• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आर्थिक संकटका बेला प्रहरीका लागि ‘फेजआउट’ हतियार किन्दै सरकार, कमिसनको आशंका 

64x64
नारायण अधिकारी मंगलबार, असार २८, २०७९  १७:२३
1140x725

काठमाडौं–  चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को अवधिमा वैदेशिक मुद्राको सञ्चिति १५.९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ। यस्तै, शोधनान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर) २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ। तर सरकार भने अर्थतन्त्रको बिग्रिँदो अवस्थाप्रति 'अनविज्ञ' झैं रहेर यही बेला प्रहरीका लागि हतियार किन्ने सुरमा छ। 

नेपाल प्रहरीका लागि हतियार खरिद गर्न भन्दै सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्रहरीले हतियार खरिदका लागि १ अर्ब ३५ करोड रुपैयाँ माग गरेकोमा पहिलो चरण्मा ८४ करोड रुपैयाँ निकासा भएको हो। उक्त रकम निकासा भएसँगै प्रहरीले हतियार खरिद प्रक्रिया अघि बढाउन सुरु गरेको छ।

प्रहरीका लागि १२ बोरका १२ सय थान बन्दुकसहित १ हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० थान फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली र २५ हजार अश्रुग्याँस खरिद प्रक्रिया अघि बढाइएको छ। यसका लागि केही दिनमै बोलपत्र निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ। 

फेजआउट हतियार किन्न हतार किन?
प्रहरीले खरिद गर्न लागेको १२ बोरको बन्दुक सहरी क्षेत्रमा प्रतिबन्ध लगाइएको हतियार हो। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार उक्त बन्दुकबाट हानिएको गोली छरिएर जाने भएकाले एकै पटकमा धेरै मान्छे घाइते हुने सम्भावना बढी रहेको भन्दै १० वर्ष पहिले नै शहरी क्षेत्रमा प्रयोग नगर्ने भन्दै निर्णय गरिएको थियो। तर, प्रहरीले अहिले फेरि सोही हतियार खरिदको प्रक्रिया अघि बढाएपछि त्यसमा कमिसनको आशंका उत्पन्न भएको छ। 

प्रहरीका लागि ती हतियार इटालियन कम्पनीसँग खरिद गर्न लागिएको छ। त्यसका लागि इटालीको बर्रेटा कम्पनीसँग ‘डिल’ समेत गरिसकिएको स्रोतको दाबी छ। 

प्रहरी स्रोतका अनुसार अहिले खरिद गर्न लागिएका हतियार सन् २०१७ मा बनेका हुन्। अहिलेको अवस्थामा पुराना भइसकेका ती हतियार ३ गुणाभन्दा बढी रकममा खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार प्रहरीका केही उच्च अधिकारीले नै यो खरिद प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

स्रोतले नेपाल लाइभसँग भन्यो, ‘अहिले हतियार खरिदको टेन्डर हात पार्न लागेका पात्र यसअघि पनि प्रहरीको हतियार खरिद गरेर विवादमा आएका पात्र हुन्।’

Ncell 2
Ncell 2

१२ बोरको बन्दुकको मूल्य प्रतिथान ८ सय यूरो पर्ने भनिएको छ। तर, ३ गुणाभन्दा बढी मूल्यमा खरिद गर्न लागिएको स्रोतको दाबी छ। ‘तीन गुणभन्दा बढी मूल्यमा १० वर्ष अघि नै प्रतिबन्ध लगाइएका हतियार अहिले पुन खरिद गर्ने प्रक्रिया अघि बढाउनुले कमिसन जोडिएको आशंका गर्न सकिन्छ,’ स्रोतले भन्यो। 

प्रहरीका लागि हतियार खरिदमा यसअघि पनि कमिसनको खेल हुने गरेको विषय बाहिरिएका थिए। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएका बेला पनि हतियार किन्दा कमिसन खेल भएको चर्चा बाहिरिएको थियो। उक्त विषय बाहिरिएपछि तत्कालीन आईजी अर्यालले हतियार खरिदको प्रक्रिया अगाडि नै नबढाइ रोकेका थिए। त्यसपछि हतियार खरिदका लागि भनेर विनियोजन गरिएको रकम फ्रिज भएको थियो। 

यसपटक भने केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णयलाई देखाएर हतियार खरिदको प्रक्रिया अगाडि बढाउन खोजिएको छ। ओली नेतृत्वको सरकारले प्रहरिका लागि ३ चरणमा हतियार खरिद गर्ने निर्णय गरेको थियो। 

अत्यावश्यक भएरै खरिद गर्न लागिएको हो: प्रहरी
नेपाल प्रहरीले भने अत्यावश्यक भएर नै हतियार खरिद गर्न लागिएको बताएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईले सोमबार एक विज्ञप्ति जारी गर्दै हतियार खरिद प्रक्रियामा कुनै अनियमितता नहुने भन्दै आशंका नगर्न आग्रह गरेका छन्। 

‘प्रचलित खरिद ऐन, नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढंगले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी सदैव सचेत, सजग एंव संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछौं,’ राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रहरीले आगामी प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि पनि हतियार अत्यावश्यक भएको बताएको छ। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेनासँग हतियार मागेर ‘काम चलाइएको’ प्रहरीको भनाइ छ।  

साना हतियार (पेस्तोल) अपुग भएको भन्दै प्रहरीले सेनासँग चुनावका लागि २ हजार थान पेस्तोल उपलब्ध गराउन पत्राचार गरेको थियो। त्यसपछि नेपाली सेनाले प्रहरीलाई पेस्तोल उपलब्ध गराएको थियो। 

आवश्यक परेको बेला सेनासँग हतियार मागेर काम चलाउनु परेको भन्दै प्रहरीले अहिले आवश्यक परेकैले हतियार खरिद गर्न लागिएको जनाएको छ। प्रहरी प्रवक्ता राई विगत ७ वर्षदेखि प्रहरीले हतियारलगायतका गोलीगठ्ठाहरु खरिद नगरेको र अहिले आवश्यक भएरै प्रक्रिया अघि बढाइएको बताउँछन्। 

प्रहरीलाई छोटो दूरीमा प्रहार गर्ने पेस्तोल, सर्ट गन, सेल ग्यासहरुको आवश्यकता रहेको भएको राई बताउँछन्। ‘भएका पुराना हतियार पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले नयाँ हतियार किन्नु अपरिहार्य भइसकेको छ,’ राईले भने। 

अर्थ समितिले थाल्यो छानबिन
कमिसनको चक्करमा हतियार खरिद गर्ने प्रक्रिया अघि बढेको भन्दै संसदको अर्थ समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। बिना अध्ययन र अनुसन्धान हतियार खरिद गर्न लागिएको भन्दै समितिले छानबिन सुरु गरेको हो। 

समितिले सोमबार अर्थ र गृह मन्त्रालयलाई पत्राचार गर्दै हतियार खरिद प्रक्रियाका बारेमा जानकारी माग गरेको छ। समितिले तीन दिनभित्र जवाफसहित खरिद प्रक्रियाका कागजात समेत पेस गर्नका लागि निर्देशन समेत दिएको छ। 

देश आर्थिक संटकको अवस्थामा गुज्रिदै गरेको र विदेशी मुद्राको सञ्चिति घटेको बेला बिना प्रतिस्पर्धा हतियार खरिद गर्ने विषयमा कमिसनको खेल जोडिएको आशंका समितिले गरेको छ। 

समितिले यसबारे छानबिन गर्नका लागि गृह र अर्थलाई एउटै ब्यहोराको पत्र सामेबार नै पठाइसकेको छ। उक्त पत्रमा हतियार खरिद प्रक्रिया कहाँ पुग्यो? दररेट कति छ? कुन प्रक्रियाबाट खरिद गर्न लगिएको हो? जस्ता प्रश्न समेत सोधिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्