतको दाबी छ। ‘तीन गुणभन्दा बढी मूल्यमा १० वर्ष अघि नै प्रतिबन्ध लगाइएका हतियार अहिले पुन खरिद गर्ने प्रक्रिया अघि बढाउनुले कमिसन जोडिएको आशंका गर्न सकिन्छ,’ स्रोतले भन्यो। 

प्रहरीका लागि हतियार खरिदमा यसअघि पनि कमिसनको खेल हुने गरेको विषय बाहिरिएका थिए। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएका बेला पनि हतियार किन्दा कमिसन खेल भएको चर्चा बाहिरिएको थियो। उक्त विषय बाहिरिएपछि तत्कालीन आईजी अर्यालले हतियार खरिदको प्रक्रिया अगाडि नै नबढाइ रोकेका थिए। त्यसपछि हतियार खरिदका लागि भनेर विनियोजन गरिएको रकम फ्रिज भएको थियो। 

यसपटक भने केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णयलाई देखाएर हतियार खरिदको प्रक्रिया अगाडि बढाउन खोजिएको छ। ओली नेतृत्वको सरकारले प्रहरिका लागि ३ चरणमा हतियार खरिद गर्ने निर्णय गरेको थियो। 

अत्यावश्यक भएरै खरिद गर्न लागिएको हो: प्रहरी
नेपाल प्रहरीले भने अत्यावश्यक भएर नै हतियार खरिद गर्न लागिएको बताएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईले सोमबार एक विज्ञप्ति जारी गर्दै हतियार खरिद प्रक्रियामा कुनै अनियमितता नहुने भन्दै आशंका नगर्न आग्रह गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘प्रचलित खरिद ऐन, नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढंगले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी सदैव सचेत, सजग एंव संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछौं,’ राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रहरीले आगामी प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि पनि हतियार अत्यावश्यक भएको बताएको छ। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेनासँग हतियार मागेर ‘काम चलाइएको’ प्रहरीको भनाइ छ।  

साना हतियार (पेस्तोल) अपुग भएको भन्दै प्रहरीले सेनासँग चुनावका लागि २ हजार थान पेस्तोल उपलब्ध गराउन पत्राचार गरेको थियो। त्यसपछि नेपाली सेनाले प्रहरीलाई पेस्तोल उपलब्ध गराएको थियो। 

आवश्यक परेको बेला सेनासँग हतियार मागेर काम चलाउनु परेको भन्दै प्रहरीले अहिले आवश्यक परेकैले हतियार खरिद गर्न लागिएको जनाएको छ। प्रहरी प्रवक्ता राई विगत ७ वर्षदेखि प्रहरीले हतियारलगायतका गोलीगठ्ठाहरु खरिद नगरेको र अहिले आवश्यक भएरै प्रक्रिया अघि बढाइएको बताउँछन्। 

प्रहरीलाई छोटो दूरीमा प्रहार गर्ने पेस्तोल, सर्ट गन, सेल ग्यासहरुको आवश्यकता रहेको भएको राई बताउँछन्। ‘भएका पुराना हतियार पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले नयाँ हतियार किन्नु अपरिहार्य भइसकेको छ,’ राईले भने। 

अर्थ समितिले थाल्यो छानबिन
कमिसनको चक्करमा हतियार खरिद गर्ने प्रक्रिया अघि बढेको भन्दै संसदको अर्थ समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। बिना अध्ययन र अनुसन्धान हतियार खरिद गर्न लागिएको भन्दै समितिले छानबिन सुरु गरेको हो। 

समितिले सोमबार अर्थ र गृह मन्त्रालयलाई पत्राचार गर्दै हतियार खरिद प्रक्रियाका बारेमा जानकारी माग गरेको छ। समितिले तीन दिनभित्र जवाफसहित खरिद प्रक्रियाका कागजात समेत पेस गर्नका लागि निर्देशन समेत दिएको छ। 

देश आर्थिक संटकको अवस्थामा गुज्रिदै गरेको र विदेशी मुद्राको सञ्चिति घटेको बेला बिना प्रतिस्पर्धा हतियार खरिद गर्ने विषयमा कमिसनको खेल जोडिएको आशंका समितिले गरेको छ। 

समितिले यसबारे छानबिन गर्नका लागि गृह र अर्थलाई एउटै ब्यहोराको पत्र सामेबार नै पठाइसकेको छ। उक्त पत्रमा हतियार खरिद प्रक्रिया कहाँ पुग्यो? दररेट कति छ? कुन प्रक्रियाबाट खरिद गर्न लगिएको हो? जस्ता प्रश्न समेत सोधिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्