• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मिटरब्याजको आन्दोलनमा लघुवित्त र सहकारीका ऋणी

64x64
कल्पना घिमिरे मंगलबार, चैत २८, २०७९  २०:१८
1140x725

काठमाडौं– बिहीबार साँझ झमक्कै रात पर्दैगर्दा आन्दोलनरत मिटरब्याज पीडित माइतीघर मण्डलाबाट भद्रकाली हुँदै शान्तिबाटिकामा आइपुगे। त्यहाँ केही पीडितहरु एकै ठाउँ जम्मा भएर बसेका थिए। केही भने काटिसकेको आलुको चाना पखाल्दै थिए।

lagubitta and sahakari pidit (4)1681223349.jpg

सोही समूहमध्येका जोगिन्द्र चौधरी भान्सामा खाना पकाउँदै थिए। भात पाकिसकेको थियो भने दाल उम्लिँदै थियो। ‘आज हामी नपलपरासी बर्दघाटको खाना पकाउने पालो। के गर्नु सात सय जना छौं। एकपटकमा ३० किलो चामल पकाउनुपर्छ। हामीले लिएर आएको चामल तरकारी सकियो। नपुग्ने भएपछि हिजो दानपेटिका थापेर २१ सय ५० रूपैयाँ उठेछ,’ उनी सुनाउँदै थिए।

उम्लिरहेको दाल चलाउँदै त्यहिँ भएकी अर्की महिलाले थपिन्, ‘हामी त न्याय माग्न आएका हौं तर यहाँ छाक टार्न भिख माग्नु परेको छ। मिटरब्याजीलाई कारबाही गरी कपाली तमसुक च्यातेर सरकारले न्याय देला त?’ ‘के दिन्थ्यो होला र उही हामी यहाँ आउनु दुःख मात्रै हो। सरकारले केही गर्दैन’, जोगिन्द्रले थपे।

जोगिन्द्र साउदीमा हुँदा उनकी श्रीमतीले गाउँकै महाजन दिनेश चौधरीसँग आफ्नो चारधुर जग्गा दृष्टिबन्धकमा राखेर सयकडा पाँच रुपैयाँ ब्याजमा एक लाख रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋणको ब्याजसहित ६ महिनाकै अवधिमा उनले दुई लाख ६६ हजार रुपैयाँ बुझाइन्। तर साहुले भने अझै बुझाउन बाँकी रहेको भन्दै थप तीन लाख रुपैयाँ मागे।

‘मैले महिनामा पैसा पठाए पनि त्यसले घरखर्च पुग्दैन थियो। बच्चाहरुको स्कुलको फी तिर्न आवश्यक पर्दा मैले पठाएपछि दुई/तीन महिनामा तिर्छु भन्दै उनले (श्रीमती)ले एक लाख लिइछन्। मैले पैसा पठाएपछि उनले कहिले ३० हजार कहिले २० हजार तिर्दै २ लाख ६६ हजार बुझाइन्,’ उनले भने।

lagubitta and sahakari pidit (7)1681223350.jpg

माग गरेको ३ लाख रूपैयाँ नदिएपछि ती महाजनले विदेशबाट एउटा ब्ल्यांकेट र स्मार्टफोन दिए आफूले तमसुक च्यातिदिने भनेका थिए। मोबाइल र ब्ल्यांकेट दिए पनि साहुले तमसुक भने च्यात्छन् भन्ने कुरा जोगिद्रले पत्याएनन्। दिएनन् पनि। साहुले माग गरेको रकम नदिएसम्म तमसुक नच्यात्ने भन्दै धम्क्याएको जोगिन्द्र गुनासो गर्छन्। 
०००
उमेरले ७० कटिसकेका कैयुन मन्सुर बाहिर चिसो भुइँमा बसेका थिए। उनी आफ्नो उमेर नागरिकतामा ६३ वर्ष भएको बताउँछन्। ‘६३ वर्ष होइछै, ओना हमर दादा उमेर है। ओही समयमे हमारे जनम दर्ता और मृत्युदर्ता नही बनिछलै। नागरिकता बनवाके टाइम २० वर्ष तोक्ले रहे,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाहीबाट आएका मन्सुर आफूले लघुवित्तबाट ऋण लिएको र लघुवित्तले चर्को ब्याज असुलेर तिर्न नसकेपछि सरकारसमक्ष मिनाहको माग गर्न आन्दोलनमा आएको बताए। ‘ओ गुरुबा मिटब्याजमा नआइछी त कथिमा आइछ,’ मिटब्याजको ऋणबारे सुनाएको भन्दै एक महिला परबाट गाली गर्दै थिइन्। ‘के मिटरब्याज के लघुवित्त, दोनोका समस्या एक है,’ उनले भने।

lagubitta and sahakari pidit (8)1681223351.jpg

उनले तीन वर्षअघि घरेलु लघुवित्तबाट ऋण लिएका थिए। उक्त लघुवित्तले महिलालाई मात्र ऋण दिने भएपछि आफ्नी नातिनीको नाममा लघुवित्तमा खाता खोल्न लगाए। त्यसपछि उनले १ लाख ५० हजार रूपैयाँ ऋण लिए।

‘मलाई दिएन। बहुकी बेटीको नाममा एक लाख ५० हजार ऋण लिएँ। त्यसमा ३५ हजार रूपैयाँ कटाएर दियो। तर एक लाख ५० हजारको ब्याज तिर्नुपर्ने रहेछ’, उनी सुनाउँछन्। त्यसपछि उनले उक्त ऋणको किस्ता ६/७ महिनापछि ९ हजार बुझाए।  एकपटक बुझाएपछि फेरि किस्ता बुझाएनन्। किस्ता नबुझाएपछि लघुवित्तका कर्मचारीले घरमा ताला लगाइदिने धम्कीसमेत दिए। उनकी नातिनीलाई शौचालयमासमेत थुने। जमिन लिलाम गर्ने धम्की पनि दिएको उनको गुनासो छ।

Xtrem

Xtrem

lagubitta and sahakari pidit (5)1681223349.jpg

लघुवित्तको ऋण मिनाहका लागि आन्दोलन भइरहेको जानकारी पाएपछि उनले किस्ता बुझाएनन्। त्यही कारण उनी आन्दोलनमा सहभागी हुन काठमाडौं आएका हुन्। 
०००
‘हाम्रो बैंकको ऋण मिनाहा होला त। यो बैंकको चिठ्ठी हेरिदिनुस् न के–के लेखेको छ?’ खाममा रहेको एउटा कागज निकालेर शान्तिबाटिकाको भवनभित्र ओछ्यानमा फूलमतीदेवीले देखाइन्। उक्त चिठ्ठीमा राजश्री सहकारी संस्थाले सावाँब्याज समयमै बुझाउन स्मरण गराएकोबारे लेखिएको थियो। उनले एक वर्षमा बुझाउने शर्तमा २०७६ पुस १३ गते रौतहट पथारा बुधराममै राजश्री सहकारी संस्थाबाट ४ कठ्ठा जमिन धितो राखेर ९ लाख ऋण लिएकी रहिछन्।

lagubitta and sahakari pidit (9)1681223351.jpg 
उक्त चिठ्ठी अनुसार बाँकी साँवा रकम ८ लाख ९८ हजार ६७.५८ रूपैयाँ र ब्याज १ लाख ५ हजार ४ सय ९ रुपैयाँ जम्मा गरेर १० लाख ३ हजार ४७६. ५८ रूपैयाँ तिर्न बाँकि रहेको भन्दै उनलाई २०७७ कात्तिक ३ गते पठाएको रहेछ।

उनले मासिक १४ हजार त कहिले १२ हजार तिर्दै एक वर्षसम्म ऋण बुझाएको बताइन्। आफूले कति बुझाएँ भन्नेसमेत उनलाई यकिन छैन। पत्र आएदेखि उनीहरुले साँवाब्याज केही बुझाएनन्। अहिले उक्त सहकारीले २० लाख रूपैयाँ माग गरेको फूलमती सुनाउँछिन्।

यस्तै सहकारीको ऋणबाट पीडित रामेश्वर पनि ऋण मिनाह हुन्छ कि भन्दै मिटरब्याजविरुद्धको आन्दोलनमा आएका छन्। यही आन्दोलनबाट आफूहरुलाई पनि सहकारीको ऋणबाट मुक्ति पाइने अपेक्षासहित उनी कागजपत्र बोकेर काठमाडौं आइपुगेका हुन्। 

‘यहाँ लघुवित्त पीडित र मिटरब्याज पीडित दुवै आउनु भएको छ। किनकी लघुवित्त र मिटरब्याज एउटै समस्या हो,’ ढोका बाहिर रहेकी एक महिलाले भनिन्। ‘यो बैंकको र मिटरब्याजको ऋण उही हो। हामी गरिब दुखीले यत्रो ऋण कसरी तिर्न सक्छौं। हामीसँग जग्गाजमिन पनि थोरै छ। न रोजगारी नै छ। त्यसैले सरकारले हाम्रो जिउधन बचाउनका लागि भए पनि ऋण मिनाह गर्नुपर्छ’, छेउमा बसेका महेन्द्र मुखियाले भने।

lagubitta and sahakari pidit (1)1681223352.jpg

महेन्द्र मुखियाले ओमी लघुवित्तबाट २०७६ मा १५ प्रतिशत ब्याजमा २ लाख २५ हजार रूपैयाँ ऋण लिएका थिए। तर लघुवित्तले २५ हजार धितो राखेर २ लाख दिइएको थियो। त्यो ऋण ३ महिनामै चुक्ता गरे। फेरि उनले विदेश जान ४ लाख रूपैयाँ ऋण लिए।

उनको साथी कतारमा काम गर्थे। ती साथीले उनका लागि भिसा पठाउने भनेका थिए। भिसा लाग्ने समय भएको थियो। कोभिड–१९ ले देशैभर लकडाउन भयो। त्यसपछि उनी विदेश जान पाएनन्। त्यो ऋण लिएको रकम घरायसी काममा खर्च भयो। त्यसपछि उनले महिनाको १० हजारका दरले बुझाउन थाले। तेस्रो महिनामा भने उनले किस्ता बुझाउन सकेनन्। 

त्यसपछि उक्त लघुवित्तका कर्मचारीले घरमा ताला लगाएर जग्गा लिलामी गर्ने धम्की दिन थाले। त्यसपछि ४ कठ्ठा खेत स्वावलम्बन लघुवित्तमा राखेर २ लाख ५० हजार रूपैयाँ ऋण लिए र ३० हजार ओमी लघुवित्तलाई बुझाए। 

‘त्यति बुझाएपछि ओमीको कर्मचारी २  महिना शान्त भए। फेरि कर्मचारी आएर सताउन थाले। जब लघुवित्तको ऋणविरुद्धको समिति बन्यो। मेरो जिल्लाका अध्यक्ष शिवशंकर महतोलाई सोधेँ। उहाँले सरकारबाट जसरी पनि ऋण मिनाह गराउँछौं भन्ने जवाफ पाएपछि हामीले किस्ता बुझाउन छाड्यौं। र अहिले आन्दोलनमा सहभागी भएका छौं’, उनले भने। 

lagubitta and sahakari pidit (3)1681223348.jpg

नागरिकको समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले ऋण मिनाह गर्नुपर्ने उनको माग छ। ‘हामी सरकारको बालबच्चा हो। सरकार हाम्रो अभिभावक हो। जसरी आफ्ना बालबच्चा दुखमा पर्दा बाउआमाले हेर्छन्। त्यसरी नै सरकारले हाम्रो समस्या समाधान गर्नुपर्छ। जति सकिन्छ सरकारले ऋण मिनाह गर्नुपर्छ भन्ने मेरो माग हो’, उनी भन्छन्। 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्