काठमाडौं– यौन दुर्व्यवहारको मुद्दा खेपिरहेका भेट्रान ब्राजिलियन डिफेन्डर ड्यानी अल्वेसलाई स्पेनको ब्रायन्स २ जेलमा राखिएको छ। उनी मुद्दाको सुनुवाइ कुरेर बसिरहेका छन्।
उनीमाथि डिसेम्बर ३० मा बार्सिलोनाको चर्चित सटन नाइट क्लबको बाथरूममा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।
रोयल स्पेनिस फुटबल संघले भर्खरै अन्तरजेल फुटबल प्रतियोगिताको ११औं संस्करणको घोषणा गरेको छ। यो प्रतियोगिता स्पेनको आन्तरिक मन्त्रालयको सहयोगमा हुँदै आएको छ। यो प्रतियोगितामा बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका अल्वेसलाई मैदानमा देख्न सकिने अड्कल गरिएको छ। अ
ल्वेस इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने फुटबलर हुन्। उनले सुपरस्टार मेसी र रोनाल्डोलाई समेत पछि पारेका छन्।
उनी अहिले जेलमा छन् र मुद्दाको सुनुवाइको पालो कुरिरहेका छन्। यदि यो प्रतियोगितामा भाग लिएर उपाधि जितेको अवस्थामा अल्वेसले उपाधिको सूचीमा एउटा ट्रफी थप्नेछन्। अल्वेसले प्रतियोगितामा भाग लिन्छन् वा लिँदैनन् भन्ने यकिन भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।