काठमाडौं– आइतबार भक्तपुरको बालकोटमा ढलमा पुरिएका दुईजनामध्ये एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो ०४:०५ बजे सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटमा नयाँ ढल विस्तारको काम भइरहेको समयमा माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका सुनसरीको गढी गाउँपालिका–२ घर का ३० वर्षीय सियाराम सदा र २२ वर्षीय नितेश सदा पुरिएका थिए।
त्यसमध्ये सियारामलाई साढे ५ बजेतिर उद्धार गरि उपचारका लागि अस्पता पुरर्याएको छ। उनी बोल्ने अवस्थामा छन्। तर, नितेशको भने मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै, उनीहरूलाई काममा लगाउने सुनसरीको गढी गाउँपालिका–२ घर हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भएका छन्।
उनलाई भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।