काठमाडौं– एर्लिङ हालान्डको २ गोलका बीच म्यानचेस्टर सिटीले इंग्लिस प्रमियर लिगमा सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो।
सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गरे। यस्तै, ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान १–१ गोल गरे। घरेलु टोलीका साउथह्याम्पटन सेकोउ माराले १ गोल फर्काए।
खेलको ४५औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले डी ब्रएनाको पासमा गो लगरे। ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे।
खेलको ६९औं मिनेटमा ग्रेलिसको पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७२औं मिनेटमा साउथह्याम्पटनका सेकोउ माराले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए। त्यसपछि ७५औं मिनेटमा आल्भारेजले पेनाल्टीमा गोल गर्दा सिटी ४–१ ले विजयी भयो।
साउथह्याम्पटनसँगको जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी छोट्याएको छ। सिटीले २९ खेलबाट ६७ अंक बनाएको छ। शीर्ष स्थानको आर्जनलको २९ खेलबाट नै ७२ अंक छ।
पराजित साउथह्याम्टन २३ अंक जोडेर पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।