• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी

64x64
नेपाल लाइभ मंगलबार, असोज ६, २०८३  २०:३१
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अमेरिकाको न्युयोर्कमा सुरु भएको छ। महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा शक्ति सन्तुलन तीव्र रूपमा बदलिँदै गएको र त्यसले नयाँ किसिमका संकट जन्माइरहेको बताएका छन्।

गुटेरेसले जलवायु परिवर्तन, युद्ध र कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकासलाई अलग–अलग संकटका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार यी सबै संकट विश्वमा शक्ति कसको हातमा छ र त्यसबाट को वञ्चित छ भन्ने ठूलो प्रश्नसँग जोडिएका छन्।

‘यी छुट्टाछुट्टै संकट होइनन्, एउटै कथाका फरक–फरक अध्याय हुन्,’ गुटेरेसले भने, ‘यो शक्तिको कथा हो—कसको हातमा सत्ता छ र कसलाई यसबाट वञ्चित गरिएको छ?’

मानिसबाट मेसिनतर्फ शक्ति हस्तान्तरण

गुटेरेसले विश्वमा आर्थिक, राजनीतिक र प्राविधिक प्रभावका नयाँ केन्द्रहरू विकास भइरहेको बताए। राज्यहरूबाहेक निजी कम्पनी र प्रभावशाली व्यक्तिहरूको हातमा पनि शक्ति केन्द्रित हुँदै गएको उनको भनाइ छ।

उनले विशेषगरी कृत्रिम बौद्धिकताको विस्तारसँगै मानिसबाट मेसिनतर्फ शक्ति हस्तान्तरण भइरहेको बताए। उनका अनुसार नयाँ चुनौतीको सामना गर्न अहिलेका अन्तर्राष्ट्रिय संस्थाहरू अझै पूर्ण रूपमा सक्षम भइसकेका छैनन्। त्यसैले विश्वमा भइरहेको शक्ति संघर्षलाई परम्परागत राजनीतिक प्रतिस्पर्धाका रूपमा मात्र बुझ्न नहुने उनले बताए।

प्रविधिको विकास र ठूला निजी कम्पनीहरूको बढ्दो प्रभावलाई समेत अन्तर्राष्ट्रिय शक्ति संरचनाको बहसमा समेट्नुपर्ने गुटेरेसको भनाइ छ। शान्ति, विकास र मानव अधिकार एकअर्कासँग जोडिएका छन्

महासचिव गुटेरेसले शान्ति, विकास र मानव अधिकारलाई अलग गरेर हेर्न नसकिने बताए। ‘विकासबिना शान्ति सम्भव छैन, शान्तिबिना विकास सम्भव छैन र यी दुवैबिना मानव अधिकारको रक्षा हुन सक्दैन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सैन्य, प्राविधिक वा आर्थिक शक्तिले मात्र विश्वमा स्थायी शान्ति र सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए। शक्तिको प्रयोग अन्तर्राष्ट्रिय कानुनको दायराभित्र हुनुपर्नेमा उनले जोड दिए।

जलवायु संकटमा ठूला तेल कम्पनीमाथि प्रश्न

गुटेरेसले जलवायु संकटलाई वर्तमान पुस्ता र भावी पुस्ताबीचको ठूलो शक्ति असन्तुलनका रूपमा व्याख्या गरे। एउटा पुस्ताले अर्को पुस्ताको भविष्य प्रयोग गरिरहेको उनको भनाइ थियो।

उनले ठूला तेल कम्पनीहरूले वातावरणमा ठूलो असर पुर्‍याइरहेको भन्दै आलोचना गरे। केही कम्पनीले आर्थिक लाभ लिइरहे पनि त्यसको वातावरणीय र सामाजिक मूल्य भने आफ्नो गल्ती नभएकाहरूले समेत तिर्नुपरेको उनले बताए।

सुरक्षा परिषद्मा अफ्रिकाको प्रतिनिधित्व माग

अन्तर्राष्ट्रिय संस्थाको सुधारको प्रसंगमा गुटेरेसले दोस्रो विश्वयुद्धपछि बनेको विश्व व्यवस्थामा आएको परिवर्तनलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पर्याप्त रूपमा प्रतिबिम्बित गर्न नसकेको स्वीकार गरे।

२१औँ शताब्दीमा समेत सुरक्षा परिषद्मा अफ्रिकाको स्थायी प्रतिनिधित्व नहुनु अन्यायपूर्ण र अक्षम्य रहेको उनको भनाइ थियो। सुरक्षा परिषद्को संरचनामा तत्काल सुधार आवश्यक रहेको उनले बताए।

महासचिव गुटेरेसले गाजाको अवस्थाबारे पनि कडा धारणा राखे। गाजामा भइरहेको हिंसा र हत्याको अवस्था मानव इतिहासकै खराब अवस्थामध्ये रहेको उनले बताए।

उनले संयुक्त राष्ट्रसंघलाई गाजामा आफ्नो मानवीय सहायता तथा अन्य काम निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरे।

पश्चिमी किनारामा इजरायली हिंसा र बस्ती विस्तारले शान्तिको सम्भावनालाई कमजोर बनाइरहेको तथा जातीय सफायाको जोखिम बढिरहेको चेतावनीसमेत उनले दिए।

रुसको पूर्ण आक्रमणका कारण युक्रेन र त्यहाँका नागरिक क्रूर युद्धको चपेटामा परेको गुटेरेसले बताए। उनले विश्वका विभिन्न क्षेत्रमा महिला तथा बालिकामाथि हुने उत्पीडन, हिंसा र अधिकार कटौतीप्रति पनि चिन्ता व्यक्त गरे।

स्थायी शान्तिका लागि महिलाको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले शान्ति वार्ताको टेबलमा महिलालाई समेत समान रूपमा सहभागी गराउनुपर्ने बताए। महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उनले महासभामा नेपालमा भोटेकोशी बाढी, क्षति र जलवायु परिवर्तनको कुरा उठाउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले यूएनका महासचिवसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्